Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026
Home Blog Page 613

नृसिंह माविमा तत्कालकाे लागि कुनै शुल्क नलिन अन्तरिम आदेश

0
वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ मा रहेकाे श्री नृसिंह माद्यमिक विद्यालय पिपरामठ विरुद्ध परेकाे मुद्दामा साेमबार सुनवाई गर्दै उच्च अदालतले अभिभावकबाट कुनै किसिमकाे शुल्क तथा रकम नलिन आदेश दिएकाे छ ।
 
निवेदक कृष्ण कुमार कुर्मी समेतले दिएकाे उत्प्रेषणयुक्त परमादेश मुद्दा उपर उच्च अदालत जनकपुर अस्थायी इलास वीरगंजका न्यायाधीश सीताराम मण्डलकाे एकल इजलाशले विद्यालयमा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरुबाट तत्कालकाे लागि कुनै शुल्क वा रकम नलिन अन्तरिम आदेश दिएकाे हाे । 
  
विपक्षी यसमा के कसो भएको हो ? निवेदकको निवेदन मांग बमोजिमको आदेश किन जारी हुनुनपर्ने हो  ? आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए खुलाई म्याद सूचना प्राप्त भएको मितिले बाटाको म्याद वाहेक १५ दिन भित्र आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ लिई यस अदालतमा उपस्थित हुन आउन पनि अदालतले आदेश दिएकाे छ ।
 
अदालतले अन्तरिम आदेशको मांगका सम्बन्धमा विचार गर्दा प्रस्तुत निवेदन श्री नृसिंह माध्यामिक विद्यालयमा अंग्रेजी माध्यममा अध्ययन गर्ने छात्र/छात्राहरुको अध्ययन अध्यापनसँग सम्बन्धित देखिएको हुँदा निवेदक र विपक्षी दुवै पक्षहरु राखी छलफल गरी गराई अन्तरिम आदेश हुने नहुने तर्फ आदेश गर्न उपयुक्त हुने देखिदा अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि कात्तिक १६ गते पेशीको तारेख समेत ताेकेकाे छ ।
 
साथै सो छलफल अवधि सम्मको लागि उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थी तथा निजका अभिभावकबाट कुनै शुल्क तथा रकम नलिनु, लिन लगाउनु र यथास्थितिमा राख्नु भनी विपक्षीहरुका नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२(१)(क) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरीदिएको छ ।

प्रदेशसभा पर्सा १ काे २ मा ४ उम्मेदवार बिच राेचक प्रतिस्पर्धा

0

वीरगंज । प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं. १ काे २ मा २० जना उम्मेदवार रहेपनि चार जना बिच कडा प्रतिस्पर्धा देखिएकाे छ । यस क्षेत्रमा प्रदेशसभा सदस्यकाे लागि विभिन्न दलबाट ८ जना र स्वतन्त्र १२ जना गरी २० जना उम्मेदवार छन् । जस मध्ये गठबन्धनका दुई उम्मेदवार र एक स्वतन्त्रसहित अन्य दुई उम्मेदवार बिच प्रतिस्पर्धा हुने स्थानिय मतदाताहरुले वताएका छन् ।

यस क्षेत्रबाट प्रदेशसभा सदस्यकाे लागि एमाले-जसपा गठबन्धनबाट मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत उम्मेदवार छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लाेकतान्त्रिक समाजवादी पार्टीसहितकाे पांच दलिय सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामनारायण कुर्मी उम्मेदवार छन् । 

त्यसैगरी, हाम्राे नेपाल पार्टीबाट ओमप्रकाश सर्राफ, जनता प्रगतिशिल पार्टीबाट अंकुश पटेल, नेपाल सुशासन पार्टीबाट मनाैवर हुसेन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनय प्रसाद झा, जनम पार्टीबाट शिव प्रसाद यादवर र नेपाल लाेकतान्त्रिक पार्टीबाट हरिन्द्र प्रसाद कुर्मी उम्मेदवार छन् ।

त्यसैगरी, स्वतन्त्रबाट आफताब अहमद, कासिम मियाँ धाेबी, जुनैद हवारी, पुन्देश्वर प्रसाद यादव, मुकेश साह साेनार, राकेश कुमार दुबे, रामरुप प्रसाद साह, राेगिन्द्र ठाकुर हजाम, विशाल कुमार, शशिकपुर मियाँ, श्याम प्रसाद गुप्ता र सन्ताेष कुमार श्रेष्ठ उम्मेदवार छन् ।

जस मध्ये जसपाका उम्मेदवार मुख्यमन्त्री लालबाबु राउत, कांग्रेसका रामनारायण कुर्मी, हाम्राे नेपाल पार्टीका ओमप्रकाश सर्राफ र स्वतन्त्र उम्मेदवार शशिकपुर मियाँ बिच कडा र राेचक प्रतिस्पर्धा देखिएकाे हाे ।

उम्मेदवार राउत जसपाका कार्यकारणी समिति सदस्य हुन् । वीरगंज महानगरपालिकाकाे वडा नं. १३, तेजारथ टाेल निवासी उम्मेदवार राउत यस अघिकाे निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भई मुख्यमन्त्री बनेका हुन् ।

अर्का गठबन्धनका उम्मेदवार कुर्मी कांग्रेस पर्साका जिल्ला उपसभापति हुन् । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ ठुलाे पिपरा निवासी कुर्मी यस अघिकाे निर्वाचनमा प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं. १ काे (१) चुनाव लडेपनि पराजित भएका थिए । 

अर्का प्रतिस्पर्धी उम्मेदवार सर्राफ लाेसपाकाे वीरगंज महानगर अध्यक्ष हुन् । वीरगंज महानगरपालिकाकाे वडा नं. १६ नगवा निवासी सर्राफलाई लाेसपाले टिकट नदिएपछि हाम्राे नेपाल पार्टीबाट उम्मेदवार भएका हुन् । समाजिक कार्य समेत सक्रिय रहने सर्राफ यस अघिकाे निर्वाचनमा यसै क्षेत्रबाट प्रदेशसभा सदस्यमा स्वतन्त्र चुनाव लडेका थिए ।

उम्मेदवार मियाँ लाेसपाका केन्द्रिय सदस्य हुन् । वीरगंज महानगरपालिकाकाे वडा नं. १३ मूर्ली निवासी मियाँलाई पनि लाेसपाले टिकट नदिएपछि स्वतन्त्र चुनाव लडेका हुन् । मियाँ मधेशी दलका पुराना नेता हुन् । उनी मधेश मुद्दाका वकालत गर्ने पुराना नेता भएपनि अवसर नपाएका कारण पछाडी परेकाे वताइन्छ । 

वीरगंजकाे चोर्नीमा युवा संघकाे कमिटी गठन

0

वीरगंज । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालकाे वीरगंज महानगरपालिकाकाे वडा नं. ३२ चोर्नीमा कमिटी गठन भएकाे छ । रामनाथ महराकाे अध्यक्षतामा १७ सदस्यीय युवा संघकाे वडा स्तरिय कमिटी गठन भएको युवा संघ पर्साका इन्चार्ज अनल पटेलले जानकारी दिए ।

नवगठित कमिटीकाे उपाध्यक्ष जितेन्द्र मण्डल, सचिव धिरज राम, सदस्यहरू सोभा देवी, संगीता देवी, राजु साह लगायतका चयन भएका छन् ।

युवा संघ नेपालका केन्द्रिय सदस्य समेत रहेका पर्सा जिल्ला ईन्चार्ज अनिल पटेलकाे प्रमुख आतिथ्यतामा भएकाे कमिटी गठन कार्यक्रममा केन्द्रिय सदस्य सञ्जु चौधरी, महानगर अध्यक्ष बीरेन्द्र कण्ठ, उपाध्यक्ष सन्दिप पटेल, सचिव जय शंकर यादव लगायकाले मन्तव्य राखेका थिए भने कार्यक्रमकाे सहजीकरण विशेश्वर पटेल गरेका थिए ।

बिल बिजक नभएको गहुँ लोड रहेकाे ट्याक्टर पक्राउ

0

वीरगंज ।  बिल विजक नभएको गहुँ बोकेको ट्याक्टर प्रहरीले नियन्त्रमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ नगवास्थित सडकखण्डबाट गहुँ लाेड रहेकाे ना ३ त ५७६९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएकाे हाे ।

बाराको परवानीपुर तर्फ जाँदै गरेको अवस्थामा सो ट्याक्टर रोकी जाँच गर्दा चालकसंग लोड रहेको गहुँको Online VCTS विल नरहेको हुँदा नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । Online VCTS विल नरहेको १३० बोरा गहुँ लोड रहेकाे ट्याक्टर र चालक जिल्ला बारा विश्रामपुर गा.पा. वडा नं.३ बस्ने वर्ष २३ को रिकेश पटेललाई नियन्त्रणमा लिईएकाे प्रहरीले जनाएकाे छ । 

गहुँको अन्दाजी मुल्य रू.३ लाख ४३ हजार दुई सय र ट्याक्टरको रु. ५ लाख गरी जम्मा रू.८ लाख ४३ हजार दुई सय बराबरको मुल्यांकन गरी ट्याक्टर र सो ट्याक्टरमा लोड रहेको गहुँ आवश्यक कारवाहीको लागि असाेज २८ गते राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्या पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

प्रहरी उक्ट गहुँ लाेड रहेकाे ट्याक्टर असाेज २७ गते दिउसाे ४ बजे बजे पक्राउ गरेकाे र असाेज २८ गते राजश्व अनुसन्धान कार्यालयमा बुझाएकाे वताएपनि सार्वजनिक चाँही असाेज ३१ गते गरेकाे हाे । 

स्वतन्त्र र निष्पक्ष चुनाव

0

-सलाउदीन अहमद

राजनीतिक वैज्ञानिक रोवर्ट डाहलले स्वतन्त्र र निष्पक्ष चुनावलाई जबरदस्ती अपेक्षाकृत असामान्यको रुपमा परिभाषित गरेका छन् । स्वतन्त्त र निष्पक्ष निर्वाचनमा राजनीतिक स्वतन्त्रता र निष्पक्ष प्रक्रियाहरु समावेश हुन्छन् जसले मतदानमा नेतृत्व गर्दछ, मतदान गर्ने योग्य मतदाताहरुको निष्पक्ष संख्या (नचुनावमा जालसाजी वा मतदाता दमन जस्ता पक्षहरु सहित) र सबै दलहरुद्वारा निर्वाचन परिणामहरु स्वीकार गर्दछ । निर्वाचनले आंशिक रुपमा स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि अन्तराष्ट्रिय मापदण्डहरु पुरा गर्न सक्छ, वा केही मापदण्डहरु पूरा गर्न सक्छ तर अरुलाई होइन् ।

स्वतन्त्र र निष्पक्ष चुनाव बारे यतिबेला मुलुकमा धेरै चर्चा परिचर्चा चलिरहेको छ । तर धेरै मानिसहरु यसबारे अझ प्रष्ट छैनन् । कुनै पनि चुनाव आदर्श हुदैँन । मतदाता, चुनाव अधिकृत तथा राजनीतिज्ञहरु आ–आफ्नो निर्दिष्ट कार्य र जिम्मेवारी बारे प्रष्ट नहुँदा पनि चुनावमा गल्ती हुन सक्छ । कहिले काहीँ केही व्यक्ति अथवा समुहबाट आफ्नो दल वा उम्मेदवारलाई जिताउन जानाजानी चुनाव हुन नदिने वा मतदान प्रक्रियामा अवरोध ल्याउने प्रयास समेत हुन्छ ।

निर्वाचन आयोगदे ९० प्रतिशत निर्वाचन क्षेत्र जनसंख्या तथा १० प्रतिशत भुगोललाई आधार मानेर निर्वाचन क्षेत्र कायम गरि सकेको छ । तर राष्ट्रिय सभाको प्रतिनिधि छनौट गर्दा सातै प्रदेशबाट बराबर प्रतिनिधिको चुनाव गर्दा अहिलेको संविधानमा पनि बढी जनसंख्या भएको प्रदेशसँग प्रतिनिधिको सवालमा विभेद भएको पाइन्छ ।

कुन चुनाव राम्रो र कुन नराम्रो भनी किटान गर्न कठिन हुन्छ । कसै कसैले चुनावी मानकलाई लचिलो बनाइनुपर्छ भनी बहस गर्ने गरेका छन् । तर नेपाल जस्तो शिशु लोकतन्त्रमा कसैले पनि स्वीडेन जस्तो परिपक्क लोकतन्त्रमा हुने चुनाव जस्तो राम्रो चुनाव हुनुपर्छ भन्ने कुराको अपेक्षा गर्नु त्यति युक्ति संगत ठहरिदैँन् ।

स्थापित लोकतन्त्रमा जस्तै नयाँ लोकतन्त्रमा चुनाव सम्पन्न हुन सक्दैन भन्ने यथार्थलाई स्वीकार गरिएता पनि चुनावी प्रक्रियाका केही आधारभुत कुराहरु छन् जसबाट निर्वाचन सफलतापूर्वक सम्पन्न भए / नभएको कुरा इंगित गर्न सम्भव हुन्छ । कुनै पनि चुनाव सफल वा असफल मापन भनेको मतदाताको भावनालाई प्रतिनिधित्व गरेको छ या छैन भन्ने कुरा बुझ्नुपर्ने हुन्छ । तसर्थ, सफल चुनाव कस्तो हुन्छ भन्ने कुरा थाहा भएपछि असफल चुनाव के हो, निर्धारण गर्न सहज हुन्छ ।

निर्वाचनका बखत जनताले आफ्नो चाहना प्रकट गर्न कुनै पनि प्रकारको भयबाट मुक्त हुन जरुरी हुन आउँछ । त्यसको अर्थ कुनै पनि सरकारी निकाय, राजनीतिक दल तथा समुहले कुनै एक राजनीतिक दल तथा समुहले कुनै एक राजनीतिक दल वा उम्मेदवारलाई छनौट गर्न मतदातालाई दबाव दिने काम गर्नु हुँदैन । हिंसा वा हिंसाको धम्कीबाट मतदाताहरुलाई दबाव पार्न सक्छ । हातहतियारबाट जनताको राजनीतिक चयनबाट परिवर्तन आउन सक्ने भएकाले राजनीतिक दलहरुबाट कुनै पनि अवस्थामा हातहतियारको प्रयोग हुनुहुदैन ।

हातहतियारयुक्त कुनै दललाई मतदान नगरेको खण्डमा त्यो हातहतियार आफु वा आफ्नो परिवारमाथि प्रयोग हुन सक्ने भयले मतदाता त्रसित हुनु बाहेक उक्त दल पराजित भए दलसँग भएको हातहतियार सम्पूर्ण देशमा प्रयोग हुन सक्छ भन्ने भयले पनि मतदाताहरुले त्यस्ता दललाई मतदान गर्न सक्छन् । यति हुँदाहुदैँ पनि हातहतियार मात्रै खराब चुनावका कारक तत्व होइनन् । विद्यमान सरकार वा सत्तासीन दलले पनि उपयुक्त ढंगबाट मतदान नगरे जागिर वा विकास परियोजना प्रदान नगर्ने भनी मतदातालाई धम्काउन सक्छन् ।

कुनै दल वा उम्मेदवारले प्रत्येक मतदाता वा सुमदायका नेतालई अनुचित लाभ दिई चुनावलाई राजनीतिक चयनबाट आर्थिक छनौटमा परिवर्तन गर्न सक्छन् । यस अर्थमा धेरै गरिब मुलुकहरुमा मतदाताले तत्कालिन आर्थिक लाभका लागि मतदान गर्ने गरेको तथ्यलाई अचम्म मान्न सकिन्छ ।

स्वतन्त्र चुनावमा राजनीतिक दलहरुले खुला रुपमा चुनाव प्रचार/प्रसार गर्ने क्षमता राख्न सक्नुपर्छ । साना दलहरुको दाँजोमा ठुला दलहरुको भाेट आधार क्षेत्र निश्चितरुपमा बृहत हुने भएता पनि सबै राजनीतिक दलहरुबाट सर्वसाधारणका निम्ति आयोजना गरिने सभा तथा आफ्नो चुनावी प्रचार/प्रसारका निम्ति कानुनी प्रावधान सुनिश्चित हुनुपर्छ । साना दलहरुको पनि सञ्चारमा पहुँच हुुनुपर्छ । हुन त सबै लोकतान्त्रिक व्यवस्थामा सबै ठुला तथा साना राजनीतिक दलहरुलाई निष्पक्षरुपमा रेडियो र टेलिभिजनमा बहस तथा अन्य कार्यक्रमका निम्ति समय र मंच प्रदान गरिनुपर्छ भन्ने कुरा तय गरिएको हुन्छ ।

सबै प्रकारका स्वतन्त्र र निष्पक्ष चुनावलाई राजनीतिक दल तथा चुनाव सम्बन्धी नियमहरुले सहयोग पु¥याउन जरुरी हुन्छ । यस्ता नियमहरुलाई एक सक्षम तथा सके सम्म विल्कुलै निष्पक्ष चुनाव आयोगले कार्यन्वित गर्न आवश्यक हुन्छ । चुनाव सम्पन्न गराउने कर्मचारी उचितरुपमा प्रशिक्षित हुनाका साथै उनीहरुमा सरकार, कुनै दल वा समुहको डर धाक बिना काम गर्न सक्छु भन्ने आत्मविश्वास हुनुपर्छ ।

स्थानिय चुनावमा देखिएको बदर मतले के देखाउँछ, त्यो चुनावमा भाग लिएका मतदाताहरुले गरेको मत औचितहिन छ । त्यस्ता चुनावलाई निष्पक्ष भनन मिल्दैन त्यसैले अबको निर्वाचनलाई स्वतन्त्र र निपक्ष बनाउन मतदाता शिक्षा घर घर सम्म पु¥याउनु पर्दछ ।
एक स्वतन्त्र र निष्पक्ष चुनावमा भाग लिने मतदाताहरु पनि सुसुचित हुन आवश्यक हुन्छ । कसरी मतदान गर्ने तथा किन उनीहरुले कुनै विशेष दल वा उम्मेदवारलाई मतदान गर्न गइरहेका छन् भन्ने ज्ञानको अभावमा जति सुकै राम्रो चुनाव पनि निरर्थक बन्न सक्छ । आफ्नो राजनीतिक चयन व्यक्त गर्न मतदातामा आफ्ना अघि भएका राजनीतिक विकल्पहरुका साथै विभिन्न राजनीतिक दल तथा उम्मेदवारका सबल तथा कमजोर पक्षबारे ज्ञान आवश्यक हुन्छ ।

स्वतन्त्र र निपक्ष चुनावमा देश भित्र तथा देश बाहिर रहेका प्रत्येक नागरिकको मतको गणना हुनु पर्दछ ।

भन्सार छलीकाे औषधी बरामद

0

वीरगंज । भन्सार छली चोरी पैठारी गरी वीरगंज तर्फ ल्याउदै गरेको ५ लाख ८८ हजार बराबरकाे औषधी प्रहरीले बरामद गरेकाे छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खोज तलास गर्ने क्रममा असाेज २८ गते दिउसाे २:३० बजेकाे समयमा वीरगंज महानगरपालिकाकाे वडा नं. १ ईदगाहा चोकस्थित सडकखण्डबाट वेवारिसे अवस्थामा भन्सार छलीकाे औषधी फेला पारेकाे हाे ।

फेला परेकाे औषधी रु.५ लाख ८८ हजार बराबरको EyeVit Gel Capsul रहेकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । साे औषधी आवश्यक कारवाहीको लागि असाेज ३० गते वीरगंज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

स्थानिय तहको क्षमता अभिवृद्धि तालिम सम्पन्न

0

वीरगंज । मधेस प्रदेश शिक्षा समुहको आयोजनामा दुई दिने विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि नेपाल शिक्षा समुह सञ्चालन कार्यविधि २०७९ सम्बन्धी स्थानिय तहको क्षमता अभिवृद्धि तालिम साेमबार बाराकाे सिमरामा सम्पन्न भएकाे छ ।

होटेल श्रेष्ठ रेसिडेन्स सिमरामा भएकाे तालिममा विपद् जोखिम, न्यूनीकरण तथा त्यसको व्यवस्थापनका अवधारणा, नेपालमा शिक्षा र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी नीतिगत र कानुनी व्यवस्था, बृहत विद्यालय सुरक्षा, आपतकालीन शिक्षा र अन्तर्निकाय सञ्चालन, तथा आधारभूत मानवीय मापदण्ड तथा शिक्षा को लागि न्यूनतम मापदण्ड र विपद् प्रतिकार्यका लागि विषयगत समुहहरु र समन्वयको बारेमा छल्फल तथा अन्तरक्रिया गरिएकाे आयाेजक संस्थाका मित्रदेव यादवले जानकारी दिए ।

शिक्षा समुहको संयोजक नरेश साहको अध्यक्षतामा भएकाे तालिम समापन कार्यक्रममा पोखरीया नगारपालिकाका मेयर प्रदुमन चौहान, शिक्षा विकास समन्वय इकाई पर्साका प्रमुख फत बहादुर श्रेष्ठ, एनएसईटीका शुशिल पण्डित लगायतकाले मन्तव्य राखेका थिए ।

तालिममा प्रशिक्षक शुशिल पण्डित, राम माझी, कमल कुमार विश्वकर्माले प्रशिक्षण दिएका थिए ।

ईयुकाे आर्थिक सहयोग तथा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक सहयोग र एनएसईटी नेपालको सहजीकरणमा संचालित स्पोर्टिङ्ग दी रेस्पोन्स टु दी कोभिड 19 क्राइसिस इन दी एजुकेसन सेक्टर कार्यक्रम सञ्चालनमा रहेको स्थानिय तहहरुको सहभागितामा रहेको थियाे ।

विद्यार्थीहरुद्वारा शैक्षिक अवलोकन भ्रमण

0
वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर २ मा रहेकाे श्री सकई साह माध्यमिक विद्यालयकाे कक्षा १० मा अध्ययनरत छात्र/छात्राहरुले ४ दिने शैक्षिक अवलोकन भ्रमण गरेका छन् ।
 
कालिकामाई गाउँपालिकाको आर्थिक सहयाेगमा बिधार्थीहरुले शैक्षिक अवलोकन भ्रमण गरेर साेमबार घर पर्केकाे शिक्षक सोनालाल साह कानुले जानकारी दिए । शिक्षक कानुको अगुवाईमा पोखरा र सिजी टेम्पल भ्रमण गरेर विद्यार्थीहरु घर फर्केका हुन् ।
 
८० जना छात्र/छात्रा र ४ जना शिक्षकहरुको सहभागीता रहेकाे भ्रमण टोलीले बिभिन्न शैक्षिक गतिबिधीहरुलाई अवलोकन गरेपछि बिधार्थीहरुको पढाईमा र बर्तमान शैक्षिक अवस्थामा थप उर्जा मिल्ने शिक्षकहरुले वताएका छन् ।

जिल्ला प्रशासन पर्सामा अख्तियारकाे छापा, घुसकाे रकमसहित कर्मचारी पक्राउ

0
घुसकाे रकमसहित पक्राउ परेका कम्प्युटर अपरेटर यादव र अख्तियारकाे टाेली । तस्बिर : कालिका टाईम्स

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साका एक जना कर्मचारी प्रहरी दिवस कै दिन साेमबार सेवाग्राहीसंग घुस लिएकाे रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय हेटाैंडाकाे टाेलीले जिल्ला प्रशासन कार्यालय पर्साकाे मुद्दा फाँटमा कार्यरत कम्प्युटर अपरेटर संजय प्रसाद यादवलाई पक्राउ गरेकाे हाे ।

राेक्का रहेकाे जग्गा फुकुवा गर्न सहजिकरण गरिदिने भनी सेवाग्राहीसंग लिएकाे नगद रु ५ हजारसहित यादवलाई पक्राउ गरिएकाे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग टंगालका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । 

यादवले सेवाग्राहीसंग घुस माग गरिरहेकाे सूचना एवम् उजरी निवेदनकाे आधारमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग हेटाैंडाका डिएसपी हेम बहादुर केसीकाे नेतृत्वमा खटिएकाे टाेलीले साेमबार दिउसाे जिल्ला प्रशासन कार्यालयमा छापा मारी उनलाई रंगे हात पक्राउ गरेकाे थियाे ।

पक्राउ परेका यादवलाई थप अनुसन्धानकाे लागि टाेलीले अख्तियार दुरुपायाेग अनुसन्धान आयाेगकाे कार्यालय हेटाैंडा लगेकाे छ ।

पक्राउ परेका यादव कालिकामाई गाउँपालिकाकाे वडा नं. १ निवासी हुन् । उनी जिल्ला प्रशासन कार्यालयकाे मुद्दा फाँटमा कारारमा कम्प्युटर अपरेटरकाे काम गर्दै आएका थिए । 

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल प्रहरी दिवसकाे अवसरमा जिल्ला प्रहरी कार्यालय पर्सामा आयाेजित कार्यक्रममा सहभागि भएर कार्यालय फर्केपछि अख्तियारकाे टाेली जिल्ला प्रशासन कार्यालयकाे मुद्दा फाँटमा छापा हानि सकेकाे थियाे । छापामारीकाे क्रममा जिल्ला प्रशासन कार्यालयकाे मुद्दा फाँटका अन्य कागजातहरु समेत अख्तियारकाे टाेलीले अध्ययन तथा अनुसन्धान गरेकाे बुझिएकाे छ ।

जिल्ला प्रशासन कार्यालय पर्साकाे मुद्दा फाँटमा केही समय पहिलादेखि नै विभिन्न मुद्दामा आर्थिक लेनदेनकाे काम हुने गरेकाे गुनासाेहरु थियाे  । नागरिक्ताकाे बिषयमा पनि पर्ने मुद्दामा समेत आर्थिक लेनदेनकाे आधारमा छिनाेफानाे हुने गरेकाे गुनासाेकाे क्रममा अख्तियारद्वार गरिएकाे छापामारीमा सानाे माछा समातिए पनि ठूलाे माछा उम्कन्न सफल भएका छन् ।