Date
शनि, अशोज १७, २०८३
Sat, October 3, 2026

प्रदेश २ सरकारमा नेपाली कांग्रेस सहभागि, पर्साबाट शर्मा बने उर्जा मन्त्री

spot_img
spot_img

वीरगंज । प्रदेश २ सरकारमा नेपाली कांग्रेस सहभागि भएको छ । जनता समाजवादी पार्टीका लालबाबु राउत नेतृत्वको सरकारमा तीन मन्त्रालय लिई नेपाली कांग्रेस प्रदेश सरकारमा सहभागि भएको हो ।

मुख्यमन्त्री राउतले नेपाली कांग्रेसबाट तीन जनालाई बुधबार मन्त्रीमा नियुक्त गरेपछि सोही दिन तिनै जनाले शपत लिएका छन् । नेपाली कांग्रेका प्रदेश नं. २ का संसदीय दलका नेता समेत रहेका रामसरोज यादव भौतिक पूर्वाधार विकास मन्त्री, ओमप्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास मन्त्री र बिरेन्द्र प्रसाद सिंह महिला बालबालिका युवा तथा खेलकुद मन्त्री नियुक्त भएका छन् ।

तिनैजनालाई प्रदेश प्रमुख राजेश अहिराजले पद तथा गोपनीयताको शपत खुवाएका थिए । यस अघि प्रदेश सरकारमा सहभागि हुने विषयमा जनता समाजवादी पार्टी र नेपाली कांग्रेस बिच दुई बुंदे सहमती भएको थियो ।

दुबै दल बिच लोकतन्त्र, संघीयता, समावेशी समानुपातिक र प्रादेशीक अधिकारको संरक्षण, संवर्द्धन तथा सुदृढिकरण गर्न जनता समाजवादी पार्टी नेपाल प्रदेश नं. २ को प्रदेश सभा संसदिय दलको नेता मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा रहेको सरकारमा नेपाली कांग्रेस प्रदेश नं. २ का प्रदेश सभा सदस्य एवम् संसदिय दलका नेता राम सरोज राय यादवको नेतृत्वमा सरकार सहभागि हुने सहमती भएको थियो ।

सोही सहमति अनुसार नेपाली कांग्रेस सरकारमा सहभागि भएको हो । ्

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img

थप समाचार

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित गरिने बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत उहाँले हरेक नागरिकको आवासको अधिकार सुनिश्चित...

दुई महिनामा मधेसमा ४५९ विपद्का घटना, ९२ जनाको मृत्यु

जनकपुरधाम । मधेस प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिनामै विभिन्न विपद्का ४५९ घटना भएका छन् । ती घटनामा परी ९२ जनाको मृत्यु...

जितियामा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु

बारा । बाराको देवताल गाउँपालिका–६ मा जितिया पर्वको अवसरमा पोखरीमा नुहाउने क्रममा डुबेर दुई किशोरीको मृत्यु भएको छ। स्थानीय पोखरीमा नुहाउन पुगेका राजेश पटेलकी १५...