Date
बुध, भदौ १०, २०८३
Wed, August 26, 2026

हन्ड्रेड ग्रुपद्वारा पकाहामैनपुरका ५६ परिवारलाई राहत वितरण

spot_img
spot_img

वीरगंज । पर्सामा निषेधाज्ञा बाट प्रभावितहरुको लागि नि:शुल्क भोजन अभियान संचालन गरेको दि हन्ड्रेड ग्रुपले आज ३० औ दिन  पकाहामैनपुर गाँउपालिका वार्ड न -३ का बासिन्दाहरु लाई राहत वितरण गरेको छ ।

 

निषेधाज्ञा अवधिमा वीरगंज महानगरपालिकामा रात्रि भोजन कार्यक्रम सञ्चालन गर्दै आएको यो समूहले पोखरिया युवा समाजका भगवान दाश तात्वाले समाजिक संजालमा सो परिवारलाई निषेधाज्ञाका कारण समस्या भएकोले सहयोग गर्न सार्वजनिक अनुरोध गरेपछि ग्रुपले आज ५६ परिवारको लागी राहत लिएर गाँउमै पुगी ,राहत बितरण गरेको समुहका सदस्य अनिल कुमार साहले जानकारी  गराए ।उनका अनुसार पकाहामैनपुरमा प्रतिपरिवार १० किलो चामल, दाल, नून, तेल, आलु, प्याज, सोयाबिन राहत वितरण गरिएको छ ।

ग्रुपले विभिन्न स्थानिय संघसंस्था र युवा हरुको सहयोगमा खानाको साथै फेस मास्क समेत बितरण गर्दै आएको छ। कार्यक्रममा विशेष साह, अमित चौरसिया,निराजन गुप्ता,अनिल गिरी, दिपु यादव,विनय गिरी, विक्की सर्राफ, आयुष वर्णवाल,राहुल पटेल,सुशील पटेल, मधुसूदन साह, आशिष गुप्ता ,आकाश माली भगत, अर्मान, जय प्रकाश गिरी,ज्योति साह,अनकेश पाण्डे, , भगवान प्रसाद, राज साह, विजय साह,सोनु राज, विशाल पटेल,लगायतकाले सहयोग गर्दै आएका छ्न ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...