Date
शनि, जेष्ठ २३, २०८३
Sat, June 6, 2026

लिएनन् बागीहरुले उम्मेदवारी फिर्ता, पाए निर्वाचन चिन्ह

spot_img
spot_img

वीरगंज । निर्वाचन अधिकृतकाे कार्यालयहरुले उम्मेदवारकाे अन्तिम नमावली प्रकाश गरेका छन् । पर्साका ४ वटै क्षेत्रका निर्वाचन अधिकृतकाे कार्यालयहरुले बिहिबार निर्वाचन कार्यतालिका अनुसार उम्मेदवारकाे अन्तिम नमावली प्रकाशन गर्नुकाे साथै निर्वाच चिन्ह प्रदान गरेका हुन् ।

उम्मेदवारकाे विराेधमा उजरी दिने, मनाेनय पत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारकाे नाम फिर्ता लिने निर्वाचन कार्यतालिकाकाे अवधि सकेपछि निर्वाचन कार्यालयले अन्तिम नमावली प्रकाश गर्दै उम्मेदवारहरुलाई निर्वाचन चिन्ह प्रदान गरेकाे हाे । 

उम्मेदवारकाे अन्तिम नमावली अनुसार पर्साकाे निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार १० जना रहेका छन् । प्रदेशसभा निर्वाचन क्षेत्र नं. ४ काे (क) मा पनि १० जना र ४ काे (ख) मा ११ जनाले आफ्नाे उम्मेदवारी कायम राखेकाे निर्वाचन अधिकृतकाे कार्यालय पर्सा क्षेत्र नं. ४ लंगडीले जनाएकाे छ ।

उम्मेदवारी कायम राख्नेमा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका रमेश रिजाल, नेकपा एमालेका जालिम मियाँ मंसुरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका अवधेश प्रसाद गाैराे, जनमत पार्टीका अजय कुमार यादव, नेपाली जनता दलका रामसिस महताे काेइरी, नेपाल मजदुर किसान पार्टीका राज कुमार वनमाला सहित ४ जना स्वतन्त्र रहेका छन् ।

त्यसैगरी प्रदेशसभा क्षेत्र नं. ४ काे (क) मा नेकपा एमालेका जयप्रकाश थारु, नेपाली कांग्रेसका शंकर प्रसाद चाैधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका शान्त कुमार जाेशी, जनमत पार्टीका शेषनाथ महताे नुनिया, नेपाल मजदुर किसान पार्टीका हकिम अंसारी, स्वतन्त्र बिरेन्द्र प्रसाद यादव लगायतकाे उम्मेदवारी कायम रहेकाे छ ।

स्वतन्त्र उम्मेदवार दिएका यादव नेकपा माओवादी केन्द्रका हुन् । उनलाई निर्वाचन कार्यालयले लालटिन निर्वाचन चिन्ह प्रदान गरेकाे छ । 

त्यसैगरी, पर्सा क्षेत्र नं. ४ काे (ख) मा माओवादी केन्द्रकी चाँद तारा कुमारी, जनता समाजवादी पार्टीका सिंगासन साह कलवार, नेपाल सुशासन पार्टीका बलराम तिवारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नाग हजारा दुसाद, नेपाली जनता दलका सेमराज राउत अहिर, नेपाल मजदुर किशान पार्टीका साहब मियाँ तेली, स्वतन्त्र प्रहलाद साह कानु लगायतले उम्मेदवारी कायम राखेका हुन् ।

स्वतन्त्र उम्मेदवार कानु नेकपा एमालेका हुन् । उनलाई पनि निर्वाचन कार्यालयले लालटिन निर्वाचन चिन्ह प्रदान गरेकाे छ ।

पर्साको क्षेत्र नम्बर ४ मा प्रतिनिधीसभा सदस्यमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका टेक बहादुर शाक्य र स्वतन्त्र उम्मेदवारी दिएका महमद कलिमले पनि उम्मेदवारी फिर्ता लिएका लिएका छन् । 

त्यसैगरी पर्सा क्षेत्र नं. ३ काे प्रतिनिधिसभा सदस्यमा कांग्रेसका सुरेन्द्र प्रसाद चाैधरी, एमालेका राजकुमार गुप्ता, नेपाल सुशासन पार्टीका राजकुमार यादव लगायतकाे उम्मेदवारी कायम रहेकाे छ । प्रदेशसभा ३ काे (क) मा एमालेका अब्दुल रहिम अंसारी, माओवादी केन्द्रका छाेटेलाल यादव, नेपाल सुशासन पार्टीका शिव कुमार साह, स्वतन्त्र चन्द्रकिशाेर प्रसाद चाैधरी, प्रमाेद कुमार जयसवाल, निर राज गिरी लगायतकाले आफ्नाे उम्मेदवारी कायम राखेका छन् ।

स्वतन्त्र उम्मेदवारी दिएका चाैधरी कांग्रेसका, जयसवाल जसपाका र गिरी एकालेका हुन् । निर्वाचन कार्यालयले चाैधरीलाई लालटिन, जयसवाललाई काउली र गिरीलाई जिप निर्वाचन चिन्ह प्रदान गरेकाे छ ।

प्रदेशसभा क्षेत्र नं. ३ काे (ख) मा कांग्रेसका जनार्दन सिंह क्षेत्री, जसपाकी डा. मधु गुप्ता, नेकपा एकीकृत समाजवादीका प्रहलाद गिरी लगायतकाले उम्मेदवारी कायम राखेका छन् ।

क्षेत्र नम्बर ३ को (क) मा काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिएका मनोज प्रसाद यादवले पनि आफ्नाे उम्मेदवारी फिर्ता लिएका छन् ।

त्यसैगरी पर्सा निर्वाचन क्षेत्र नं. २ काे प्रतिनिधिसभा सदस्यमा कांग्रेसका अजय कुमार चाैरसिया, जसपाका सुरेन्द्र कुर्मी उम्मेदवारी कायम राखेका छन् । प्रदेशसभा २ काे (क) मा कांग्रेसका श्याम पटेल, जसपाका रामनरेश यादव लगायतकाकाे उम्मेदवारी कायम रहेकाे छ भने २ काे (ख) मा एमालेका हरिओम पटेल, लाेसपाका रमेश पटेल, स्वतन्त्र करिमा बेग्म, मुकेश द्विवेदी लगायतकाे उम्मेदवारी कायम रहेकाे छ ।

स्वतन्त्र उम्मेदवार करिमा बेग्म र द्विवेदी जसपाका हुन् । निर्वाचन कार्यालयले बेग्मलाई निर्वाचन चिन्ह बल्ब र द्विवेदीलाई पंखा निर्वाचन चिन्ह प्रदान गरेकाे छ ।

यसैगरी पर्सा क्षेत्र नं. १ काे प्रतिनिधिसभा सदस्यमा जसपाका प्रदिप यादव, लाेसपाका लक्ष्मण लाल कर्ण, स्वतन्त्र अजय द्विवेदी लगायतकाे उम्मेदवारी कायम रहेकाे छ । निर्वाचन कार्यालयले स्वतन्त्र उम्मेदवार द्विवेदीलाई माछा निर्वाचन चिन्ह प्रदान गरेकाे छ । 

प्रदेशसभा क्षेत्र नं. १ काे (क) एकालेका बिचारी यादव, माओवादी केन्द्रका रहबर अन्सारी, स्वतन्त्र जन्नत अन्सारी, सुधिर पटेल लगायतकाे र १ काे (ख) मा नेपाली कांग्रेसका रामनारायण कुर्मी, जसपाका लालबाबु राउत गद्दी, स्वतन्त्र शशिकपुर मियाँ, ओमप्रकाश सर्राफ लगायतकाकाे उम्मेदवारी कायम रहेकाे छ ।

निर्वाचन कार्यालयले स्वतन्त्र उम्मेदवार पटेललाई रिक्सा, मियाँलाई जिप र सर्राफलाई लाैराे निर्वाचन चिन्ह प्रदान गरेकाे छ । दलगत उम्मेदवारहरुकाे दल अनुसारकाे नै निर्वाचन चिन्ह प्रदान गरिएकाे निर्वाचन कार्यालयले जनाएकाे छ । 

प्रतीनीधी सभासदस्य तर्फका पर्सा क्षेत्र नम्बर १ मा २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । पर्सा क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएकी शान्ति देवी खड्का र हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिएका नन्द किशोर श्रीवास्तवले बुधबार उम्मेदवारी फिर्ता लिएको पोखरेलले जाकारी दिए ।

प्रदेशसभा सदस्य तर्फ पर्साको निर्वाचन क्षेत्र नम्बर १ को (ख ) मा स्वतन्त्र उम्मेदवारी दिएका महमद फकिर देवानले पनि आफ्नाे उम्मेदवारी फिर्ता लिएका छन् ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रोहिणी नक्षत्रसँगै पर्सामा धानको बीउ राख्न सुरु, किसान अझै भारतीय बीउमै निर्भर

सेढवा । रोहिणी नक्षत्र सुरु भएसँगै पर्साका ग्रामीण भेगका किसानहरूले वर्षे धानबालीको तयारी तीव्र बनाएका छन् । किसानहरूले भदई तथा अगहनी धानअन्तर्गत सोना सारो,...

हरवाचरवा समुदायको पुनर्स्थापनाका लागि बजेट छुट्याउन सरकारलाई दबाब

जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा हरवाचरवा समुदायको सवाल समेटेकोमा स्वागत गर्दै मुक्त हरवाचरवा अधिकार मञ्चले यसको...

जगरनाथपुर गाउँपालिका पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा

वीरगंज । पर्साको जगरनाथपुर गाउँपालिकालाई पूर्ण खोप दिगोपना सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत नियमित खोप सेवाको प्रभावकारी कार्यान्वयन, लक्षित बालबालिकाको...