Date
शनि, अशोज १०, २०८३
Sat, September 26, 2026

पर्साका ३ जनामा काेराेना संक्रमण, नारायणीमा दुई संक्रमितकाे मृत्यु

spot_img
spot_img

वीरगंज । नारायणी अस्पताल वीरगंजकाे प्रयाेगशालामा बिहिबार ५० जनाकाे आरटी पिसिआर विधिबाट परिक्षण गर्दा ४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।  काेराेना संक्रमण पुष्टि हुनेमा पर्साका ३ जना र राैतहटका एक जना रहेका छन् ।

संक्रमित हुनेहरुमा ३ पुरुष र एक महिला रहेका छन् । संक्रमितहरु ३० वर्षदेखि ६८ वर्ष उमेर समुहका रहेका छन् भने संक्रमितहरुकाे सिटि भ्यालु २४ देखि ३२ सम्म रहेको नारायणी अस्पतालका काेभिड संयाेजक डा. उदय नारायण सिंहले वताए ।

यसैविच बिहिबार २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । ज्यान गुमाउने १ जना पर्सा र १ जना बाराका रहेका छन् ।

पोखरिया नगरपालिका वडा नम्बर ४ का ८०  वर्षीय बृद्ध महिलाको मृत्यु भएको हो । जेठ २५ गते एन्टिजेन परीक्षण गर्दा पोजेटिभ रिपोर्ट आएपछि सोही दिन नारायणी अस्पताल भर्ना भएका पुरुषको बिहिवार बिहान पौने ११ बजे मृत्यु भएको डा. सिंहले बताए ।

त्यसैगरी बाराको निजगढ नगरपालिका वडा नम्बर १० निवासी ८८ वर्षीय बृद्धको पनि बिहिवार मृत्यु भएको छ । बुधवार एन्टिजेन परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि सोही दिन अस्पताल भर्ना भएका उनको बिहिवार दिउँसो १ बजेर ४० मिनेटमा मृत्यु भएको हो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

राष्ट्रिय पहलवान पोखरियाका यादव २०औं एशियन गेम्समा कुस्ती प्रतियोगितामा सहभागी हुन जापान प्रस्थान

वीरगंज । नेपालका राष्ट्रिय स्तरका चर्चित पहलवान राज यादव जापानको आइची नागोया शहरमा आयोजना हुने २०औं एशियन गेम्स कुस्ती (पहलवानी) प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न...

छिपहरमाई गाउँपालिकाको कांग्रेस सभापतिमा धुरेन्दर साह कानु

वीरगंज । नेपाली कांग्रेस छिपहरमाई गाउँपालिकाको सभापतिमा धुरेन्दर साह कानु सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सम्पन्न दोस्रो गाउँपालिका अधिवेशनले कानुलाई...

बाढीपीडितको चुल्हो बाल्न आम मुस्लिम मोर्चाको ग्यास सहयोग

काठमाडौं । आम जनता पार्टी (आजपा) निकट आम मुस्लिम मोर्चाले भोटेकोशी बाढीपीडितलाई ग्यास चुल्हो, सिलिन्डर तथा राहत सामग्री वितरण गरेको छ । मोर्चाले नुवाकोटको विदुरमा...