Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

उम्मेदवारी फिर्ता नलिनेहरुलाई जसपाले कारवाही गर्याे

spot_img
spot_img

वीरगंज । बागी उम्मेदवारी दिने ७ जनालाई जनता समाजवादी पार्टी (जसपा) पर्साले कारवाही गरेकाे छ । पार्टीको निर्देशानुसार आफनो उम्मेदवारी समयमा फिर्ता नगरेका पर्साका ७ जनालाई जसपा पर्साले पार्टीबाट निष्काशन गरेकाे हाे । 

पूर्वमन्त्री तथा जसपाकी केन्द्रीय सदस्य करिमा बेगम, प्रदेश समितिका सदस्य जन्नत अन्सारी, प्रदेश परिषद सदस्य शिवकुमार साह, गौरीशङ्कर साह, नेताहरु प्रमोद जयसवाल, मुकेश द्विवेदी र रुपेशमान सिंहलाई पार्टीकाे साधारण सदस्य समेत नरहेने गरी पार्टीबाट निष्काशन गरिएकाे जसपा पर्साका अध्यक्ष रामनरेश यादवले वताए ।

अध्यक्ष यादवले बुधबार एउटा विज्ञप्ति जारी गर्दै पार्टीको निर्णय विपरित प्रदेशसभा सदस्य पदमा उम्मेदवारी दिएका ७ जनालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्काशन गरिएको जानकारी गराएका हुन् ।

जसपा नेपाल र नेकपा एमालेको केन्द्रीय निर्णय अनुसार सिटको तालमेल गरि आ-आफ्नो पार्टीबाट आधिकारिक उम्मेदवारी दिने बाहेक स्वतन्त्र तथा अन्य राजनैतिक दलहरुबाट बागी भई दिएका उम्मेदवारहरु पार्टीको निर्देशनअनुसार आफ्नो उम्मेदवारी समयमा फिर्ता नगरेकोले निजहरुलाई पार्टीको विधान, निर्णय र निर्देशनअनुसार उम्मेदवार बनेकाहरुलाई आजको मितिबाट पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरिएको जारी वियाप्तिमा लेखिएको छ ।

पर्सा क्षेत्र नं. १ काे (क) बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र जन्नत अंसारी, प्रदेश सभा २ काे (ख) मा मुकेश कुमार द्विवेदी, २ काे (ख) मै करिमा बेगम, रुपेशमान सिहं, ३ काे (क) मा प्रमोद जयसवाल, नेपाल सुशासन पार्टीबाट शिवकुमार साह र ३ काे (ख) मा गौरिशंकर साहले उम्मेदवारी दिएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...