Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

प्रदेशसभा पर्सा १ काे २ मा ४ उम्मेदवार बिच राेचक प्रतिस्पर्धा

spot_img
spot_img

वीरगंज । प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं. १ काे २ मा २० जना उम्मेदवार रहेपनि चार जना बिच कडा प्रतिस्पर्धा देखिएकाे छ । यस क्षेत्रमा प्रदेशसभा सदस्यकाे लागि विभिन्न दलबाट ८ जना र स्वतन्त्र १२ जना गरी २० जना उम्मेदवार छन् । जस मध्ये गठबन्धनका दुई उम्मेदवार र एक स्वतन्त्रसहित अन्य दुई उम्मेदवार बिच प्रतिस्पर्धा हुने स्थानिय मतदाताहरुले वताएका छन् ।

यस क्षेत्रबाट प्रदेशसभा सदस्यकाे लागि एमाले-जसपा गठबन्धनबाट मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत उम्मेदवार छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लाेकतान्त्रिक समाजवादी पार्टीसहितकाे पांच दलिय सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामनारायण कुर्मी उम्मेदवार छन् । 

त्यसैगरी, हाम्राे नेपाल पार्टीबाट ओमप्रकाश सर्राफ, जनता प्रगतिशिल पार्टीबाट अंकुश पटेल, नेपाल सुशासन पार्टीबाट मनाैवर हुसेन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनय प्रसाद झा, जनम पार्टीबाट शिव प्रसाद यादवर र नेपाल लाेकतान्त्रिक पार्टीबाट हरिन्द्र प्रसाद कुर्मी उम्मेदवार छन् ।

त्यसैगरी, स्वतन्त्रबाट आफताब अहमद, कासिम मियाँ धाेबी, जुनैद हवारी, पुन्देश्वर प्रसाद यादव, मुकेश साह साेनार, राकेश कुमार दुबे, रामरुप प्रसाद साह, राेगिन्द्र ठाकुर हजाम, विशाल कुमार, शशिकपुर मियाँ, श्याम प्रसाद गुप्ता र सन्ताेष कुमार श्रेष्ठ उम्मेदवार छन् ।

जस मध्ये जसपाका उम्मेदवार मुख्यमन्त्री लालबाबु राउत, कांग्रेसका रामनारायण कुर्मी, हाम्राे नेपाल पार्टीका ओमप्रकाश सर्राफ र स्वतन्त्र उम्मेदवार शशिकपुर मियाँ बिच कडा र राेचक प्रतिस्पर्धा देखिएकाे हाे ।

उम्मेदवार राउत जसपाका कार्यकारणी समिति सदस्य हुन् । वीरगंज महानगरपालिकाकाे वडा नं. १३, तेजारथ टाेल निवासी उम्मेदवार राउत यस अघिकाे निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भई मुख्यमन्त्री बनेका हुन् ।

अर्का गठबन्धनका उम्मेदवार कुर्मी कांग्रेस पर्साका जिल्ला उपसभापति हुन् । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ ठुलाे पिपरा निवासी कुर्मी यस अघिकाे निर्वाचनमा प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं. १ काे (१) चुनाव लडेपनि पराजित भएका थिए । 

अर्का प्रतिस्पर्धी उम्मेदवार सर्राफ लाेसपाकाे वीरगंज महानगर अध्यक्ष हुन् । वीरगंज महानगरपालिकाकाे वडा नं. १६ नगवा निवासी सर्राफलाई लाेसपाले टिकट नदिएपछि हाम्राे नेपाल पार्टीबाट उम्मेदवार भएका हुन् । समाजिक कार्य समेत सक्रिय रहने सर्राफ यस अघिकाे निर्वाचनमा यसै क्षेत्रबाट प्रदेशसभा सदस्यमा स्वतन्त्र चुनाव लडेका थिए ।

उम्मेदवार मियाँ लाेसपाका केन्द्रिय सदस्य हुन् । वीरगंज महानगरपालिकाकाे वडा नं. १३ मूर्ली निवासी मियाँलाई पनि लाेसपाले टिकट नदिएपछि स्वतन्त्र चुनाव लडेका हुन् । मियाँ मधेशी दलका पुराना नेता हुन् । उनी मधेश मुद्दाका वकालत गर्ने पुराना नेता भएपनि अवसर नपाएका कारण पछाडी परेकाे वताइन्छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...