Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

लायन्स र लियाेले १४ दिनदेखि खाना वितरण गर्दै

spot_img
spot_img
वीरगंज । लायन्स क्लब अफ वीरगन्ज, वीरगन्ज सेन्ट्रल र लियो क्लब अफ वीरगन्जको संयक्त आयोजना खाना वितरण अभियान विगत १४ दिनदेखि वीरगन्जमा जारी रहेकोे छ ।
 
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागी भएको निषेधाज्ञाबाट प्रभावित विपन्न ,दैनिक ज्याला मजदुरी गर्ने परिवार ,विभिन्न अस्पतालका कुरुवाका लागी खाना वितरण अभियान जारी रहेको हो ।
 
गत जेठ ५ बाट सुरु भएको खाना वितरण अभियानमा लायन्स र लियो क्लब अफ वीरगन्जले खाद्यान्नका लागी आवश्यक पर्न विभिन्न समाग्राी आफै जुटाएका हुन । यो अभियानमा बिहान र बेलका गरी दुई सय ५० जनालाई खाना वितरण गर्दै असार ४ गते सम्म वीरगन्ज महानगरपालिका भित्र संचालन हुने लियो क्लब अफ वीरगन्जले जनाएको छ ।
 
कोरोना संक्रमण नियन्त्रणका लागी गरीएको निषेधाज्ञामा कसैलाई भोकले सुत्नु नपरोस र सबैलाई सहज रुपमा खाना पावोस भन्ने लक्ष्यका साथ खाना वितरण अभियान संचालन गरीएको लियो क्लब अफ वीरगन्जका पुर्व अध्यक्ष लियो रिसभराज अग्रवालले बताए ।
 
उनका अनुसार गत बैशाख १६ बाट लगाईएको निषेधाज्ञामा दैनिक ज्यालादारी गरेर खाने गरीब तथा विपन्न परिवारलाई समस्या देखिएपछि यो अभियान संचालनमा ल्याईएको हो ।
 
एक महिना सम्म संचालनमा रहने खाना वितरणमा कोरोना संक्रमित भएर होम आईसोलेसनमा बसेका व्यक्तिलाई पनि खबर गरेमा घरमा पुगेर खाना वितरण गरीने लियो क्लब अफ वीरगन्जका अध्यक्ष लियो मेराजुल हवारीले बताए ।
 
खाना वितरणमा लियो क्लब अफ वीरगन्जका जेयाद अंसारी , दिव्या गरी , मुसरफ अंसारी र अफरोज अंसारीले भोलेन्टीयरको रुपमा खटिएर खाना वितरण गर्दै आएका छन ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...