Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

कालिकामाई र जिराभवानीमा अबैध मदिरा भट्टी नष्ट

spot_img
spot_img

वीरगंज । प्रहरीले पर्साको कालिकामाई गाउँपालिका र जिराभवानी गाउँपालिकामा अबैध रुपले संचालनमा रहेको मदिरा भट्टी नष्ट गरेको छ । कालिकामाई गाउँपालिका वडा नं. २ भेडिहारीस्थित सोहन साह कलवार र सोही ठाउँका जयराम साह समेतले संचालन गरेको अबेध मदिराट्टी बुधबार प्रहरीले नष्ट गरेको हो ।

मदिरा भट्टीबाट कच्चा पद्धार्थ ६ सय लिटर, तयारी मदिार एक सय लिटर, ड्रम ६ थान ग्यास दुई थान, सखर मिठा ५ बोरा, फलामको रक्सी बनाउने पाईप एक थान बरमद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यस्तै, जिराभवानी गाउँपालिका वडा नं. ५ बस्ने तुलसी माझी, लक्षुमन बिन, अनुद्र महतो, सुदामा महतो, राम कमकर र रामेश्वर महतोले संचालन गरेको मदिरा भट्टी प्रहरीले नष्ट गरेको छ । तुलसी माझिले संचालन गरेको मदिरा भट्टीबाट कच्चा पदार्थ अं. १०० लिटर, मेशिन १ थान, ड्रम १ थान, बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।

यस्तै, दर्शन महतो नुनियाको मदिरा भट्टीबाट कच्चा पदार्थ एक हजार १ सय लिटर, तयारी मदीर ५० लिटर, मेशिन १ थान, ड्रम ९ वटा, लक्ष्मण दिनको मदिरा भट्टीबाट ४०० लिटर कच्चा पदार्थ ड्रम २ थान, अनुद्र महतोको मदिरा भट्टीबाट ३०० लिटर कच्चा पदार्थ ड्रम १ थान, सुदामा महतोको मदिरा भट्टीबाट २०० लिटर कच्चा पदार्थ ड्रम १ थान, राम कम्करको मदिरा भट्टीबाट १०० लिटर कच्चा पदार्थ ड्रम १ थान र रामेश्वर महतोको मदिरा भट्टीबाट १०० लिटर कच्चा पदार्थ ड्रम १ थान बरामद भएको प्रवक्ता खनालाले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...