Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

बिल बिजक नभएको गहुँ लोड रहेकाे ट्याक्टर पक्राउ

spot_img
spot_img

वीरगंज ।  बिल विजक नभएको गहुँ बोकेको ट्याक्टर प्रहरीले नियन्त्रमा लिएकाे छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएकाे टाेलीले वीरगंज महानगरपालिकाकाे वडा नं.१६ नगवास्थित सडकखण्डबाट गहुँ लाेड रहेकाे ना ३ त ५७६९ नम्बरको ट्याक्टर नियन्त्रणमा लिएकाे हाे ।

बाराको परवानीपुर तर्फ जाँदै गरेको अवस्थामा सो ट्याक्टर रोकी जाँच गर्दा चालकसंग लोड रहेको गहुँको Online VCTS विल नरहेको हुँदा नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । Online VCTS विल नरहेको १३० बोरा गहुँ लोड रहेकाे ट्याक्टर र चालक जिल्ला बारा विश्रामपुर गा.पा. वडा नं.३ बस्ने वर्ष २३ को रिकेश पटेललाई नियन्त्रणमा लिईएकाे प्रहरीले जनाएकाे छ । 

गहुँको अन्दाजी मुल्य रू.३ लाख ४३ हजार दुई सय र ट्याक्टरको रु. ५ लाख गरी जम्मा रू.८ लाख ४३ हजार दुई सय बराबरको मुल्यांकन गरी ट्याक्टर र सो ट्याक्टरमा लोड रहेको गहुँ आवश्यक कारवाहीको लागि असाेज २८ गते राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्या पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

प्रहरी उक्ट गहुँ लाेड रहेकाे ट्याक्टर असाेज २७ गते दिउसाे ४ बजे बजे पक्राउ गरेकाे र असाेज २८ गते राजश्व अनुसन्धान कार्यालयमा बुझाएकाे वताएपनि सार्वजनिक चाँही असाेज ३१ गते गरेकाे हाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...