Date
सोम, अशोज ५, २०८३
Mon, September 21, 2026

जिल्ला प्रशासन पर्सामा अख्तियारकाे छापा, घुसकाे रकमसहित कर्मचारी पक्राउ

spot_img
spot_img

वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साका एक जना कर्मचारी प्रहरी दिवस कै दिन साेमबार सेवाग्राहीसंग घुस लिएकाे रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगकाे कार्यालय हेटाैंडाकाे टाेलीले जिल्ला प्रशासन कार्यालय पर्साकाे मुद्दा फाँटमा कार्यरत कम्प्युटर अपरेटर संजय प्रसाद यादवलाई पक्राउ गरेकाे हाे ।

राेक्का रहेकाे जग्गा फुकुवा गर्न सहजिकरण गरिदिने भनी सेवाग्राहीसंग लिएकाे नगद रु ५ हजारसहित यादवलाई पक्राउ गरिएकाे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग टंगालका प्रवक्ता श्याम प्रसाद भण्डारीले जानकारी दिए । 

यादवले सेवाग्राहीसंग घुस माग गरिरहेकाे सूचना एवम् उजरी निवेदनकाे आधारमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग हेटाैंडाका डिएसपी हेम बहादुर केसीकाे नेतृत्वमा खटिएकाे टाेलीले साेमबार दिउसाे जिल्ला प्रशासन कार्यालयमा छापा मारी उनलाई रंगे हात पक्राउ गरेकाे थियाे ।

पक्राउ परेका यादवलाई थप अनुसन्धानकाे लागि टाेलीले अख्तियार दुरुपायाेग अनुसन्धान आयाेगकाे कार्यालय हेटाैंडा लगेकाे छ ।

पक्राउ परेका यादव कालिकामाई गाउँपालिकाकाे वडा नं. १ निवासी हुन् । उनी जिल्ला प्रशासन कार्यालयकाे मुद्दा फाँटमा कारारमा कम्प्युटर अपरेटरकाे काम गर्दै आएका थिए । 

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल प्रहरी दिवसकाे अवसरमा जिल्ला प्रहरी कार्यालय पर्सामा आयाेजित कार्यक्रममा सहभागि भएर कार्यालय फर्केपछि अख्तियारकाे टाेली जिल्ला प्रशासन कार्यालयकाे मुद्दा फाँटमा छापा हानि सकेकाे थियाे । छापामारीकाे क्रममा जिल्ला प्रशासन कार्यालयकाे मुद्दा फाँटका अन्य कागजातहरु समेत अख्तियारकाे टाेलीले अध्ययन तथा अनुसन्धान गरेकाे बुझिएकाे छ ।

जिल्ला प्रशासन कार्यालय पर्साकाे मुद्दा फाँटमा केही समय पहिलादेखि नै विभिन्न मुद्दामा आर्थिक लेनदेनकाे काम हुने गरेकाे गुनासाेहरु थियाे  । नागरिक्ताकाे बिषयमा पनि पर्ने मुद्दामा समेत आर्थिक लेनदेनकाे आधारमा छिनाेफानाे हुने गरेकाे गुनासाेकाे क्रममा अख्तियारद्वार गरिएकाे छापामारीमा सानाे माछा समातिए पनि ठूलाे माछा उम्कन्न सफल भएका छन् ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

तेरापन्थ युवक परिषद्को रक्तदान अभियान, ६५ जनाले गरे रक्तदान

वीरगंज । बिरामीको उपचारमा आवश्यक पर्ने रगतको अभाव कम गर्ने तथा सामाजिक सेवामा योगदान पुर्‍याउने उद्देश्यले तेरापन्थ युवक परिषद् वीरगंज–नेपालले आइतबार एकै दिन दुई...

आर्थिक कारोबारमा प्रश्न उठेपछि आदर्श विद्युत उपभोक्ता समितिको साधारणसभा स्थगित

सेढवा । पर्साको जिराभवानी गाउँपालिकास्थित आदर्श विद्युत उपभोक्ता समिति, सेढवाको साधारणसभा विवादका कारण स्थगित भएको छ । जिराभवानी मन्दिरको प्राङ्गणमा आइतबार आयोजित साधारणसभामा विगतको...

सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते यादवको शरीरबाट गोली निकालियो

सुनसरी । सुनसरीको देवानगन्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ । देवानगन्ज गाउँपालिका–१ मध्यहर्षाहीस्थित बीपी चोकमा शनिबार...