Date
मङ्ल, कार्तिक ४, २०८३
Tue, October 20, 2026

हन्ड्रेड ग्रुपद्वारा पकाहामैनपुरका ५६ परिवारलाई राहत वितरण

spot_img
spot_img

वीरगंज । पर्सामा निषेधाज्ञा बाट प्रभावितहरुको लागि नि:शुल्क भोजन अभियान संचालन गरेको दि हन्ड्रेड ग्रुपले आज ३० औ दिन  पकाहामैनपुर गाँउपालिका वार्ड न -३ का बासिन्दाहरु लाई राहत वितरण गरेको छ ।

 

निषेधाज्ञा अवधिमा वीरगंज महानगरपालिकामा रात्रि भोजन कार्यक्रम सञ्चालन गर्दै आएको यो समूहले पोखरिया युवा समाजका भगवान दाश तात्वाले समाजिक संजालमा सो परिवारलाई निषेधाज्ञाका कारण समस्या भएकोले सहयोग गर्न सार्वजनिक अनुरोध गरेपछि ग्रुपले आज ५६ परिवारको लागी राहत लिएर गाँउमै पुगी ,राहत बितरण गरेको समुहका सदस्य अनिल कुमार साहले जानकारी  गराए ।उनका अनुसार पकाहामैनपुरमा प्रतिपरिवार १० किलो चामल, दाल, नून, तेल, आलु, प्याज, सोयाबिन राहत वितरण गरिएको छ ।

ग्रुपले विभिन्न स्थानिय संघसंस्था र युवा हरुको सहयोगमा खानाको साथै फेस मास्क समेत बितरण गर्दै आएको छ। कार्यक्रममा विशेष साह, अमित चौरसिया,निराजन गुप्ता,अनिल गिरी, दिपु यादव,विनय गिरी, विक्की सर्राफ, आयुष वर्णवाल,राहुल पटेल,सुशील पटेल, मधुसूदन साह, आशिष गुप्ता ,आकाश माली भगत, अर्मान, जय प्रकाश गिरी,ज्योति साह,अनकेश पाण्डे, , भगवान प्रसाद, राज साह, विजय साह,सोनु राज, विशाल पटेल,लगायतकाले सहयोग गर्दै आएका छ्न ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...