Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

आशा किरणसंग आन्विका

spot_img
spot_img

वीरगंज । “तिमी सङ आन्विका” नामक संस्थाले सुस्तमनस्थितीका बालबालिकाहरुलाई शैक्षिक सामाग्री र स्कुल ब्याग वितरण गरेकाे छ । वीरगंजस्थित रहेकाे श्री सिद्धार्थ माध्यमिक विद्यालयकाे प्राङ्गणमा रहेका आशा किरण केन्द्रका सुस्तमनस्थिती, सेरिब्रल पाल्सी, मस्तिष्क पक्षाघातका बालबालिकाहरुलाई संस्थाले शैक्षिक सामग्री सहयाेग गरेकाे हाे । 

आशा किरण केन्द्रका महासचिव राजन श्रीवास्तवको सभापतित्व र सामाजिक अभियन्ता एवं आन्विका संस्थाका प्रतिनिधि अनिल जयसवालकाे प्रमुख आतिथ्यतामा भएकाे सामग्री हस्तान्तरण कार्यक्रममा केन्द्रका कोषाध्यक्ष सन्दिप मोहता, डा.असोक दास, प्रधानाध्यापक अनिल वर्णवाल लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रममा वाेल्ने वक्ताहरुले मस्तिष्क पक्षघातका बच्चाहरुको बारेमा प्रस्ट पार्दै उक्त क्षेत्रमा थोरै भए पनि सहयोग र योगदान गर्ने सबैमा आभार व्यक्त गरे । साथै आउने दिनमा अझ सहयोगको अपेक्षा राख्दै शुभकामना सहित संस्था सङ जुडनका लागि सबैमा अनुरोध समेत वक्ताहरुले गरेका थिए ।

आशा किरण केन्द्रका बच्चालाई “विश्व मस्तिष्क पक्षघात दिवस” को प्रत्येक वर्षको अवसर पारेर विभिन्न कार्यक्रम गरि बच्चाहरुलाई सहयोग गर्दै आएकोमा केन्द्रका महासचिव श्रीवास्तवले “तिमी सङआन्विका” नामक संस्थालाई धन्यवाद दिनुका साथै आन्विकाको सुस्वास्थ एवं उज्ज्वल भबिस्यको कामना गरेका थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...