Date
आइत, भदौ २१, २०८३
Sun, September 6, 2026

रिजालकाे चुनावी गतिविधि सुरु, जनलहर बढ्दै

spot_img
spot_img

वीरगंज । पर्साकाे निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसले चुनावी गतिविधी सुरु गरेकाे छ । प्रतिनिधीसभा सदस्यका सत्तागठबन्धनका साझा उम्मेदवार नेपाली काँँग्रेसका रमेश रिजालले बुधबारदेखि धाेबिनी गाउँपालिकाकाे लंगडीबाट चुनावी गतिविधि सुरु गरेका हुन् । 

रिजालले गत आइतबार उम्मेदवारी दर्ता गराएसंगै त्यस क्षेत्रमा काँग्रेसले चुनावी गतिविधी सुरु गरेकाे हाे । यसै क्रममा काँग्रेसले बुधबार क्षेत्र नम्बर ४ को दुई पालिकामा छुट्टा छुट्टै कार्यकर्ता भेटघाट कार्यक्रम गरेको छ । काँग्रेस क्षेत्रीय कार्य समितिले धोबिनी गाँउपालिकाको लंगडी र कालिकामाई गाँउपालिकाको मुडड्लीमा बुधबार कार्यकर्ता भेटघाट कार्यक्रम गरेको हो ।

काँग्रेस उम्मेदवार रिजालको प्रमुख आतिथ्यतामा भएको दुवै कार्यक्रममा त्यस क्षेत्रका काँग्रेस अगुवा नेता कार्यकर्ताहरुले गठबन्धनका साझा उम्मेदवार समेत रहेका रिजाललाई अत्याधिक मतले विजयी बनाउने प्रतिबद्धता जनाए । उनिहरुले क्षेत्र नम्बर ४ को विकासमा सधै लागि रहने रिजाल यसपालि पनि उम्मेदवार बनेकाले यसले क्षेत्रका जनता पनि उत्साहित भएको बताए ।

कार्यक्रममा बोल्दै गठबन्धनका साझा उम्मेदवार रिजालले विगतमा चुनाव हारे जिते पनि आफु क्षेत्रका जनताको सुखदुखमा सदैेव साथमा रहदै आएकाले जनमत आफनो पक्षमा रहेको बताए । उनले काँग्रेसले गरेका देशको समृद्धि र विकासका लागि गरेका काम बारे जनतालाई बुझाउन कार्यकर्तालाइ निर्देशन पनि दिए । रिजालले काँग्रेसकै कारण संविधान र लोकतन्त्रको रक्षा भएको सन्देश पनि जनता माझ पुर्याउन अनुरोध गरे ।

कार्यक्रममा पर्सा क्षेत्र नं. ४ (क) का उम्मेदवार शंकर चौधरी ,काँग्रेसका मधेस प्रदेश महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, जिल्ला प्रवक्ता रमेश पाण्डे, महाधिबेशन प्रतिनिधि बशिष्ठ नारायण कुर्मी, श्याम पटेल, जिल्ला सह सचीव नवीन सिंह, क्षेत्रीय सभापति एंव जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, सचिव बालिस्टर अहमद ,नेविसंघका जिल्ला अध्यक्ष विकास तिवारी , कालिकामाइ गाँउपालिकाका सभापति छठु साह, राकेश यादव लगायतका नेता कार्यकर्ताहरुको सहभागीता थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा ११४ किलो गाँजासहित कार र चालक पक्राउ

वीरगंज । पर्साको पकहामैनपुर गाउँपालिका–१ बाट प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार राति प्रहरी चौकी धोरे र इलाका प्रहरी कार्यालय...

एमाले वीरगंज महानगर कमिटीको अध्यक्षमा लियाकत अली

वीरगंज । नेकपा एमाले वीरगंज महानगर कमिटीको छैटौं पूर्ण बैठकले रिक्त रहेका विभिन्न पदमा नयाँ पदाधिकारी मनोनयन गरेको छ । वीरगंज महानगर कमिटीका कार्यबाहक अध्यक्ष...

बाढीले पुरेको घरबाट ११ दिनपछि ६४ वर्षीया महिलाको जीवित उद्धार

काठमाडौँ । एघार दिनअघि रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावती बजारका अधिकांश घर पु¥यो । कतिपय बाढीमा बगे भने कति घरभित्रै...