Date
मङ्ल, भदौ ३०, २०८३
Tue, September 15, 2026

बहुअर्वा भाठामा बर्थिङ सेन्टरको शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिका वडा नम्बर २ बहुअर्वा भाठामा बर्थिङ सेन्टरको शिलान्यास गरिएको छ ।

बर्थिंग सेन्टरको शिलान्यास प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियर र वडा नम्बर २ का वडाध्यक्ष संजय चौहानले संयुक्त रुपमा गरेका हुन ।

३१ लाख २९ हजारको लागतमा निर्माण हुने बर्थिंग सेन्टरको शिलान्यास गरिएको प्रशासकीय अधिकृत रौनियारले बताए । बर्थिङ्ग सेन्टरको कुल लागतमध्ये केन्द्र सरकारको अनुदान सहयोग २५ लाख, पालिकाको लागत दुई लाख ५० हजार र लागतको २० % जनश्रम परिचालन गरिने अधिकृत रौनियारले जानकारी दिए ।

बर्थिङ सेन्टर निर्माण भए पछि विन्दवासिनीका साथै सो आसपासका क्षेत्रका गर्भवति महिलाहरूलाई सुरक्षित सुत्केरी गराउन सहज हुने पालिको स्वास्थ्य वडाध्यक्ष चौहानले बताए ।

निर्माण उपभोक्ता समितिका अध्यक्ष आनन्दराज चौहानको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा स्वास्थ्य संयोजक नरेश चौहान, जयनारायण पंडित, सरोज चौहानलगायत स्थानीय नागरिक अगुवा र प्रहरी प्रतीनीधीको सहभागिता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रयोगात्मक शिक्षाका लागि सरकारी विद्यालयमा आधुनिक प्रयोगशाला बनाउन विशेष साहको प्रस्ताव

काठमाडौं । जेन जि पर्साका संयोजक विशेष साहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनसँग भेट गरी सरकारी विद्यालय तथा कलेजहरूमा प्रयोगात्मक शिक्षालाई प्रभावकारी बनाउन...

बाल दिवसकाे अवसरमा कालिकामाईमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–२ भेडिहारीस्थित श्री कालिका एकेडेमी बोर्डिङ स्कुलमा बाल दिवसको अवसरमा सांस्कृतिक कार्यक्रम तथा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । विद्यालय परिसरमा...

असोज ११ गते वीरगन्जमा नेकपा पर्साको जिल्ला समायोजन, प्रचण्ड–नेपाल सहभागी हुने

वीरगंज । असोज ११ गते वीरगंजमा हुने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पर्साको जिल्ला समायोजन, सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रमलाई भव्य र व्यवस्थित रूपमा सम्पन्न...