Date
शनि, कार्तिक ८, २०८३
Sat, October 24, 2026

४ महिलासहित ६३ जनाद्वारा रक्तदान

spot_img
spot_img

वीरगंज । वीरगंजकाे राधेमाईमा मंगलबार आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ । हन्ड्रेड ग्रुप अफ वीरगंज र हेल्प डेक्स वीरगंजकाे आयाेजनामा भएकाे कार्यक्रममा  ४ महिलासहित ६३ जनाले रक्तदान गरेकाे रक्त संचार केन्द्र वीरगंजका प्रमुख सराैभ राज पाण्डेले वताए ।

साउथ जाेन माध्यमिक विद्यालयमा भएकाे कार्यक्रममाकार्यक्रममा किशन कुमार सर्राफ, मिहिर अग्रवाल, हैपी अग्रवाल, अमित साह कलवार, राेशन साह, शतिश अग्रवाल, राहुल गुप्ता, अनिकेश साह कानु, इन्द्रा राणा, रुपा साह लगायतकाले रक्तदान गरेकाे उनले जानकारी दिए ।

काेराेना महामारीमा रगतको अभाव हुन नदिन “कोहिपनि रगतको अभावले मृत्युको मुखमा पर्नु नपरोस “भन्ने नाराका साथ हेल्प डेक्सका किसन सर्राफ र हन्ड्रेड ग्रुप अफ वीरगन्जका सचिव बिकीं सर्राफको नेतृत्वमा आकस्मिक रक्तदान कार्यक्रमको आयोजन गरिएको थियो ।

रक्तदान कार्यक्रमको संचालन हन्ड्रेड ग्रुप अफ वीरगन्जका अध्यक्ष विनय गिरीले रगतको पोका दिई गरेका थिए । रक्तदान कार्यक्रम रक्त संचार केन्द्र वीरगंजकाे प्राविधिक सहयाेगमा भएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जलवायु न्यायलाई प्राथमिकता दिन विश्वसमक्ष पूर्वराष्ट्रपति भण्डारीको जोड

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका हालैका अकल्पनीय प्राकृतिक विपद्का घटनाले नेपालमा जलवायुको असरको अवस्थालाई पुनः उजागर गरेकाले नेपालको जलवायु न्यायको मागलाई गम्भीर रुपमा...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय...

तिहार र छठका लागि माटाका भाँडा बनाउन कुम्हाललाई भ्याइनभ्याइ

पर्सा । तिहार तथा छठ पर्व नजिकिएसँगै माटाका दियो, पाला, घैँटा र अन्य पूजासामग्रीको माग बढेपछि पर्साका कुम्हाल समुदायलाई माटाका भाँडा बनाउन भ्याइनभ्याइ भएको...