Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026
Home Blog Page 606

टिफरकाे ठक्करबाट विधुतको तार चुडिदा एक जनाकाे मृत्यु

0
deathbody_kalikatimes

वीरगंज । टिफर ब्याक गर्ने क्रममा विधुतको तार चुडिदा करेन्ट लागेर वीरगंजमा एक जनाकाे मृत्यु भएकाे छ । पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ४ बहुअरी पिडारी निवासी ४५ बर्षिय नागेन्द्र प्रसाद यादवकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार साेमबार विहान १० बजे वीरगंज महानगरपालिकाकाे वडा नं. २२ ड्राईपोट्र परवानिपुर सडकखण्डस्थित जगरनाथपुर क्वालिटी धर्मकाटा छेउमा ना ८ ख ३८४९ नम्बको टिफरले माटो खसाली ब्याक गर्ने क्रममा विधुतको तार चुडिदा नागेन्द्र र वीरगंज महानगरपालिकाकाे वडा नं. ३२ चोर्नी निवासी वर्ष १९ को सिकेन्द्र प्रसाद यादव  घाइते भएका थिए । 

ड्राईपोट्रबाट परवानिपुर तर्फ जादैँ गरेको ना ४६ प ५५४२ नम्बरको मोटरसाइकलमा सवार घाईते दुबै जनालाई नारायणी अस्पताल वीरगंजमा ल्याउने क्रममा घाईते मध्येका यादवको बाटोमा नै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । अर्का घाइते सिकेन्द्रकाे अवस्था समान्य रहेकाे अस्पतालले जनाएकाे छ ।

उक्त टिफर चालक फरार रहेकोले खोजतलास भईरहेको र मृतककाे  लासजाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरी थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए । 

मतदाताको स्नेह र आशिर्वादले थप उत्साहित छु : प्रदीप यादव

0

वीरगंज । असन् मंसिर ४ हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा पर्सा क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनका प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव प्रति मतदाताहरुको आकर्षण बढ्दै गएको छ ।

चुनावी घरदैलोका क्रममा क्षेत्रका हरेक वडामा पुग्दा यादवको समर्थनमा मतदाताहरुले समर्थन गर्दै स्वागत गरिरहेका छन् । विगतको पाँच वर्षको कार्यकालमा पर्साका चार वटै क्षेत्र मध्ये पर्सा १ मा सांसदका रुपमा यादवले सबै भन्दा बढि र नमूना कामहरु गरेको भन्दै मतदाताहरुले यसपालि फेरि आफुहरुको रोजाइ यादव नै भएको बताइरहेका छन् ।

यसै क्रममा वीरगंज महानगरपालिकाकाे वडा नम्बर १४ पिपराटोलमा पनि सोमबार बिहान गठबन्धनबाट एमालेका प्रदेशसभा सदस्य उम्मेदवार विचारी प्रसाद यादवका साथ पुगेका प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवलाई मतदाताले समर्थन गर्दै स्वागत गरेका छन् । उनिहरुले पर्सा-१ मा यादवको सामु कुनै पनि उम्मेदवार प्रतिस्पर्धामै नरहेको भन्दै जित सुनिश्चित रहेको जिकिर पनि गरे ।

पिपराटोलमा मतदाताको स्वागत र समर्थन पाएपछि पूर्व मन्त्रीसमेत रहेका यादवले मतदातालाई कृतज्ञता प्रकट गर्दै यो जोश र उत्साह मंसिर ४ गतेसम्मै राख्न आग्रह गरे । मतदातासँग उनले भने, ‘संघीयता, सुशासन र विकासको पक्षधर जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गरेर जिताउनुस्, तपाईको दुखसुखमा म सधै साथमै रहनेछु, अधुरा विकास निर्माणका काम पुरा गर्छु ।’

पर्सा जिल्लालाई झन् विकसित, समृद्धि र सुशुसित बनाउने अभियानमा मतदाताहरुबाट पाएको स्नेह र आशिर्वादले थप उत्साहित बनाएको भन्दै यादवले मतदातालाई थपे, ‘तपाईहरुबाट प्राप्त सल्लाह र सुझावले हामीलाई थप उर्जाशील र सशक्त बनाएको महसूस गरेको छु, तपाइहरुको यो अगाध माया र भरोसामा फेरि पनि खरो उत्रिनेछु ।’

यसैबीच यादवले वीरगंज महानगरपालिका वडा नम्बर ८ मा जेष्ठ नागरिकलाई सम्मानित पनि गरेका छन् । त्यहाँ आयोजित एक कार्यक्रमका विच यादवले दुई दर्जनभन्दा बढी जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।

जेष्ठ नागरिकलाई सम्मान गर्दै यादवले भने, ‘जेष्ठ नागरिक हाम्रो समाजका ज्ञान, सिप र अनुभव संगालेका पिल्लर हुनुहुन्छ । उहाँहरु हाम्रो पुस्ताका लागि अभिभावक मात्र हुनुहुन मार्गदर्शक पनि हुनुहुन्छ । समाजमा उहाँहरुले पुर्‍याउनु भएको योगदान अतुलनीय छ । उहाँहरुको सम्मान हाम्रो कर्तव्य र दाइत्व हो ।’

त्यस्तै पिपरामा स्थानीय नेता रमेश पटेलको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरेर एक दर्जनभन्दा पनि बढी नेताहरुले जसपा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई यादवले पार्टीमा स्वागत गरेका थिए । पार्टी प्रवेश गर्नेहरुमा विरेन्द्र पटेल, गोपी साह, गम्हिरा साह, सुरज कुमार हजाम लगायत रहेका छन् ।

पर्सामा जसपा–एमाले गठबन्धनलाई जिताउन संयुक्त महिला परिचालन समिति गठन

0

वीरगंज । पर्सामा जसपा–एमाले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भन्दै दुवै दलका महिला संगठनहरुको संयुक्त महिला परिचालन समिति गठन गरिएको छ ।

वीरगञ्जमा आइतबार आयोजित जसपा निकटको समाजवादी महिला संघ नेपाल र एमाले निकट अखिल नेपाल महिला संगठनको संयुक्त भेलाले १५ सदस्यिय संयुक्त महिला परिचालन समिति गठन गरेको हो ।

समितिको संयोजक समाजवादी महिला संघ नेपालकी मधेस प्रदेश उपाध्यक्ष पिंकी यादव रहेकी छन् भने सदस्यहरुमा अखलि नेपाल महिला संग्ठनकी वीरगन्ज इन्चार्ज मुना दाहाल , समाजवादी महिला संघकी पिंकी सिंह, अन्नापूर्णा मानन्धर सिंह, मिथिला खतिवडा, सुगान्धी यादव, पबित्रा पोखरेल, अलका प्रधान, गिता यादव, विन्दु श्रेष्ठ, सन्जु दाहाल, जमिला खातुन, मन्जु परियार, सुनिता साह र प्रेरणा श्रेष्ठ रहेका छन् ।

दुवै दलका महिला संगठनको भेलाले जसपा–एमाले गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव, १ को (क) का प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादव, १ को (ख) का उम्मेदवार लालबाबु राउत, पर्सा २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार सुरेन्द्र कुर्मी, २ को (क) का प्रदेशसभा सदस्य उम्मेदवार रामनरेश यादव र २ को (ख) का उम्मेदवार हरेराम पटेललाई जिताउनका लागि संयुक्त महिला परिचालन समिति गठन गरिएको समितिकी संयोजक यादवले जानकारी दिइन् ।

वीरगंजबाट चाेरीकाे स्कुटीसहित ३ जना पक्राउ

0

वीरगंज । पर्सा प्रहरीले माेटरसाइकल चाेरीकाे अभियाेगमा ३ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं. ११ श्रीपुर निवासी २८ बर्षिय कृष्ण क्षेत्री, ३२ बर्षिय देदिव्य सिंह र २३ बर्षिय आकाश चाैरसियालाई पक्राउ गरेकाे हाे ।

काित्तिक १३ गते विहान १०:०० बजे वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुर बस्ने प्रमोद कुमार कुर्मीको प्रदेश २-०३-०१५ प ९६१३ नम्बरको निलो कालो रंगको यामाहा कम्पनिको स्कुटर (मो.सा.) घर अगाडि पार्किङ गरी राखिएको अवस्थाबाट लक तोडी चोरी भएको थियाे ।

प्रहरीलाई जानकारी प्राप्त हुनासाथ खोजतलास तथा अनुसन्धान गर्ने क्रममा वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको अनुसन्धान अधिकृतको टोलीले तीनै जना नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

पक्राउ परेका क्षेत्रीले दिएकाे सूचना अनुसार सिंह र चौरसिया मिली चोरी गरी जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १० थानीचोक भिमकुना वडा एरियामा लुकाइ छिपाई राखेको थाहा भएपछि टोलीले तीनै जना कसुरदारहरुलाई कात्तिक १७ गते पक्राउ गरी स्कुटर समेत बरामद गरी थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

आफु निर्वाचित भए सुबिधा सम्पन्न कृषी बजार निर्माण गर्छु : सर्राफ

0

वीरगंज । पर्सा क्षेत्र नम्बर १ को (२) का छडी छापका उम्मेदवार ओमप्रकाश सर्राफले आफनो निर्वाचन क्षेत्र वीरगंज १६ नगवाको घुसुसपुरमा घरदैलो तथा सभा सम्मन्न गरेका छन् । घुसुकपुर टोलका युवाहरुले स्वस्फुर्तले आयोजना गरेको सभालाई सम्बोधन गर्दै नगवाको चौतर्फी विकासको लागि आफू प्रतिबद्ध रहेको बताए ।

उनले भने, म एउटा नेता मात्र होईन, समाजिक क्षेत्रमा काम गर्ने समाजसेवी पनि हु, चुनाव लड्नु अघि पनि आफू २४ औं घण्टा जनता बिच रहेर समाज सेवाको योगदान पु¥याउँदै आएको छु । एकपल्ट आफूलाई विजय गराएर देखाउँनुस् वडाको विकासमा ठूलो परिर्वतन ल्याउँने छु ।

उनले विगत १२ बर्षदेखि नगवामा शिलान्यास गरेर छाडिएको कृषि बजारलाई आफू निर्वाचित भए सुबिधा सम्पन्न कृषी बजार निर्माण सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए । भ्रष्टचारीहरुले विगत पाँच बर्षदेखि नगवामा आफनो कार्यकर्तालाई पाल्ने बाहेक कुनै काम नगरेको आरोप समेत उनले लगाए ।

मुख्यमन्त्री लालबाबु राउत गद्दी प्रति कटाक्ष मार्दै उनले भने, नगवाम निर्माण भएको सडकको अवधि २ बर्षपनि टिक्दैन, आफनै निर्वाचन क्षेत्र रहेका कारणले भ्रष्टाचारी नेताले आफनो कार्यकर्तालाई पाल्नको लागि योजना मात्र ल्याएका थिए, जसअनुसार उनीहरुले विभिन्न योजना गुणस्तरहित काम गरेर भ्रम लुट मचाएका छन ।

रास्ट्र निर्माणको अभियान, लौरो (छडी) छापमा मतदान भन्ने नाराका साथ चुनावी मैदानमा उत्रेका प्रदेशसभा सदस्यका उम्मेदवार सर्राफले आफू निर्वाचित भएपछि पूर्वाधार निर्माण संगै स्वास्थ्य, शिक्षामा बढी काम गर्ने योजना बनाएको बताए ।

अहिले पर्सा जिल्ला स्वास्थ्य र शिक्षा क्षेत्रमा धेरै पिछिडिएको छ । शिक्षा बिना विकास, स्वास्थ्य विना मानिव बाँच्न नसक्ने भएकोले पहिलो प्राथमिकता नै शिक्षा र स्वास्थ्य सुधार रहेको उनले बताए ।

काठमाण्डौंका जनताले जसरी बालेन शाहलाई निस्वार्थ भावले चुनेर मेयर बनाए । त्यसरी नै यहाँका जनताले पनि निस्वार्थ रुपमा निश्पक्ष छवि र भ्रष्टचार विरुद्ध अभियान चलाउँने, समाज सेवामा योगदान पु¥याउँने युवालाई नै अगाडी सारे मात्र बालेन शाह जस्तो निस्वार्थ विकास निर्माणको कार्यलाई गतिदिन सक्ने बताए ।

सभामा लाैराे छाप कै समानुपाति तर्फबाट उम्मेदवार गुड्डी जोशी, इन्जिनियर गजेन्द्र दास, इन्जिनियर बिनोद साह लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा स्थानियले भ्रष्टाचार मुक्त प्रदेश र समाज निर्माणको लागि अहिले परिवर्तनको खाँचो रहेकोले आफूहरु पनि निस्वार्थ रुपमै आफूहरु मतदान गर्न प्रतिबद्ध रहेको स्थानिय बुद्धिजीवी जयमंगल साहले बताए । 

७ औं हप्ता पनि निशुल्क खाना वितरण

0

परवानीपुर । द साझा फाउन्डेसन र राइनो यूवा क्लबले शनिबार नारायणी अस्पताल वीरगंजमा ७ औं हप्ता पनि निशुल्क खाना वितरण गरेकाे छ । एक कार्यक्रमका बिच १३० जना अस्पतालमा रहेका विरामीका कुरुवालाई निःशुल्क खाना वितरण गरेकाे हाे ।

खाना वितरणका लागी आर्थिक रुपमा वीरगंज घडिअर्वा निवासी विजय कुमार र बाराकाे प्रसौनी निवासी श्रीराम साहको विशेष सहयोगमा खाना वितरण गरिएको संस्थाका सचिव संदिप साहले जानकारी दिए ।

सो अवसरमा संस्थाका वरिष्ठ सल्लाहकार दिलिप कुमार सिंह, कोषाध्यक्ष सौरभ पटेल, नितेश पटेल, श्याम गुप्ता, शुभाङकर ठाकुर, आवाज एफ.एमका संम्बादता बिवेक कुमार पटेल लगायतको उपस्थिति रहेको थियो ।

द साझा फाउन्डेसनले हप्तामा २ दिन बुधबार र शनिबार निःशुल्क रुपमा खाना बितरण गर्दै आएको छ ।

कृषि औजार सरसफाईमा सानाे दिपकाे पनि सहयाेग

0

वीरगंज । पर्साकाे सदरमुकाम वीरगंजमा रहेकाे कृषि औजार कारखानामा सशस्त्र प्रहरीकाे सहकार्यमा सानाे दिपले सरसफाई गरेकाे छ । 

लामो समय देखि बन्द रहेको कृषि कारखाना सरकारले राष्ट्रिय अविष्कार केन्द्र मार्फत संचालनमा ल्याउने भएपछि कारखाना सरसफाईमा वीरगंजका विभिन्न संघ/संस्थ सहयाेग गरिरहेका छन् । साेही क्रममा शनिबार सानाे दिप नाम संस्थाले पनि कारखाना सरसफाईमा सहयाेग गरेकाे हाे । 

सानो दीपका अध्यक्ष कृष कुर्मीकाे अध्यक्षता र नेवि संघ पर्साका अध्यक्ष ईन्जिनियर रमेश यादवकाे प्रमुख आतिथ्यतामा भएकाे सरसफाई कार्यक्रममा जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साका अध्यक्ष अर्जुन साह, कोषाध्यक्ष बिबेक पटेल, सदस्य आलोक कुमार ,विशाल कुमार, पुष्प कुमार, पुनम मिश्र, प्रियंश कुमार, दिव्यन्शु  कुमार,उज्ज्वल कुमार लगायतकाे उपस्थिति रहेको थियाे ।

३६ औं जुनियर /युवा रेडक्रस गोष्ठि समपन्न

0

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाकाे  श्री दिपनारयन आदर्श मा.बि.औराहा पाँचगवामा ३६ औं जुनियर /युवा रेडक्रस गोष्ठि समपन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा एवं नेपाल जुनियर युवा रेडक्रस सर्कल समितिको आयोजनामा शुक्रबार सुरु भएकाे गाेष्ठि शनिबार सम्पन्न भएकाे हाे ।

गोष्ठिमा जुनियर/युवाको काम, कर्तव्य ,बैधानिक दायित्व, रेडक्रस अभियान, प्राथमिक उपचार, सरसफाइ, कोभिड -१९, रक्तदान, डेंगु रोग बारे प्रशिक्षण दिई जनचेतना फैलाउने कार्य गरिएको पर्सा रेडक्रसका बिरशम्सेर प्रसाद कुर्मीले जानकारी दिए ।

जुनियर युवा सर्कल समितिका संयोजक बिनोद गिरिको अध्यक्षता र सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख यशवन्त यादवकाे प्रमुख आतिथ्यतामा भएकाे भएकाे गाेष्ठिमा रेडक्रस पर्साका सभापति बिरेन्द्र राज कंडेल, प्रधानाध्यापक शिव नाथ महतो, रेडक्रसका पदाधिकारी, जुनियर/युवा सर्कल समितिका सदस्यहरुकाे उपस्तिथि रहेको थियो । 

गोष्ठिमा ६२ बिद्यालयका १५० जना छात्र/छात्रा तथा ६२ शिक्षक नायकहरुको सहभागिता रहेको रेडक्रस पर्साका राजन श्रीवास्तवले बताए ।

प्रदेशसभा सदस्यका उम्मेदवार कलवारकाे जनसमर्थन बढ्दै

0

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ३ हरिहरपुर बिर्तामा शनिबार जनता समाजवादी पार्टी (जसपा) नेपालकाे बृहत पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ ।

जसपाकाे कालिकामाई गाउँपालिका अध्यक्ष दिनेश साह कलवारको अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल शुशासन पार्टीबाट वडा नम्बर ३ हरिहरपुरकाकाे वडाध्यक्षमा चुनाव लडेका दिनेश पटेलकाे नेतृत्वमा ३ सय जनाले पार्टी प्रबेश गरेका हुन् ।

यसैगरी, नेकपा एकीकृत समाजवादीका कालिकामाई गाउँपालिका सचिव पान्नालाल साह तेलीको नेतृत्वमा दुई दर्जन भन्दा बढी जसपा प्रबेश गरेकाे जसपाका स्थानिय नेता ताजिन्द्र साह कलवारले वताए ।

यसैगरी कालिकामाई गाउँपालिका वडा नम्बर २ गदियानी निवासी मिथलेश तिवारीको अगुवाईमा एक दर्जन भन्दा बढी ब्यक्तिहरु जसपा प्रबेश गरेकाे कलवारले जानकारी दिए ।

जसपा प्रबेश गर्नेहरुमा गदियानी निवासी बिरेन्द्र साह तेली, हजारी साह तेली, सुरेश साह तेली, नागिन्द्र साह तेली लगायत दर्जनौ रहेका छन । यता छिपहरमाई गाउँपालिकाबाट लालबाबु साह, धुरेन्दर साह र चोकट साह लगायतकाले पनि जसपा प्रबेश गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी पर्सा क्षेत्र नमबर ४ काे (२) का प्रदेशसभा सदस्यका उम्मेदवार  सिगासन सा कलवारले नव प्रबेशी सबै जनालाई फुल माला र अबिरकाे टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रदेशसभा सदस्यका उम्मेदवार कलवारले आफनो निर्वाचन क्षेत्रको विकासको निम्ती अहोरात्र खट्ने प्रतिबद्धता जनाए ।

उनले भने, हिजोको दिनमा पनि आफनो संसदीय कोषबाट यस क्षेत्रको विकासमा ठूलो योगदान पु¥याएको छु । क्षेत्रलाई जिल्लाको नमूना क्षेत्र नै बनाउँने लागि बाँकी रहेको पूर्वाधार निर्माणको कामलाई गतिदिन आफनो जित आवश्यक रहेको हुनाले भारी बहुमतले विजय गराउँन स्थानियसंग आग्रह समेत गरे ।

उनले आफनो जित सुनिश्चित रहेकोले कसैको बहकावमा नपर्ने आग्रह समेत गरे । अहिले विपक्षीहरुले बिभिन्न जालझेल अपनाउँछ तर हामी जालझेल गर्न दिनौं, तपाईहरु विश्वत रहनुस जित हाम्रै हुन्छ।

कार्यक्रममा जसपाका नेता एवं कालिकामाई गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष लालबाबु चौरसिया, वडा नम्बर ३ वडाध्यक्ष संजय पटेल, वडा नम्बर ५ बिरन्चीवर्वाका वडाध्यक्ष जयनारायण पटेल, अरमान खां पैठान लगायत सयौ नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

प्रदीप यादव प्रतिको आकर्षण बढ्दै

0

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादव प्रति आकर्षण बढ्दै गएको छ । चुनावी प्रचार प्रसार अभियानमा रहेको यादव प्रति आकर्षण बढ्दै जाँदा सत्ता गठबन्धनमा आबद्ध विभिन्न दलका नेता र कार्यकर्ताहरु धमाधम पार्टी परित्याग गरी जसपामा प्रवेश गर्न थालेका छन् ।

पर्सा जिल्लामा सत्ता गठबन्धन पार्टीका सयौँ नेता कार्यकर्ताहरुले पार्टी परित्याग गरी जसपामा प्रवेश गरेका छन् । शनिबार मात्र वीरगञ्ज महानगरपालिका वडा नम्बर २ छपकैयाका पूर्व वडा सदस्य एवम् भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडा अध्यक्षका प्रत्यासी खलील मियाँको नेतृत्वमा दर्जनौ कार्यकर्ताहरु जसपामा प्रवेश गरेका हुन । मियाँलाई यादवले स्वागत तथा सम्मान पनि गरेका थिए ।

त्यसैगरी वीरगञ्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीमा सत्ता गठबन्धन आबद्ध दल नेकपा एकिकृत समाजवादीबाट गत स्थानीय तहमा वडा अध्यक्षका प्रत्याशी एवम् भूतपूर्व वडा सचिव राजेश्व प्रसाद साहको नेतृत्वमा १ सय भन्दा बढि नेता कार्यकर्ता जसपामा प्रवेश गरेका छन् ।

त्यस्तै नेकपा एकीकृत समाजवादीबाट वीरगञ्ज महानगरपालिका वडा नम्बर १४ मा वडा सदस्य प्रत्यासी रहेका मुकेश पटेल र गोपिन्द्र पटेल लगायतका नेताहरू पनि जसपामा प्रवेश गरेका छन् ।

पूर्व वन तथा वातावरणमन्त्रीसमेत रहेका यादवले समाजमा गरेको उल्लेखनिय कार्यबाट प्रभावित वीरगञ्ज महानगरपालिका वडा नम्वर १६ का नगवाकी महिला नेतृ रेणु देवीको नेतृत्वमा पनि दर्जनौं महिला तथा युवाहरुले जसपा प्रवेश गरेका छन ।

यसैक्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ मा नेपाली कांग्रेसकी महाधिवेशन प्रतिनिधि तथा मधेश प्रदेश सदस्य नेतृ पिंकी सिंहको नेतृत्वमा दुई दर्जनभन्दा बढी महिलाहरुले कांग्रेस त्याग्दै जसपा प्रवेश गरेका छन् । नवप्रवेशीलाई पार्टी भित्र्याउँदै जसपा राजनीति समितिका सदस्य समेत रहेका यादवले जनता समाजवादी पार्टी नेपाल प्रति बढ्दै गरेको झुकाव र विश्वासले आफूहरु उत्साहित भएको प्रतिक्रिया दिए ।

उनले मधेश र मधेशीका लागि लड्ने एक मात्र दल जसपा भएको यथार्थ जनताले बुझिसकेकाले विभिन्न दल त्यागेर नेताहरुले जसपालाई रोजिरहेको दावी गरे । विगत पाँच वर्षमा यादवले मधेश र मधेशीका लागि सडकदेखि सदनसम्म उठाएका आवाज र क्षेत्रमा गरेका नमूना विकास निर्माणका कामकै कारण यादवको लोकप्रियताले अहिले जसपामा प्रवेश गर्नेहरुको लर्को लागेको छ ।

वीरगञ्जमा मत्रै दिनहु भइरहेका कार्यक्रममै काँग्रेस, माओवादी केन्द्र, नेकपा एस, नेपाल सुशासन पार्टी, जनमत पार्टी लगायतका दलका नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरिरहेका छन् ।