Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

कालिकामाई र जिराभवानीमा अबैध मदिरा भट्टी नष्ट

वीरगंज । प्रहरीले पर्साको कालिकामाई गाउँपालिका र जिराभवानी गाउँपालिकामा अबैध रुपले संचालनमा रहेको मदिरा भट्टी नष्ट गरेको छ । कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीस्थित सोहन साह कलवार र सोही ठाउँका जयराम साह समेतले संचालन गरेको अबेध मदिराट्टी बुधबार प्रहरीले नष्ट गरेको हो ।

- Advertisement -

मदिरा भट्टीबाट कच्चा पद्धार्थ ६ सय लिटर, तयारी मदिार एक सय लिटर, ड्रम ६ थान ग्यास दुई थान, सखर मिठा ५ बोरा, फलामको रक्सी बनाउने पाईप एक थान बरमद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस्तै, जिराभवानी गाउँपालिका वडा नं. ५ बस्ने तुलसी माझी, लक्षुमन बिन, अनुद्र महतो, सुदामा महतो, राम कमकर र रामेश्वर महतोले संचालन गरेको मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । तुलसी माझिले संचालन गरेको मदिरा भट्टीबाट कच्चा पदार्थ अं. १०० लिटर, मेशिन १ थान, ड्रम १ थान, बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

यस्तै, दर्शन महतो नुनियाको मदिरा भट्टीबाट कच्चा पदार्थ एक हजार १ सय लिटर, तयारी मदीर ५० लिटर, मेशिन १ थान, ड्रम ९ वटा, लक्ष्मण दिनको मदिरा भट्टीबाट ४०० लिटर कच्चा पदार्थ ड्रम २ थान, अनुद्र महतोको मदिरा भट्टीबाट ३०० लिटर कच्चा पदार्थ ड्रम १ थान, सुदामा महतोको मदिरा भट्टीबाट २०० लिटर कच्चा पदार्थ ड्रम १ थान, राम कम्करको मदिरा भट्टीबाट १०० लिटर कच्चा पदार्थ ड्रम १ थान र रामेश्वर महतोको मदिरा भट्टीबाट १०० लिटर कच्चा पदार्थ ड्रम १ थान बरामद भएको प्रवक्ता खनालाले जानकारी दिए ।

ताजा अपडेट

थप समाचार

वीरगंज विस्कोको २८औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडले आफ्नो २८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ३ महिला सहित ३० जनाले...

वीरगंज सडक विस्तार : पूर्ण भूमीहिन भएकालाई राहतकाे लागि लगत संकलन सुरु

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारका क्रममा पूर्ण रूपमा भूमीहिन बनेका घरजग्गा धनीहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले आवश्यक पहल सुरु गरेको छ। महानगरपालिकाले शुक्रबार...

सरसफाइकर्मी कृष्ण मेस्तर्नीको निधनमा वीरगंज महानगरद्वारा शोक विदा

वीरगंज । वीरगंज महानगरपालिकाले सरसफाइकर्मी कृष्ण मेस्तर्नीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शुक्रबार शोक विदा दिएको छ। महानगरपालिकामा कार्यरत मेस्तर्नीको यही वैशाख ४ गते...