Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

बिन्दबासिनी गाउँपालिकाले अतिक्रमण जग्गा खालि गराउँदै

spot_img
spot_img

वीरगंज । पर्साको बिन्दबासिनी गाउँपालिकाले अतिक्रमण गरिएको सार्वजनिक जग्गा छुट्याई खाली गराउने काम सुरु गरेको छ ।  गाउँपालिकाले सार्वजनिक जग्गा अतिक्रम हटाउने बिहिबारबाट सुरु गरेको गाउँपालिका अध्यक्ष प्रमोद तिवारीले बताए ।

सार्वजनिक जग्गा छुट्याउने क्रममा पहिलो दिन वडा नं-१ बिश्रामपुरमा रहेको सेनुरियामाई मन्दिरको अतिक्रमित जग्गाको नाप नक्सा गरी अतिक्रम जग्गा छुट्याइएको उनले वताए । अतिक्रमण गरिएको जग्गाको नाप नक्सा गरी छुट्याई गाउँपालिकाकाे ऐक्सावेटरले तोडफोड गरी फीलर गाडिएको गाउँपालिकाले जनाएको छ ।

यस्तो कार्य काठमाडौंमा हुँदा गाउँबासीले प्रशंसा गरेपछि पालिका प्रमुखले आफ्नो सक्रियता बढाई पर्सा जिल्लाको पहिलो पालिकाको रूपमा अतिक्रमण सार्वजनिक जग्गा छुट्याउने काम सुरु गरेका हुन् ।

गाउँपालिका अध्यक्ष तिवारीले ३५ दिन पहिला एक सूचना जारी गर्दै अतिक्रमण सार्वजनिक जग्गा आफै खाली गर्न आग्रह गरेका थिए । सार्वजनिक जग्गा खालि गराउने अभियानमा पालिकाका कर्मचारी, स्थानिय जनप्रतिनिधि, गाउँबासी, स्थानिय प्रशासन लगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...