Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

गर्दाैलमा स्वास्थ्य चाैकी भवनकाे शिलान्यास

spot_img
spot_img

वीरगंज । पर्साकाे विन्दवासिनी गाउँपालिका वडा नं १ गर्दौलमा स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ ।

जनता समाजवादी पार्टीका युवा नेता गौरीशङ्कर साहले आफ्नो हकभोगमा रहेको एक कट्ठा ऐलानी जग्गा अस्पताललाई हक हस्तान्तरण गरेपछि सोही जग्गामा भवन शिलान्यास गरिएको हो ।

भवन शिलान्यास एक कार्यक्रमका बिच जग्गा दता समेत रहेका नेता साहले गरेका थिए ।

केन्द्रीय सरकारको ३९ लाख रुपैयाँ अनुदान सहयोगमा स्वास्थ्य चौकी निर्माण हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मुन्ना कुमार राैनियारले वताए । उपभोक्ता समितिमार्फत जनश्रमदानसमेत गरेर निर्माण गरिने भवन दुई महीनाभित्र सम्पन्न हुने उनले जनाए ।

उपभोक्ता समितिका अध्यक्ष उमेश प्रसाद साहको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा विन्दवासिनी गाउँपालिकाका अध्यक्ष श्रीलाल साह कानु, वडाध्यक्ष महम्मद सागिर मियाँ, स्थानिय अगुवा अच्छेलाल मेहता लगायतको उपस्थिती रहेकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...