Date
शुक्र, साउन २९, २०८३
Fri, August 14, 2026

नृसिंह माविमा तत्कालकाे लागि कुनै शुल्क नलिन अन्तरिम आदेश

spot_img
spot_img
वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ मा रहेकाे श्री नृसिंह माद्यमिक विद्यालय पिपरामठ विरुद्ध परेकाे मुद्दामा साेमबार सुनवाई गर्दै उच्च अदालतले अभिभावकबाट कुनै किसिमकाे शुल्क तथा रकम नलिन आदेश दिएकाे छ ।
 
निवेदक कृष्ण कुमार कुर्मी समेतले दिएकाे उत्प्रेषणयुक्त परमादेश मुद्दा उपर उच्च अदालत जनकपुर अस्थायी इलास वीरगंजका न्यायाधीश सीताराम मण्डलकाे एकल इजलाशले विद्यालयमा अध्ययनरत विद्यार्थी तथा अभिभावकहरुबाट तत्कालकाे लागि कुनै शुल्क वा रकम नलिन अन्तरिम आदेश दिएकाे हाे । 
  
विपक्षी यसमा के कसो भएको हो ? निवेदकको निवेदन मांग बमोजिमको आदेश किन जारी हुनुनपर्ने हो  ? आदेश जारी हुनु नपर्ने कुनै आधार कारण भए खुलाई म्याद सूचना प्राप्त भएको मितिले बाटाको म्याद वाहेक १५ दिन भित्र आफै वा आफ्नो कानून बमोजिमको प्रतिनिधि मार्फत लिखित जवाफ लिई यस अदालतमा उपस्थित हुन आउन पनि अदालतले आदेश दिएकाे छ ।
 
अदालतले अन्तरिम आदेशको मांगका सम्बन्धमा विचार गर्दा प्रस्तुत निवेदन श्री नृसिंह माध्यामिक विद्यालयमा अंग्रेजी माध्यममा अध्ययन गर्ने छात्र/छात्राहरुको अध्ययन अध्यापनसँग सम्बन्धित देखिएको हुँदा निवेदक र विपक्षी दुवै पक्षहरु राखी छलफल गरी गराई अन्तरिम आदेश हुने नहुने तर्फ आदेश गर्न उपयुक्त हुने देखिदा अन्तरिम आदेशका सम्बन्धमा छलफलका लागि कात्तिक १६ गते पेशीको तारेख समेत ताेकेकाे छ ।
 
साथै सो छलफल अवधि सम्मको लागि उक्त विद्यालयमा अध्ययन गर्ने विद्यार्थी तथा निजका अभिभावकबाट कुनै शुल्क तथा रकम नलिनु, लिन लगाउनु र यथास्थितिमा राख्नु भनी विपक्षीहरुका नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२(१)(क) बमोजिम अल्पकालिन अन्तरिम आदेश जारी गरीदिएको छ ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

परीक्षामा मोबाइल प्रयोगको विषयलाई लिएर ठाकुरराममा विद्यार्थी समूहबीच कुटाकुट

वीरगंज । ठाकुरराम बहुमुखी क्याम्पस वीरगंजमा परीक्षामा मोबाइल प्रयोग गरेको विषयलाई लिएर बिहिबार विद्यार्थी नेताका दुई समूहबीच विवाद हुँदा कुटाकुट भएको छ । घटनामा...

‘तल्लो तहका प्रहरीको पीडा कसले सुनिदिने ?’ सरुवा–काजप्रति प्रहरी श्रीमान्–श्रीमतीको गुनासाे

वीरगंज । प्रहरी संगठनभित्र तल्लो तहका कर्मचारीहरूले आफूहरूले लामो समयदेखि व्यावहारिक तथा पारिवारिक समस्या भोग्दै आएको गुनासो गरेका छन्। एक प्रहरी अधिकृतले संगठनमा तल्लो...

छिपहरमाईमा रास्वपाको अगुवा कार्यकर्ता भेला, स्थानीय निर्वाचनको तयारीमा जुट्ने निर्णय

वीरगंज । पर्साको छिपहरमाई गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अगुवा कार्यकर्ता भेला तथा चुनावी छलफल कार्यक्रम सम्पन्न भएको छ । रास्वपा छिपहरमाई गाउँपालिका समितिको...