Date
बुध, अशोज २८, २०८३
Wed, October 14, 2026

अग्नी ग्रुपद्वारा नारायणी अस्पताललाई १५ लाखको उपकरण सहयाेग

spot_img
spot_img

वीरगंज । नेपालको व्यापारिक समूह अग्नी ग्रुपले नारायणी अस्पताललाई सहयोग गरेको छ ।

काभिड–१९ महामारीको दोश्रो भेरियण्टमा वीरगंज पनि उच्च जोखिममा निरन्तर संक्रमितहरुको उपचार सेवा दिएको नारायणी अस्पताललाई बिहीबार अग्नी ग्रुपले आवश्यक उपकरणहरु सहयोग गरेको हो ।

ग्रुपका अध्यक्ष क्याविनेट श्रेष्ठले ३०० केभीएको स्टेपलाईजर एकथान, २० केभिएको युपिएस एकथान र ३२६ एम्पियरको व्याट्री १६ थान वीरगंज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको रोहरबरमा अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर विरेन्द्र प्रधानलाई हस्तान्तरण गरिएको अग्नी ग्रुपका वीरगन्ज शाखा प्रमुख प्रमोद क्षेत्रीले जानकारी दिए ।

सबै सामान गरी कूल १५ लाख मूल्य बराबरको रहेको उपकरणहरु उपलब्ध गराएको उनले बताए । हस्तान्तरण गरिएको उपकरणहरु कोभिड अस्पतालले संचालन गरेको आईशोलेसन वार्डका लागि उपयोगी हुने क्षेत्रीले बताए ।

वीरगंज महानगर प्रमुख सरावगीले अस्पतालमा नियमित विद्युत आपूर्तिको लागि व्यावस्था गर्ने आश्वासन दिए । उनले दिएको आश्वासनमा अग्नी ग्रुपले साथ दिएको छ ।

महानगरपालिकाले कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि चलेको हरेक कदममा सबै क्षेत्रबाट सहयोग जुट्ने गरेको छ । जसले गर्दा कोभिडको सबैभन्दा उच्च जोखिममा रहेको वीरगंजलाई अहिले विस्तारै सामान्य अवस्थामा ल्याउनलाई सहज हुँदै गएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...

दशैंमा पनि खुलेन पोखरिया र सखुवा प्रसौनीको खाता, कर्मचारी–शिक्षकको तलब अन्योलमा

वीरगंज । पर्साका दुई स्थानीय तहको बैंक खाता अझै सञ्चालनमा आउन नसक्दा पालिकाको आर्थिक कारोबार ठप्प भएको छ । पोखरिया नगरपालिका र सखुवा प्रसौनी...