Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

पर्सेली जनता जसपालाई मतदान गर्न आतुर छन् : मन्त्री यादव

spot_img
spot_img

वीरगंज । वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जनताले कामको मूल्याङ्कन गर्ने भएका कारण आफ्नो जित निश्चित भएको दावी गरेका छन् ।

पर्सा–१ को प्रतिनिधीसभा सदस्यका उम्मेदवार यादवले पाँच वर्ष सांसद्का रुपमा क्षेत्रको विकास र समृद्धिको लागि गरेको कामको मूल्याङ्कन जनताले गर्ने भएको हुनाले आफ्नो जित निश्चत भएको दाबी गरेका हुन् । 

जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार यादवले भने, “मतदाताका बिचमा जादाँ पाइरहेको अपार समर्थन र उत्साह देख्दा पर्सा–१ मा मेरो प्रतिष्पर्धी कोही पनि देखिएको छैन, मतदाताले पुन: मलाइ नै विजयी बनाउछन् भन्नेमा म ढुक्कछु ।”

पाँच वर्ष सांसदका रुपमा क्षेत्रको विकासका लागि हरेक सम्भव काम गरेको र जनताको आवश्यकता तथा चाहना अनुसार सडकदेखि नाला, पुल, विद्यालय, टावर लाइट, धर्मशाला, मन्दिर, मस्जिद निर्माण गरेर क्षेत्रवासीलाई विकास र समृद्धि तर्फ अगाडि लिएर गएकोले यसको मूल्याङ्कन गरेर जनताले आफूलाई जिताउने उनको विश्वास छ ।

यादवले भर्खरै केही दिन अगाडि वीरगंजमा प्राकृतिक चिडियाखाना (पर्सा प्राणी उद्यान) को शिलान्यास पनि गरेका छन् । नेपाल सरकारको वन तथा वातावरणमन्त्री नियूक्त भएपश्चात यादवले गरेको वाचाअनुसार वीरगंजमा मधेश प्रदेशकै पहिलो चिडियाखाना स्थापना गर्ने काम अगाडि बढाएका छन् ।

क्षेत्रवासी जसपाको निर्वाचन चिन्ह छाता छापमा मतदान गर्न आतूर रहेको बताउँदै यादवले भने, “सांसद् जितेदेखी जनताकै बीचमा छु, क्षेत्रमा हरेक हप्तामा पुग्ने गरेको छु, जनताको दुःख र सुखको सारथी बनेर सँगसँगै हिडेको छु, यसको मुल्यांकन जनताले गर्नेछन् ।”

पर्सा १ मा चुनाव लडेका अरु उम्मेदवारहरु मध्ये कोहि टुरिष्ट त कोहि जनताले पटक पटक अस्वीकृत गरिसकेका नेताहरु रहेकाले जनताको भरोसा उनिहरु माथि नभएको पनि उनले बताए ।

यादवले भने ,‘ जनताले विकास प्रेमी, सुखदु:खमा साथ दिने जनप्रतिनिधी चाहन्छन्, त्यसका कारण पर्सा १ का मतदाता जसपाको चुनाव चिन्ह छाता छापमा मतदान गर्न आतुर छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...