Date
सोम, कार्तिक १०, २०८३
Mon, October 26, 2026

प्रदेशसभा पर्सा १ काे २ मा ४ उम्मेदवार बिच राेचक प्रतिस्पर्धा

spot_img
spot_img

वीरगंज । प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं. १ काे २ मा २० जना उम्मेदवार रहेपनि चार जना बिच कडा प्रतिस्पर्धा देखिएकाे छ । यस क्षेत्रमा प्रदेशसभा सदस्यकाे लागि विभिन्न दलबाट ८ जना र स्वतन्त्र १२ जना गरी २० जना उम्मेदवार छन् । जस मध्ये गठबन्धनका दुई उम्मेदवार र एक स्वतन्त्रसहित अन्य दुई उम्मेदवार बिच प्रतिस्पर्धा हुने स्थानिय मतदाताहरुले वताएका छन् ।

यस क्षेत्रबाट प्रदेशसभा सदस्यकाे लागि एमाले-जसपा गठबन्धनबाट मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत उम्मेदवार छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), लाेकतान्त्रिक समाजवादी पार्टीसहितकाे पांच दलिय सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका रामनारायण कुर्मी उम्मेदवार छन् । 

त्यसैगरी, हाम्राे नेपाल पार्टीबाट ओमप्रकाश सर्राफ, जनता प्रगतिशिल पार्टीबाट अंकुश पटेल, नेपाल सुशासन पार्टीबाट मनाैवर हुसेन, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनय प्रसाद झा, जनम पार्टीबाट शिव प्रसाद यादवर र नेपाल लाेकतान्त्रिक पार्टीबाट हरिन्द्र प्रसाद कुर्मी उम्मेदवार छन् ।

त्यसैगरी, स्वतन्त्रबाट आफताब अहमद, कासिम मियाँ धाेबी, जुनैद हवारी, पुन्देश्वर प्रसाद यादव, मुकेश साह साेनार, राकेश कुमार दुबे, रामरुप प्रसाद साह, राेगिन्द्र ठाकुर हजाम, विशाल कुमार, शशिकपुर मियाँ, श्याम प्रसाद गुप्ता र सन्ताेष कुमार श्रेष्ठ उम्मेदवार छन् ।

जस मध्ये जसपाका उम्मेदवार मुख्यमन्त्री लालबाबु राउत, कांग्रेसका रामनारायण कुर्मी, हाम्राे नेपाल पार्टीका ओमप्रकाश सर्राफ र स्वतन्त्र उम्मेदवार शशिकपुर मियाँ बिच कडा र राेचक प्रतिस्पर्धा देखिएकाे हाे ।

उम्मेदवार राउत जसपाका कार्यकारणी समिति सदस्य हुन् । वीरगंज महानगरपालिकाकाे वडा नं. १३, तेजारथ टाेल निवासी उम्मेदवार राउत यस अघिकाे निर्वाचनमा पनि यसै क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भई मुख्यमन्त्री बनेका हुन् ।

अर्का गठबन्धनका उम्मेदवार कुर्मी कांग्रेस पर्साका जिल्ला उपसभापति हुन् । वीरगंज महानगरपालिकाकाे वडा नं. १४ ठुलाे पिपरा निवासी कुर्मी यस अघिकाे निर्वाचनमा प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं. १ काे (१) चुनाव लडेपनि पराजित भएका थिए । 

अर्का प्रतिस्पर्धी उम्मेदवार सर्राफ लाेसपाकाे वीरगंज महानगर अध्यक्ष हुन् । वीरगंज महानगरपालिकाकाे वडा नं. १६ नगवा निवासी सर्राफलाई लाेसपाले टिकट नदिएपछि हाम्राे नेपाल पार्टीबाट उम्मेदवार भएका हुन् । समाजिक कार्य समेत सक्रिय रहने सर्राफ यस अघिकाे निर्वाचनमा यसै क्षेत्रबाट प्रदेशसभा सदस्यमा स्वतन्त्र चुनाव लडेका थिए ।

उम्मेदवार मियाँ लाेसपाका केन्द्रिय सदस्य हुन् । वीरगंज महानगरपालिकाकाे वडा नं. १३ मूर्ली निवासी मियाँलाई पनि लाेसपाले टिकट नदिएपछि स्वतन्त्र चुनाव लडेका हुन् । मियाँ मधेशी दलका पुराना नेता हुन् । उनी मधेश मुद्दाका वकालत गर्ने पुराना नेता भएपनि अवसर नपाएका कारण पछाडी परेकाे वताइन्छ । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...