Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

पत्रकारको मानमर्दन र अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न माग

spot_img
spot_img

वीरगंज ।  नेपाल पत्रकार महासंघ प्रदेश २ ले पत्रकारहरुको मानमर्दन गर्ने र अभद्र व्यवहार गर्नेलाई कारवाहीको गर्न माग गरेको छ । नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जारले आज एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

विज्ञप्तिमा वीरगंजबाट प्रसारित रेडियो सान्भी र साझा डेली अनलाईन मार्फत विगतका दिनमा ती संस्थामा कार्यरत अशोक संग्रौलालाई नेपाल पोष्ट डेलीमा प्रकाशित पप्पु कन्स्ट्रक्सनको समाचारको विषयलाई लिएर अनावश्यक मानसिक यातना दिने र काल्पनिक मेल आइडी खडा गरी चरित्र हत्या गर्ने मनसायले ठाँउ ठाँउमा फोटोसहितको समाचार प्रचासप्रसार गराउने कार्य गरेकोमा ध्यानाकर्षण भएको भन्दै यस्तो कार्य तुरुन्त बन्द नगरे नेपाल पत्रकार महासंघ प्रदेश कमिटी बाध्य भएर मानहानी र साईबर क्राइम अन्र्तगत कानुनी कारवाहीको लागि उत्रने चेतावनी दिइएको छ ।

यस्तै, पत्रकार श्याम पासवानको क्यामरामा कैद भएको तस्वीर हटाउने अभद्र व्यवहार गर्ने कार्य भएकाले दोषी प्रहरीलाई पनि अविलम्ब कारवाही गर्न विज्ञप्ति मार्फत माग गरिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...