Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

बाल हेल्पलाइनद्वारा कोभिड पोजेटिभ बालबालिकालाई राहत सहयाेग

spot_img
spot_img

कलैया । बाराकाे कलैया उपमहानगरपालिकाका कोभिड पोजेटिभ भएका १० जना बालबालिकाहरुलाई पौष्टिक युक्त खाद्मानय सामग्रीहरु बितरण गरिएको छ ।

कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले प्रत्येक परिवारलाई च्वनप्रास १ किलो, रियल जुस १ किलो, होर्लिस ५०० ग्राम, सातु ५०० ग्राम, काजु २ प्याकेट, काबली बेदाम २ प्याकेट लगायतका सामग्रीहरु बितरण गरेका हुन् ।

कोभिड पोजेटिभ बालबालिकाहरुलाई बचाउन तथा संरक्षणको लागि खाद्य सामग्री वितरण गरेर बाल हेल्पलाइन नं. १०९८ बाराले सराहनिय कार्य गरेकाे नगर प्रमुख यादवले बताए ।

सो सामग्री महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, राष्ट्रिय बाल अधिकार परिषद्को सहयोग तथा संरक्षण नेपाल, बाराको सहकार्यमा संचालित बाल हेल्पलाइनले कोभिड पोजेटिभ भएका गरिब परिवारका बालबालिकाहरुलाई राहत सहयोग प्रदान गरिएको संरक्षण नेपालका अध्यक्ष बृजमोहन कुशवाहाले बताए ।

बालबालिकाहरुको हकहित संरक्षण र प्रवर्धनकाे लागि बाल हेल्पलाइनले पर्सा, बारा, रौतहट र सर्लाही जिल्लामा काम गर्दै आइरहेको संस्थाका कार्यक्रम संयोजक मुकेश कुमार कुशवाहाले दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...