Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026
Home Blog Page 617

बिन्दबासिनी गाउँपालिकाले अतिक्रमण जग्गा खालि गराउँदै

0

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिकाले अतिक्रमण गरिएको सार्वजनिक जग्गा छुट्याई खाली गराउने काम सुरु गरेको छ ।  गाउँपालिकाले सार्वजनिक जग्गा अतिक्रम हटाउने बिहिबारबाट सुरु गरेको गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले बताए ।

सार्वजनिक जग्गा छुट्याउने क्रममा पहिलो दिन वडा नं-१ बिश्रामपुरमा रहेको सेनुरियामाई मन्दिरको अतिक्रमित जग्गाको नाप नक्सा गरी अतिक्रम जग्गा छुट्याइएको उनले वताए । अतिक्रमण गरिएको जग्गाको नाप नक्सा गरी छुट्याई गाउँपालिकाकाे ऐक्सावेटरले तोडफोड गरी फीलर गाडिएको गाउँपालिकाले जनाएको छ ।

यस्तो कार्य काठमाडौंमा हुँदा गाउँबासीले प्रशंसा गरेपछि पालिका प्रमुखले आफ्नो सक्रियता बढाई पर्सा जिल्लाको पहिलो पालिकाको रूपमा अतिक्रमण सार्वजनिक जग्गा छुट्याउने काम सुरु गरेका हुन् ।

गाउँपालिका अध्यक्ष तिवारीले ३५ दिन पहिला एक सूचना जारी गर्दै अतिक्रमण सार्वजनिक जग्गा आफै खाली गर्न आग्रह गरेका थिए । सार्वजनिक जग्गा खालि गराउने अभियानमा पालिकाका कर्मचारी, स्थानिय जनप्रतिनिधि, गाउँबासी, स्थानिय प्रशासन लगायतको उपस्थिति रहेको थियो ।

पांच दलिय गठबन्धनकाे जित, मधेश र देशकाे आवश्यकता : नेता रिजाल

0

वीरगंज । पर्सा क्षेत्र नम्बर ४ का नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालले दुई चार जना मधेसी मर्दैमा केही फरक नपर्ने भनेर भाषणा गर्ने केपी ओलीको पार्टी एमाले र उसंग साँठगाँठ गर्ने जसपा दुवै दलसंग मधेसी जनताले जवाफ माग्नु पर्ने बेला आएको बताएका छन् ।

पर्साको छिपहरमाइ गाँउपालिकको जयमङगलापुरमा बिहीबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै सत्तागठबन्धनका साझा उम्मेदवार समेत रहेका रिजालले भने ,‘ यदि उनिहरु फेरि जिते भने मिलेर लोकतन्त्र र संविधान नै समाप्त पार्छन्, त्यसका कारण अबको निर्वाचनमा काँग्रेस र पांच दलीय गठबन्धनका उम्मेदवारलाई नै विजयी बनाउनु मधेस र देशको आवश्यकता हो, अनि मात्र लोकतन्त्र र संविधानको रक्षा हुन्छ । संविधान विरोधी एमाले लगायतका शक्तिहरुलाई परास्त गर्न नै काँग्रेसले पाँच दलीय गठबन्धन गर्नु परेको उनले बताए ।

पर्सा ४ मा रमेश रिजालले के गरे भन्ने प्रश्न गर्ने विपक्षी दलका नेताहरुलाई लक्षित गर्दै रिजालले भने, ‘अहिले रमेश रिजाल सांसद छैनन् ,अहिले सांसद, मन्त्री जो छन् जसपाका अनि तीन वर्ष दुई तिहाइको सरकार चलाउने एमालेका नेताहरुले भन्नु पर्यो के गरे, अहिले जो विधायक छन् जसपाका सिंहासन सा कलवार उनले के गरे ? त्यसको जवाफ दिनु पर्यो, रमेश रिजाल त १० बर्षदेखि सांसद पदबाट बाहिर छ, जवाफ उनिहरुले नै दिनु पर्छ जनतालाई ।

दुइ चार जना मधेसी मर्दैमा केहि फरक नपर्ने भनेर भाषणा गर्ने र संघीयता विरोधी एमाले र उसका अध्यक्ष केपी ओलीसंग साँठगाँठ गर्ने जसपासंग यो चुनावमा मधेसी जनताले जवाफ माग्नु पर्ने बेला आएको बताए । रिजालले भने, यदि उनिहरु फेरि जिते भने मिलेर लोकतन्त्र र संविधान नै समाप्त पार्छन्, त्यसका कारण अबको निर्वाचनमा काँग्रेस र पांच दलीय गठबन्धनका उम्मेदवारलाई नै विजयी बनाउनु मधेस र देशको आवश्यकता हो, अनि मात्र लोकतन्त्र र संविधानको रक्षा हुन्छ । संविधान विरोधी शक्तिहरुलाई परास्त गर्न नै काँग्रेसले पाँच दलीय गठबन्धन गर्नु परेको उनले प्रस्ट्याए ।

उनले काँग्रेस पार्टी कसैको विर्ता नभएको भन्दै युवा र सक्षम नेतालाई अवसर दिन आफु तयार रहेको बताए । रिजालले भने,‘ काँग्रेस पार्टी रमेश रिजालको पनि बपौती होइन, म स्वंय भन्छु सक्षम साथीहरु आउनुस् अगाडि बढ्नुस्, म साथ दिन तयार छु, तर त्यस्ता साथीहरु अगाडि आउन तयार हुनुपर्छ ।

रिजालकै प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा काँग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, पार्टी प्रवक्ता रमेश पाण्डे, महाधिवेशन प्रतिनिधि बशिस्ठ नारायण कुर्मी, नेता किशोरी साह कानु, जिल्ला सहसचीव नवीन सिंह, कोषाध्यक्ष प्रेम थापा, क्षेत्रीय सभापति एंव जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, क्षेत्रीय सचीव बालिस्टर अहमद, युवा नेता राकेश यादव, धमेन्द्र पटेल लगायतको सहभागीता रहेकाे थियो ।

आशा किरणसंग आन्विका

0

वीरगंज । “तिमी सङ आन्विका” नामक संस्थाले सुस्तमनस्थितीका बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ब्याग वितरण गरेकाे छ । वीरगंजस्थित रहेकाे श्री सिद्धार्थ माध्यमिक विद्यालयकाे प्राङ्गणमा रहेका आशा किरण केन्द्रका सुस्तमनस्थिती, सेरिब्रल पाल्सी, मस्तिष्क पक्षाघातका बालबालिकाहरुलाई संस्थाले शैक्षिक सामग्री सहयाेग गरेकाे हाे । 

आशा किरण केन्द्रका महासचिव राजन श्रीवास्तवको सभापतित्व र सामाजिक अभियन्ता एवं आन्विका संस्थाका प्रतिनिधि अनिल जयसवालकाे प्रमुख आतिथ्यतामा भएकाे सामग्री हस्तान्तरण कार्यक्रममा केन्द्रका कोषाध्यक्ष सन्दिप मोहता, डा.असोक दास, प्रधानाध्यापक अनिल वर्णवाल लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वाेल्ने वक्ताहरुले मस्तिष्क पक्षघातका बच्चाहरुको बारेमा प्रस्ट पार्दै उक्त क्षेत्रमा थोरै भए पनि सहयोग र योगदान गर्ने सबैमा आभार व्यक्त गरे । साथै आउने दिनमा अझ सहयोगको अपेक्षा राख्दै शुभकामना सहित संस्था सङ जुडनका लागि सबैमा अनुरोध समेत वक्ताहरुले गरेका थिए ।

आशा किरण केन्द्रका बच्चालाई “विश्व मस्तिष्क पक्षघात दिवस” को प्रत्येक वर्षको अवसर पारेर विभिन्न कार्यक्रम गरि बच्चाहरुलाई सहयोग गर्दै आएकोमा केन्द्रका महासचिव श्रीवास्तवले “तिमी सङआन्विका” नामक संस्थालाई धन्यवाद दिनुका साथै आन्विकाको सुस्वास्थ एवं उज्ज्वल भबिस्यको कामना गरेका थिए । 

पर्सेली जनता जसपालाई मतदान गर्न आतुर छन् : मन्त्री यादव

0

वीरगंज । वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जनताले कामको मूल्याङ्कन गर्ने भएका कारण आफ्नो जित निश्चित भएको दावी गरेका छन् ।

पर्सा–१ को प्रतिनिधीसभा सदस्यका उम्मेदवार यादवले पाँच वर्ष सांसद्का रुपमा क्षेत्रको विकास र समृद्धिको लागि गरेको कामको मूल्याङ्कन जनताले गर्ने भएको हुनाले आफ्नो जित निश्चत भएको दाबी गरेका हुन् । 

जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार यादवले भने, “मतदाताका बिचमा जादाँ पाइरहेको अपार समर्थन र उत्साह देख्दा पर्सा–१ मा मेरो प्रतिष्पर्धी कोही पनि देखिएको छैन, मतदाताले पुन: मलाइ नै विजयी बनाउछन् भन्नेमा म ढुक्कछु ।”

पाँच वर्ष सांसदका रुपमा क्षेत्रको विकासका लागि हरेक सम्भव काम गरेको र जनताको आवश्यकता तथा चाहना अनुसार सडकदेखि नाला, पुल, विद्यालय, टावर लाइट, धर्मशाला, मन्दिर, मस्जिद निर्माण गरेर क्षेत्रवासीलाई विकास र समृद्धि तर्फ अगाडि लिएर गएकोले यसको मूल्याङ्कन गरेर जनताले आफूलाई जिताउने उनको विश्वास छ ।

यादवले भर्खरै केही दिन अगाडि वीरगंजमा प्राकृतिक चिडियाखाना (पर्सा प्राणी उद्यान) को शिलान्यास पनि गरेका छन् । नेपाल सरकारको वन तथा वातावरणमन्त्री नियूक्त भएपश्चात यादवले गरेको वाचाअनुसार वीरगंजमा मधेश प्रदेशकै पहिलो चिडियाखाना स्थापना गर्ने काम अगाडि बढाएका छन् ।

क्षेत्रवासी जसपाको निर्वाचन चिन्ह छाता छापमा मतदान गर्न आतूर रहेको बताउँदै यादवले भने, “सांसद् जितेदेखी जनताकै बीचमा छु, क्षेत्रमा हरेक हप्तामा पुग्ने गरेको छु, जनताको दुःख र सुखको सारथी बनेर सँगसँगै हिडेको छु, यसको मुल्यांकन जनताले गर्नेछन् ।”

पर्सा १ मा चुनाव लडेका अरु उम्मेदवारहरु मध्ये कोहि टुरिष्ट त कोहि जनताले पटक पटक अस्वीकृत गरिसकेका नेताहरु रहेकाले जनताको भरोसा उनिहरु माथि नभएको पनि उनले बताए ।

यादवले भने ,‘ जनताले विकास प्रेमी, सुखदु:खमा साथ दिने जनप्रतिनिधी चाहन्छन्, त्यसका कारण पर्सा १ का मतदाता जसपाको चुनाव चिन्ह छाता छापमा मतदान गर्न आतुर छन् ।

नेवि संघ पर्साकाे अध्यक्षमा ई. यादव मनाेनित

0

वीरगंज । नेपाल विद्यार्थी संघ (नेवि संघ) पर्साको अध्यक्षमा ईन्जिनियर रमेश कुमार यादव मनोनित भएका छन् । नेवि संघको केन्द्रिय कार्य समितिले यादवलाई पर्सा अध्यक्षमा मनोनित गरेको हो ।

आसन्न संघ र प्रदेशको निर्वाचनमा गरि संगठनलाई चलायमान बनाउनको लागि अध्यक्ष जिम्मेवारी दिइएकाे नेवि संघका केन्द्रिय अध्यक्ष दुजाङ शेर्पाले वताए । नेपाल विद्यार्थी संघको विधि विधान र मर्यादाभित्र रहेर संघलाई गतिशिल बनाउनु एक पत्र मार्फत यादवलाई आग्रह समेत गरिएकाे छ ।

नेविसंघ केन्द्रिय समितिले नेपाली कांग्रेस पर्साबाट नेबिसंघको जिल्ला अध्यक्षको नाम माग गरेको थियो । त्यहि अनुसार काँग्रेस पर्साले गत असोज १३ गते यादवको नाम नेविसंघ पर्साको अध्यक्षको लागि सिफारिस गरेकोमा नेवि संघ केन्द्रिय कार्य समितिले यादवलाई जिल्ला अध्यक्षमा मनोनित गरेको हो ।

यादवलाई, नेवि संघको विधान २०२७ को संसोधन २०७४ बमाेजिम तीन महिना भित्र पर्सामा नेविसंघको जिल्ला अधिवेशन गराउन जिम्मेवारी पनि दिइएकाे नेवि संघका केन्द्रिय अध्यक्ष दुजांङ शेर्पाद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएकाे छ ।

उम्मेदवार गुप्ताले सुरु गरे घरदैलो

0

वीरगंज । नेकपा एमाले पर्सा क्षेत्र नम्बर ३ का उम्मेदवार राजकुमार गुप्ताले घरदैलो कार्यक्रम सुरु गरेका छन् । गुप्ताले बुधबार पकाहा मैनपुर गाँउपालिकाको वडा नम्बर ३ र ४ अन्तर्गत पर्ने लहावरथकरी, खेश्राहा, सवैठवा लगायतको टोलमा घरदैलो गरेका हुन् ।

घरदैलाे कार्यक्रममा प्रदेशसभा सदस्यका उम्मेदवार डा. मधु गुप्ता, एमालेका नेता शिव पटेल, अकलेश साह, हनिफ अंसारी, पकहा मैनपुर गाँउपालिकाका पूर्व अध्यक्ष चौरसिया, फरमान मियाँ, राजेश्व रौनियार, गम्भिरा साह लगायत सयौं कार्यकर्ताहरुको सहभागिता थियो ।

सो अवसरमा नेता गुप्ताले पर्सा क्षेत्र नम्बर ३ को बिकाशको लागि एमाले नेतृत्वका सरकार आवश्य रहेकाे वताउँदै एमालेलाई बिजयी गराउन मतदातालाई आग्रह गरेका थिए । 

उम्मेदवारी फिर्ता नलिनेहरुलाई जसपाले कारवाही गर्याे

0

वीरगंज । बागी उम्मेदवारी दिने ७ जनालाई जनता समाजवादी पार्टी (जसपा) पर्साले कारवाही गरेकाे छ । पार्टीको निर्देशानुसार आफनो उम्मेदवारी समयमा फिर्ता नगरेका पर्साका ७ जनालाई जसपा पर्साले पार्टीबाट निष्काशन गरेकाे हाे । 

पूर्वमन्त्री तथा जसपाकी केन्द्रीय सदस्य करिमा बेगम, प्रदेश समितिका सदस्य जन्नत अन्सारी, प्रदेश परिषद सदस्य शिवकुमार साह, गौरीशङ्कर साह, नेताहरु प्रमोद जयसवाल, मुकेश द्विवेदी र रुपेशमान सिंहलाई पार्टीकाे साधारण सदस्य समेत नरहेने गरी पार्टीबाट निष्काशन गरिएकाे जसपा पर्साका अध्यक्ष रामनरेश यादवले वताए ।

अध्यक्ष यादवले बुधबार एउटा विज्ञप्ति जारी गर्दै पार्टीको निर्णय विपरित प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका ७ जनालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरिएको जानकारी गराएका हुन् ।

जसपा नेपाल र नेकपा एमालेको केन्द्रीय निर्णय अनुसार सिटको तालमेल गरि आ-आफ्नो पार्टीबाट आधिकारिक उम्मेदवारी दिने बाहेक स्वतन्त्र तथा अन्य राजनैतिक दलहरुबाट बागी भई दिएका उम्मेदवारहरु पार्टीको निर्देशनअनुसार आफ्नो उम्मेदवारी समयमा फिर्ता नगरेकोले निजहरुलाई पार्टीको विधान, निर्णय र निर्देशनअनुसार उम्मेदवार बनेकाहरुलाई आजको मितिबाट पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको जारी वियाप्तिमा लेखिएको छ ।

पर्सा क्षेत्र नं. १ काे (क) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र जन्नत अंसारी, प्रदेश सभा २ काे (ख) मा मुकेश कुमार द्विवेदी, २ काे (ख) मै करिमा बेगम, रुपेशमान सिहं, ३ काे (क) मा प्रमोद जयसवाल, नेपाल सुशासन पार्टीबाट शिवकुमार साह र ३ काे (ख) मा गौरिशंकर साहले उम्मेदवारी दिएका छन् ।

रिजालकाे चुनावी गतिविधि सुरु, जनलहर बढ्दै

0

वीरगंज । पर्साकाे निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसले चुनावी गतिविधी सुरु गरेकाे छ । प्रतिनिधीसभा सदस्यका सत्तागठबन्धनका साझा उम्मेदवार नेपाली काँँग्रेसका रमेश रिजालले बुधबारदेखि धाेबिनी गाउँपालिकाकाे लंगडीबाट चुनावी गतिविधि सुरु गरेका हुन् । 

रिजालले गत आइतबार उम्मेदवारी दर्ता गराएसंगै त्यस क्षेत्रमा काँग्रेसले चुनावी गतिविधी सुरु गरेकाे हाे । यसै क्रममा काँग्रेसले बुधबार क्षेत्र नम्बर ४ को दुई पालिकामा छुट्टा छुट्टै कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ । काँग्रेस क्षेत्रीय कार्य समितिले धोबिनी गाँउपालिकाको लंगडी र कालिकामाई गाँउपालिकाको मुडड्लीमा बुधबार कार्यकर्ता भेटघाट कार्यक्रम गरेको हो ।

काँग्रेस उम्मेदवार रिजालको प्रमुख आतिथ्यतामा भएको दुवै कार्यक्रममा त्यस क्षेत्रका काँग्रेस अगुवा नेता कार्यकर्ताहरुले गठबन्धनका साझा उम्मेदवार समेत रहेका रिजाललाई अत्याधिक मतले विजयी बनाउने प्रतिबद्धता जनाए । उनिहरुले क्षेत्र नम्बर ४ को विकासमा सधै लागि रहने रिजाल यसपालि पनि उम्मेदवार बनेकाले यसले क्षेत्रका जनता पनि उत्साहित भएको बताए ।

कार्यक्रममा बोल्दै गठबन्धनका साझा उम्मेदवार रिजालले विगतमा चुनाव हारे जिते पनि आफु क्षेत्रका जनताको सुखदुखमा सदैेव साथमा रहदै आएकाले जनमत आफनो पक्षमा रहेको बताए । उनले काँग्रेसले गरेका देशको समृद्धि र विकासका लागि गरेका काम बारे जनतालाई बुझाउन कार्यकर्तालाइ निर्देशन पनि दिए । रिजालले काँग्रेसकै कारण संविधान र लोकतन्त्रको रक्षा भएको सन्देश पनि जनता माझ पुर्याउन अनुरोध गरे ।

कार्यक्रममा पर्सा क्षेत्र नं. ४ (क) का उम्मेदवार शंकर चौधरी ,काँग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, जिल्ला प्रवक्ता रमेश पाण्डे, महाधिबेशन प्रतिनिधि बशिष्ठ नारायण कुर्मी, श्याम पटेल, जिल्ला सह सचीव नवीन सिंह, क्षेत्रीय सभापति एंव जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, सचिव बालिस्टर अहमद ,नेविसंघका जिल्ला अध्यक्ष विकास तिवारी , कालिकामाइ गाँउपालिकाका सभापति छठु साह, राकेश यादव लगायतका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

लिएनन् बागीहरुले उम्मेदवारी फिर्ता, पाए निर्वाचन चिन्ह

0

वीरगंज । निर्वाचन अधिकृतकाे कार्यालयहरुले उम्मेदवारकाे अन्तिम नमावली प्रकाश गरेका छन् । पर्साका ४ वटै क्षेत्रका निर्वाचन अधिकृतकाे कार्यालयहरुले बिहिबार निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारकाे अन्तिम नमावली प्रकाशन गर्नुकाे साथै निर्वाच चिन्ह प्रदान गरेका हुन् ।

उम्मेदवारकाे विराेधमा उजरी दिने, मनाेनय पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारकाे नाम फिर्ता लिने निर्वाचन कार्यतालिकाकाे अवधि सकेपछि निर्वाचन कार्यालयले अन्तिम नमावली प्रकाश गर्दै उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरेकाे हाे । 

उम्मेदवारकाे अन्तिम नमावली अनुसार पर्साकाे निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार १० जना रहेका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. ४ काे (क) मा पनि १० जना र ४ काे (ख) मा ११ जनाले आफ्नाे उम्मेदवारी कायम राखेकाे निर्वाचन अधिकृतकाे कार्यालय पर्सा क्षेत्र नं. ४ लंगडीले जनाएकाे छ ।

उम्मेदवारी कायम राख्नेमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रमेश रिजाल, नेकपा एमालेका जालिम मियाँ मंसुरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अवधेश प्रसाद गाैराे, जनमत पार्टीका अजय कुमार यादव, नेपाली जनता दलका रामसिस महताे काेइरी, नेपाल मजदुर किसान पार्टीका राज कुमार वनमाला सहित ४ जना स्वतन्त्र रहेका छन् ।

त्यसैगरी प्रदेशसभा क्षेत्र नं. ४ काे (क) मा नेकपा एमालेका जयप्रकाश थारु, नेपाली कांग्रेसका शंकर प्रसाद चाैधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका शान्त कुमार जाेशी, जनमत पार्टीका शेषनाथ महताे नुनिया, नेपाल मजदुर किसान पार्टीका हकिम अंसारी, स्वतन्त्र बिरेन्द्र प्रसाद यादव लगायतकाे उम्मेदवारी कायम रहेकाे छ ।

स्वतन्त्र उम्मेदवार दिएका यादव नेकपा माओवादी केन्द्रका हुन् । उनलाई निर्वाचन कार्यालयले लालटिन निर्वाचन चिन्ह प्रदान गरेकाे छ । 

त्यसैगरी, पर्सा क्षेत्र नं. ४ काे (ख) मा माओवादी केन्द्रकी चाँद तारा कुमारी, जनता समाजवादी पार्टीका सिंगासन साह कलवार, नेपाल सुशासन पार्टीका बलराम तिवारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नाग हजारा दुसाद, नेपाली जनता दलका सेमराज राउत अहिर, नेपाल मजदुर किशान पार्टीका साहब मियाँ तेली, स्वतन्त्र प्रहलाद साह कानु लगायतले उम्मेदवारी कायम राखेका हुन् ।

स्वतन्त्र उम्मेदवार कानु नेकपा एमालेका हुन् । उनलाई पनि निर्वाचन कार्यालयले लालटिन निर्वाचन चिन्ह प्रदान गरेकाे छ ।

पर्साको क्षेत्र नम्बर ४ मा प्रतिनिधीसभा सदस्यमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर शाक्य र स्वतन्त्र उम्मेदवारी दिएका महमद कलिमले पनि उम्मेदवारी फिर्ता लिएका लिएका छन् । 

त्यसैगरी पर्सा क्षेत्र नं. ३ काे प्रतिनिधिसभा सदस्यमा कांग्रेसका सुरेन्द्र प्रसाद चाैधरी, एमालेका राजकुमार गुप्ता, नेपाल सुशासन पार्टीका राजकुमार यादव लगायतकाे उम्मेदवारी कायम रहेकाे छ । प्रदेशसभा ३ काे (क) मा एमालेका अब्दुल रहिम अंसारी, माओवादी केन्द्रका छाेटेलाल यादव, नेपाल सुशासन पार्टीका शिव कुमार साह, स्वतन्त्र चन्द्रकिशाेर प्रसाद चाैधरी, प्रमाेद कुमार जयसवाल, निर राज गिरी लगायतकाले आफ्नाे उम्मेदवारी कायम राखेका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका चाैधरी कांग्रेसका, जयसवाल जसपाका र गिरी एकालेका हुन् । निर्वाचन कार्यालयले चाैधरीलाई लालटिन, जयसवाललाई काउली र गिरीलाई जिप निर्वाचन चिन्ह प्रदान गरेकाे छ ।

प्रदेशसभा क्षेत्र नं. ३ काे (ख) मा कांग्रेसका जनार्दन सिंह क्षेत्री, जसपाकी डा. मधु गुप्ता, नेकपा एकीकृत समाजवादीका प्रहलाद गिरी लगायतकाले उम्मेदवारी कायम राखेका छन् ।

क्षेत्र नम्बर ३ को (क) मा काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका मनोज प्रसाद यादवले पनि आफ्नाे उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यसैगरी पर्सा निर्वाचन क्षेत्र नं. २ काे प्रतिनिधिसभा सदस्यमा कांग्रेसका अजय कुमार चाैरसिया, जसपाका सुरेन्द्र कुर्मी उम्मेदवारी कायम राखेका छन् । प्रदेशसभा २ काे (क) मा कांग्रेसका श्याम पटेल, जसपाका रामनरेश यादव लगायतकाकाे उम्मेदवारी कायम रहेकाे छ भने २ काे (ख) मा एमालेका हरिओम पटेल, लाेसपाका रमेश पटेल, स्वतन्त्र करिमा बेग्म, मुकेश द्विवेदी लगायतकाे उम्मेदवारी कायम रहेकाे छ ।

स्वतन्त्र उम्मेदवार करिमा बेग्म र द्विवेदी जसपाका हुन् । निर्वाचन कार्यालयले बेग्मलाई निर्वाचन चिन्ह बल्ब र द्विवेदीलाई पंखा निर्वाचन चिन्ह प्रदान गरेकाे छ ।

यसैगरी पर्सा क्षेत्र नं. १ काे प्रतिनिधिसभा सदस्यमा जसपाका प्रदिप यादव, लाेसपाका लक्ष्मण लाल कर्ण, स्वतन्त्र अजय द्विवेदी लगायतकाे उम्मेदवारी कायम रहेकाे छ । निर्वाचन कार्यालयले स्वतन्त्र उम्मेदवार द्विवेदीलाई माछा निर्वाचन चिन्ह प्रदान गरेकाे छ । 

प्रदेशसभा क्षेत्र नं. १ काे (क) एकालेका बिचारी यादव, माओवादी केन्द्रका रहबर अन्सारी, स्वतन्त्र जन्नत अन्सारी, सुधिर पटेल लगायतकाे र १ काे (ख) मा नेपाली कांग्रेसका रामनारायण कुर्मी, जसपाका लालबाबु राउत गद्दी, स्वतन्त्र शशिकपुर मियाँ, ओमप्रकाश सर्राफ लगायतकाकाे उम्मेदवारी कायम रहेकाे छ ।

निर्वाचन कार्यालयले स्वतन्त्र उम्मेदवार पटेललाई रिक्सा, मियाँलाई जिप र सर्राफलाई लाैराे निर्वाचन चिन्ह प्रदान गरेकाे छ । दलगत उम्मेदवारहरुकाे दल अनुसारकाे नै निर्वाचन चिन्ह प्रदान गरिएकाे निर्वाचन कार्यालयले जनाएकाे छ । 

प्रतीनीधी सभासदस्य तर्फका पर्सा क्षेत्र नम्बर १ मा २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पर्सा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएकी शान्ति देवी खड्का र हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका नन्द किशोर श्रीवास्तवले बुधबार उम्मेदवारी फिर्ता लिएको पोखरेलले जाकारी दिए ।

प्रदेशसभा सदस्य तर्फ पर्साको निर्वाचन क्षेत्र नम्बर १ को (ख ) मा स्वतन्त्र उम्मेदवारी दिएका महमद फकिर देवानले पनि आफ्नाे उम्मेदवारी फिर्ता लिएका छन् ।