[real3dflipbook id=”99″]
विपन्न परिवारकाे छाेरीकाे विहेमा सहयाेग
पर्साका ३ जनामा काेराेना संक्रमण, नारायणीमा दुई संक्रमितकाे मृत्यु
वीरगंज । नारायणी अस्पताल वीरगंजकाे प्रयाेगशालामा बिहिबार ५० जनाकाे आरटी पिसिआर विधिबाट परिक्षण गर्दा ४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । काेराेना संक्रमण पुष्टि हुनेमा पर्साका ३ जना र राैतहटका एक जना रहेका छन् ।
संक्रमित हुनेहरुमा ३ पुरुष र एक महिला रहेका छन् । संक्रमितहरु ३० वर्षदेखि ६८ वर्ष उमेर समुहका रहेका छन् भने संक्रमितहरुकाे सिटि भ्यालु २४ देखि ३२ सम्म रहेको नारायणी अस्पतालका काेभिड संयाेजक डा. उदय नारायण सिंहले वताए ।
यसैविच बिहिबार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ज्यान गुमाउने १ जना पर्सा र १ जना बाराका रहेका छन् ।
पोखरिया नगरपालिका वडा नम्बर ४ का ८० वर्षीय बृद्ध महिलाको मृत्यु भएको हो । जेठ २५ गते एन्टिजेन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि सोही दिन नारायणी अस्पताल भर्ना भएका पुरुषको बिहिवार बिहान पौने ११ बजे मृत्यु भएको डा. सिंहले बताए ।
त्यसैगरी बाराको निजगढ नगरपालिका वडा नम्बर १० निवासी ८८ वर्षीय बृद्धको पनि बिहिवार मृत्यु भएको छ । बुधवार एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि सोही दिन अस्पताल भर्ना भएका उनको बिहिवार दिउँसो १ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।
अग्नी ग्रुपद्वारा नारायणी अस्पताललाई १५ लाखको उपकरण सहयाेग
वीरगंज । नेपालको व्यापारिक समूह अग्नी ग्रुपले नारायणी अस्पताललाई सहयोग गरेको छ ।
काभिड–१९ महामारीको दोश्रो भेरियण्टमा वीरगंज पनि उच्च जोखिममा निरन्तर संक्रमितहरुको उपचार सेवा दिएको नारायणी अस्पताललाई बिहीबार अग्नी ग्रुपले आवश्यक उपकरणहरु सहयोग गरेको हो ।
ग्रुपका अध्यक्ष क्याविनेट श्रेष्ठले ३०० केभीएको स्टेपलाईजर एकथान, २० केभिएको युपिएस एकथान र ३२६ एम्पियरको व्याट्री १६ थान वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको रोहरबरमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर विरेन्द्र प्रधानलाई हस्तान्तरण गरिएको अग्नी ग्रुपका वीरगन्ज शाखा प्रमुख प्रमोद क्षेत्रीले जानकारी दिए ।
सबै सामान गरी कूल १५ लाख मूल्य बराबरको रहेको उपकरणहरु उपलब्ध गराएको उनले बताए । हस्तान्तरण गरिएको उपकरणहरु कोभिड अस्पतालले संचालन गरेको आईशोलेसन वार्डका लागि उपयोगी हुने क्षेत्रीले बताए ।
वीरगंज महानगर प्रमुख सरावगीले अस्पतालमा नियमित विद्युत आपूर्तिको लागि व्यावस्था गर्ने आश्वासन दिए । उनले दिएको आश्वासनमा अग्नी ग्रुपले साथ दिएको छ ।
महानगरपालिकाले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि चलेको हरेक कदममा सबै क्षेत्रबाट सहयोग जुट्ने गरेको छ । जसले गर्दा कोभिडको सबैभन्दा उच्च जोखिममा रहेको वीरगंजलाई अहिले विस्तारै सामान्य अवस्थामा ल्याउनलाई सहज हुँदै गएको छ ।
पत्रकारको मानमर्दन र अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न माग
वीरगंज । नेपाल पत्रकार महासंघ प्रदेश २ ले पत्रकारहरुको मानमर्दन गर्ने र अभद्र व्यवहार गर्नेलाई कारवाहीको गर्न माग गरेको छ । नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जारले आज एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
विज्ञप्तिमा वीरगंजबाट प्रसारित रेडियो सान्भी र साझा डेली अनलाईन मार्फत विगतका दिनमा ती संस्थामा कार्यरत अशोक संग्रौलालाई नेपाल पोष्ट डेलीमा प्रकाशित पप्पु कन्स्ट्रक्सनको समाचारको विषयलाई लिएर अनावश्यक मानसिक यातना दिने र काल्पनिक मेल आइडी खडा गरी चरित्र हत्या गर्ने मनसायले ठाँउ ठाँउमा फोटोसहितको समाचार प्रचासप्रसार गराउने कार्य गरेकोमा ध्यानाकर्षण भएको भन्दै यस्तो कार्य तुरुन्त बन्द नगरे नेपाल पत्रकार महासंघ प्रदेश कमिटी बाध्य भएर मानहानी र साईबर क्राइम अन्र्तगत कानुनी कारवाहीको लागि उत्रने चेतावनी दिइएको छ ।
यस्तै, पत्रकार श्याम पासवानको क्यामरामा कैद भएको तस्वीर हटाउने अभद्र व्यवहार गर्ने कार्य भएकाले दोषी प्रहरीलाई पनि अविलम्ब कारवाही गर्न विज्ञप्ति मार्फत माग गरिएको छ ।
कालिकामाई र जिराभवानीमा अबैध मदिरा भट्टी नष्ट
वीरगंज । प्रहरीले पर्साको कालिकामाई गाउँपालिका र जिराभवानी गाउँपालिकामा अबैध रुपले संचालनमा रहेको मदिरा भट्टी नष्ट गरेको छ । कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीस्थित सोहन साह कलवार र सोही ठाउँका जयराम साह समेतले संचालन गरेको अबेध मदिराट्टी बुधबार प्रहरीले नष्ट गरेको हो ।
मदिरा भट्टीबाट कच्चा पद्धार्थ ६ सय लिटर, तयारी मदिार एक सय लिटर, ड्रम ६ थान ग्यास दुई थान, सखर मिठा ५ बोरा, फलामको रक्सी बनाउने पाईप एक थान बरमद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यस्तै, जिराभवानी गाउँपालिका वडा नं. ५ बस्ने तुलसी माझी, लक्षुमन बिन, अनुद्र महतो, सुदामा महतो, राम कमकर र रामेश्वर महतोले संचालन गरेको मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । तुलसी माझिले संचालन गरेको मदिरा भट्टीबाट कच्चा पदार्थ अं. १०० लिटर, मेशिन १ थान, ड्रम १ थान, बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
यस्तै, दर्शन महतो नुनियाको मदिरा भट्टीबाट कच्चा पदार्थ एक हजार १ सय लिटर, तयारी मदीर ५० लिटर, मेशिन १ थान, ड्रम ९ वटा, लक्ष्मण दिनको मदिरा भट्टीबाट ४०० लिटर कच्चा पदार्थ ड्रम २ थान, अनुद्र महतोको मदिरा भट्टीबाट ३०० लिटर कच्चा पदार्थ ड्रम १ थान, सुदामा महतोको मदिरा भट्टीबाट २०० लिटर कच्चा पदार्थ ड्रम १ थान, राम कम्करको मदिरा भट्टीबाट १०० लिटर कच्चा पदार्थ ड्रम १ थान र रामेश्वर महतोको मदिरा भट्टीबाट १०० लिटर कच्चा पदार्थ ड्रम १ थान बरामद भएको प्रवक्ता खनालाले जानकारी दिए ।
प्रदेश २ सरकारमा नेपाली कांग्रेस सहभागि, पर्साबाट शर्मा बने उर्जा मन्त्री
वीरगंज । प्रदेश २ सरकारमा नेपाली कांग्रेस सहभागि भएको छ । जनता समाजवादी पार्टीका लालबाबु राउत नेतृत्वको सरकारमा तीन मन्त्रालय लिई नेपाली कांग्रेस प्रदेश सरकारमा सहभागि भएको हो ।
मुख्यमन्त्री राउतले नेपाली कांग्रेसबाट तीन जनालाई बुधबार मन्त्रीमा नियुक्त गरेपछि सोही दिन तिनै जनाले शपत लिएका छन् । नेपाली कांग्रेका प्रदेश नं. २ का संसदीय दलका नेता समेत रहेका रामसरोज यादव भौतिक पूर्वाधार विकास मन्त्री, ओमप्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्री र बिरेन्द्र प्रसाद सिंह महिला बालबालिका युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् ।
तिनैजनालाई प्रदेश प्रमुख राजेश अहिराजले पद तथा गोपनीयताको शपत खुवाएका थिए । यस अघि प्रदेश सरकारमा सहभागि हुने विषयमा जनता समाजवादी पार्टी र नेपाली कांग्रेस बिच दुई बुंदे सहमती भएको थियो ।
दुबै दल बिच लोकतन्त्र, संघीयता, समावेशी समानुपातिक र प्रादेशीक अधिकारको संरक्षण, संवर्द्धन तथा सुदृढिकरण गर्न जनता समाजवादी पार्टी नेपाल प्रदेश नं. २ को प्रदेश सभा संसदिय दलको नेता मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको सरकारमा नेपाली कांग्रेस प्रदेश नं. २ का प्रदेश सभा सदस्य एवम् संसदिय दलका नेता राम सरोज राय यादवको नेतृत्वमा सरकार सहभागि हुने सहमती भएको थियो ।
सोही सहमति अनुसार नेपाली कांग्रेस सरकारमा सहभागि भएको हो । ्
हन्ड्रेड ग्रुपद्वारा पकाहामैनपुरका ५६ परिवारलाई राहत वितरण
वीरगंज । पर्सामा निषेधाज्ञा बाट प्रभावितहरुको लागि नि:शुल्क भोजन अभियान संचालन गरेको दि हन्ड्रेड ग्रुपले आज ३० औ दिन पकाहामैनपुर गाँउपालिका वार्ड न -३ का बासिन्दाहरु लाई राहत वितरण गरेको छ ।
निषेधाज्ञा अवधिमा वीरगंज महानगरपालिकामा रात्रि भोजन कार्यक्रम सञ्चालन गर्दै आएको यो समूहले पोखरिया युवा समाजका भगवान दाश तात्वाले समाजिक संजालमा सो परिवारलाई निषेधाज्ञाका कारण समस्या भएकोले सहयोग गर्न सार्वजनिक अनुरोध गरेपछि ग्रुपले आज ५६ परिवारको लागी राहत लिएर गाँउमै पुगी ,राहत बितरण गरेको समुहका सदस्य अनिल कुमार साहले जानकारी गराए ।उनका अनुसार पकाहामैनपुरमा प्रतिपरिवार १० किलो चामल, दाल, नून, तेल, आलु, प्याज, सोयाबिन राहत वितरण गरिएको छ ।
ग्रुपले विभिन्न स्थानिय संघसंस्था र युवा हरुको सहयोगमा खानाको साथै फेस मास्क समेत बितरण गर्दै आएको छ। कार्यक्रममा विशेष साह, अमित चौरसिया,निराजन गुप्ता,अनिल गिरी, दिपु यादव,विनय गिरी, विक्की सर्राफ, आयुष वर्णवाल,राहुल पटेल,सुशील पटेल, मधुसूदन साह, आशिष गुप्ता ,आकाश माली भगत, अर्मान, जय प्रकाश गिरी,ज्योति साह,अनकेश पाण्डे, , भगवान प्रसाद, राज साह, विजय साह,सोनु राज, विशाल पटेल,लगायतकाले सहयोग गर्दै आएका छ्न ।
निषेधाज्ञा उल्लङ्घन गर्ने १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाड्याे
वीरगंज । निषेधाज्ञा उल्लङ्घन गरी वीरगंजमा पसल सञ्चालन गर्ने १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेकाे छ ।
निषेधाज्ञामा वीरगंज महानगरपालिकाका विभिन्न स्थानमा अत्यावश्यक सेवाबाहेकका अन्य मालसामानहरूको पसल सञ्चालन गर्ने १३ जनालाई नियन्त्रणमा लिएर छाडिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।
काेभिड १९ नियन्त्रण तथा रोकथामको लागि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गरी पसल सञ्चालन गरेको पाइएकोले निजहरूलाई मंगलबार नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई अब उप्रान्त निषेधाज्ञा अवधिभर पसल नखोल्ने शर्तमा सम्झाइ-बुझाइगरी छाडिएको उनले जानकारी गराए ।
प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ निवासी हार्डवेयर पसलका उपेन्द्र साह, बोलबम हार्डवेयर पसलका राहुल साह, कृति सप्लायर्सका दयानन्द साह, वडा नं.१५ पिपरा निवासी उमङ्ग ट्रेडिङका रितेश महतो, वडा नं.२ आदर्शनगर निवासी सर्राफ ईलेक्ट्रोनिक्सका आर एन. सर्राफ, दिपक पान सेन्टरका दिपक सर्राफ, अरप्याट ईलेक्ट्रोनिक्सका संजय कुमार सोनार, सन्तोष श्रेष्ठलाई नियन्त्रणमा लिएकाे थियाे ।
यस्तै, वीरगंज महानगरपालिका वडा नं.६ निवासी स्टेशनरी पसल सुभम गुप्ता, वडा नं.४ निवासी सिलाइ कटाइ पसलका जाहिल मियाँ, कपडा पसलका जितेन्द्र प्रसाद रौनियार, पानी पुरी पसलका नागेश्वर बानियाँ र सिलाइ कटाइ पसलका विश्वनाथ प्रसादलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।
यस्तै, प्रहरीले वीरगंजमा निषेधाज्ञा उलंघन गर्ने माेटरसाइकल र चार पाङग्रे सवारी साधनलाई समेत नियन्त्रणमा लिएर जरिवाना तिराएर छाडने गरेकाे छ ।












