Date
सोम, अशोज २६, २०८३
Mon, October 12, 2026

स्थानिय तहको क्षमता अभिवृद्धि तालिम सम्पन्न

spot_img
spot_img

वीरगंज । मधेस प्रदेश शिक्षा समुहको आयोजनामा दुई दिने विपद् पूर्व तयारी तथा प्रतिकार्यका लागि नेपाल शिक्षा समुह सञ्चालन कार्यविधि २०७९ सम्बन्धी स्थानिय तहको क्षमता अभिवृद्धि तालिम साेमबार बाराकाे सिमरामा सम्पन्न भएकाे छ ।

होटेल श्रेष्ठ रेसिडेन्स सिमरामा भएकाे तालिममा विपद् जोखिम, न्यूनीकरण तथा त्यसको व्यवस्थापनका अवधारणा, नेपालमा शिक्षा र विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी नीतिगत र कानुनी व्यवस्था, बृहत विद्यालय सुरक्षा, आपतकालीन शिक्षा र अन्तर्निकाय सञ्चालन, तथा आधारभूत मानवीय मापदण्ड तथा शिक्षा को लागि न्यूनतम मापदण्ड र विपद् प्रतिकार्यका लागि विषयगत समुहहरु र समन्वयको बारेमा छल्फल तथा अन्तरक्रिया गरिएकाे आयाेजक संस्थाका मित्रदेव यादवले जानकारी दिए ।

शिक्षा समुहको संयोजक नरेश साहको अध्यक्षतामा भएकाे तालिम समापन कार्यक्रममा पोखरीया नगारपालिकाका मेयर प्रदुमन चौहान, शिक्षा विकास समन्वय इकाई पर्साका प्रमुख फत बहादुर श्रेष्ठ, एनएसईटीका शुशिल पण्डित लगायतकाले मन्तव्य राखेका थिए ।

तालिममा प्रशिक्षक शुशिल पण्डित, राम माझी, कमल कुमार विश्वकर्माले प्रशिक्षण दिएका थिए ।

ईयुकाे आर्थिक सहयोग तथा नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको प्राविधिक सहयोग र एनएसईटी नेपालको सहजीकरणमा संचालित स्पोर्टिङ्ग दी रेस्पोन्स टु दी कोभिड 19 क्राइसिस इन दी एजुकेसन सेक्टर कार्यक्रम सञ्चालनमा रहेको स्थानिय तहहरुको सहभागितामा रहेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सामाजिक सञ्जालमा खुकुरी देखाएर त्रास फैलाएको आरोपमा युवक पक्राउ

धनुषा। सामाजिक सञ्जाल फेसबुकमा धारिलो हतियार खुकुरी प्रदर्शन गर्दै त्रास फैलाउने खालको आपत्तिजनक तस्बिर पोस्ट गरेको आरोपमा धनुषामा एक युवक पक्राउ परेका छन्। प्राप्त विवरणअनुसार,...

वीरगञ्जको प्रसिद्ध गहवामाई मन्दिरमा दोस्रो दिन पनि भक्तजनको घुइँचो, शुल्क तिरेर VIP गेटबाट प्रवेश गर्नेको आकर्षण

वीरगञ्ज । वीरगञ्जस्थित प्रसिद्ध गहवामाई मन्दिरमा आज दोस्रो दिन पनि दर्शनार्थी भक्तजनको ठूलो घुइँचो देखिएको छ। मन्दिरमा पूजा–आराधना तथा दर्शनका लागि पुगेका भक्तजनको भीड...

श्रमिकको मृत्युको अनुसन्धान सुरु

महोत्तरी । कार्यरत कम्पनीमा काम गर्दागर्दै अचानक ढलेर मृत्यु भएका एक श्रमिकबारे प्रहरीले अनुसन्धान थालेको छ । बर्दिबास–१४ बर्दिबास–औरही–जलेश्वर सडकस्थित कमल लाङ्घाली इन्जिनियरिङ वर्कसपमा कार्यरत...