Date
बिहि, कार्तिक ६, २०८३
Thu, October 22, 2026

रिजालकाे चुनावी गतिविधि सुरु, जनलहर बढ्दै

spot_img
spot_img

वीरगंज । पर्साकाे निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसले चुनावी गतिविधी सुरु गरेकाे छ । प्रतिनिधीसभा सदस्यका सत्तागठबन्धनका साझा उम्मेदवार नेपाली काँँग्रेसका रमेश रिजालले बुधबारदेखि धाेबिनी गाउँपालिकाकाे लंगडीबाट चुनावी गतिविधि सुरु गरेका हुन् । 

रिजालले गत आइतबार उम्मेदवारी दर्ता गराएसंगै त्यस क्षेत्रमा काँग्रेसले चुनावी गतिविधी सुरु गरेकाे हाे । यसै क्रममा काँग्रेसले बुधबार क्षेत्र नम्बर ४ को दुई पालिकामा छुट्टा छुट्टै कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ । काँग्रेस क्षेत्रीय कार्य समितिले धोबिनी गाँउपालिकाको लंगडी र कालिकामाई गाँउपालिकाको मुडड्लीमा बुधबार कार्यकर्ता भेटघाट कार्यक्रम गरेको हो ।

काँग्रेस उम्मेदवार रिजालको प्रमुख आतिथ्यतामा भएको दुवै कार्यक्रममा त्यस क्षेत्रका काँग्रेस अगुवा नेता कार्यकर्ताहरुले गठबन्धनका साझा उम्मेदवार समेत रहेका रिजाललाई अत्याधिक मतले विजयी बनाउने प्रतिबद्धता जनाए । उनिहरुले क्षेत्र नम्बर ४ को विकासमा सधै लागि रहने रिजाल यसपालि पनि उम्मेदवार बनेकाले यसले क्षेत्रका जनता पनि उत्साहित भएको बताए ।

कार्यक्रममा बोल्दै गठबन्धनका साझा उम्मेदवार रिजालले विगतमा चुनाव हारे जिते पनि आफु क्षेत्रका जनताको सुखदुखमा सदैेव साथमा रहदै आएकाले जनमत आफनो पक्षमा रहेको बताए । उनले काँग्रेसले गरेका देशको समृद्धि र विकासका लागि गरेका काम बारे जनतालाई बुझाउन कार्यकर्तालाइ निर्देशन पनि दिए । रिजालले काँग्रेसकै कारण संविधान र लोकतन्त्रको रक्षा भएको सन्देश पनि जनता माझ पुर्याउन अनुरोध गरे ।

कार्यक्रममा पर्सा क्षेत्र नं. ४ (क) का उम्मेदवार शंकर चौधरी ,काँग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, जिल्ला प्रवक्ता रमेश पाण्डे, महाधिबेशन प्रतिनिधि बशिष्ठ नारायण कुर्मी, श्याम पटेल, जिल्ला सह सचीव नवीन सिंह, क्षेत्रीय सभापति एंव जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, सचिव बालिस्टर अहमद ,नेविसंघका जिल्ला अध्यक्ष विकास तिवारी , कालिकामाइ गाँउपालिकाका सभापति छठु साह, राकेश यादव लगायतका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...