Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

पत्रकारको मानमर्दन र अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न माग

वीरगंज ।  नेपाल पत्रकार महासंघ प्रदेश २ ले पत्रकारहरुको मानमर्दन गर्ने र अभद्र व्यवहार गर्नेलाई कारवाहीको गर्न माग गरेको छ । नेपाल पत्रकार महासंघ प्रदेश २ का महासचिव श्याम बन्जारले आज एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।

- Advertisement -

विज्ञप्तिमा वीरगंजबाट प्रसारित रेडियो सान्भी र साझा डेली अनलाईन मार्फत विगतका दिनमा ती संस्थामा कार्यरत अशोक संग्रौलालाई नेपाल पोष्ट डेलीमा प्रकाशित पप्पु कन्स्ट्रक्सनको समाचारको विषयलाई लिएर अनावश्यक मानसिक यातना दिने र काल्पनिक मेल आइडी खडा गरी चरित्र हत्या गर्ने मनसायले ठाँउ ठाँउमा फोटोसहितको समाचार प्रचासप्रसार गराउने कार्य गरेकोमा ध्यानाकर्षण भएको भन्दै यस्तो कार्य तुरुन्त बन्द नगरे नेपाल पत्रकार महासंघ प्रदेश कमिटी बाध्य भएर मानहानी र साईबर क्राइम अन्र्तगत कानुनी कारवाहीको लागि उत्रने चेतावनी दिइएको छ ।

यस्तै, पत्रकार श्याम पासवानको क्यामरामा कैद भएको तस्वीर हटाउने अभद्र व्यवहार गर्ने कार्य भएकाले दोषी प्रहरीलाई पनि अविलम्ब कारवाही गर्न विज्ञप्ति मार्फत माग गरिएको छ ।

ताजा अपडेट

थप समाचार

वीरगंज विस्कोको २८औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम सम्पन्न

वीरगंज । वीरगंज बचत तथा ऋण सहकारी संस्था (विस्को) लिमिटेडले आफ्नो २८औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा ३ महिला सहित ३० जनाले...

वीरगंज सडक विस्तार : पूर्ण भूमीहिन भएकालाई राहतकाे लागि लगत संकलन सुरु

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य सडक विस्तारका क्रममा पूर्ण रूपमा भूमीहिन बनेका घरजग्गा धनीहरूलाई राहत उपलब्ध गराउने उद्देश्यले आवश्यक पहल सुरु गरेको छ। महानगरपालिकाले शुक्रबार...

सरसफाइकर्मी कृष्ण मेस्तर्नीको निधनमा वीरगंज महानगरद्वारा शोक विदा

वीरगंज । वीरगंज महानगरपालिकाले सरसफाइकर्मी कृष्ण मेस्तर्नीको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शुक्रबार शोक विदा दिएको छ। महानगरपालिकामा कार्यरत मेस्तर्नीको यही वैशाख ४ गते...