Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

निषेधाज्ञा उल्लङ्घन गर्ने १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाड्याे

spot_img
spot_img

वीरगंज । निषेधाज्ञा उल्लङ्घन गरी वीरगंजमा पसल सञ्चालन गर्ने १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर छाडेकाे छ । 

निषेधाज्ञामा वीरगंज महानगरपालिकाका विभिन्न स्थानमा अत्यावश्यक सेवाबाहेकका अन्य मालसामानहरूको पसल सञ्चालन गर्ने १३ जनालाई नियन्त्रणमा लिएर छाडिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले वताए ।

काेभिड १९ नियन्त्रण तथा रोकथामको लागि जिल्ला प्रशासन कार्यालय पर्साले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गरी पसल सञ्चालन गरेको पाइएकोले निजहरूलाई मंगलबार नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याई अब उप्रान्त निषेधाज्ञा अवधिभर पसल नखोल्ने शर्तमा सम्झाइ-बुझाइगरी छाडिएको उनले जानकारी गराए । 

प्रहरीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ निवासी हार्डवेयर पसलका उपेन्द्र साह, बोलबम हार्डवेयर पसलका राहुल साह, कृति सप्लायर्सका दयानन्द साह, वडा नं.१५ पिपरा निवासी उमङ्ग ट्रेडिङका रितेश महतो, वडा नं.२ आदर्शनगर निवासी सर्राफ ईलेक्ट्रोनिक्सका आर एन. सर्राफ, दिपक पान सेन्टरका दिपक सर्राफ, अरप्याट ईलेक्ट्रोनिक्सका संजय कुमार सोनार, सन्तोष श्रेष्ठलाई नियन्त्रणमा लिएकाे थियाे ।

यस्तै, वीरगंज महानगरपालिका वडा नं.६ निवासी स्टेशनरी पसल सुभम गुप्ता, वडा नं.४ निवासी सिलाइ कटाइ पसलका जाहिल मियाँ, कपडा पसलका जितेन्द्र प्रसाद रौनियार, पानी पुरी पसलका नागेश्वर बानियाँ र सिलाइ कटाइ पसलका विश्वनाथ प्रसादलाई प्रहरीले नियन्त्रणमा लिएकाे थियाे ।

यस्तै, प्रहरीले वीरगंजमा निषेधाज्ञा उलंघन गर्ने माेटरसाइकल र चार पाङग्रे सवारी साधनलाई समेत नियन्त्रणमा लिएर जरिवाना तिराएर छाडने गरेकाे छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...

पटेर्वा सुगौलीमा ५८ विद्यालयबाहिरका बालबालिका पुनः भर्ना, समावेशी शिक्षामा जोड

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा विद्यालयबाहिर रहेका ५८ जना बालबालिकालाई पुनः विद्यालयमा भर्ना गरिएको छ । युरोपियन युनियनको आर्थिक सहयोग तथा विभिन्न संस्थाको...