Date
बिहि, असार ११, २०८३
Thu, June 25, 2026

मतदाताको स्नेह र आशिर्वादले थप उत्साहित छु : प्रदीप यादव

spot_img
spot_img

वीरगंज । असन् मंसिर ४ हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिँदै गर्दा पर्सा क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनका प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव प्रति मतदाताहरुको आकर्षण बढ्दै गएको छ ।

चुनावी घरदैलोका क्रममा क्षेत्रका हरेक वडामा पुग्दा यादवको समर्थनमा मतदाताहरुले समर्थन गर्दै स्वागत गरिरहेका छन् । विगतको पाँच वर्षको कार्यकालमा पर्साका चार वटै क्षेत्र मध्ये पर्सा १ मा सांसदका रुपमा यादवले सबै भन्दा बढि र नमूना कामहरु गरेको भन्दै मतदाताहरुले यसपालि फेरि आफुहरुको रोजाइ यादव नै भएको बताइरहेका छन् ।

यसै क्रममा वीरगंज महानगरपालिकाकाे वडा नम्बर १४ पिपराटोलमा पनि सोमबार बिहान गठबन्धनबाट एमालेका प्रदेशसभा सदस्य उम्मेदवार विचारी प्रसाद यादवका साथ पुगेका प्रतिनिधीसभा सदस्य उम्मेदवार यादवलाई मतदाताले समर्थन गर्दै स्वागत गरेका छन् । उनिहरुले पर्सा-१ मा यादवको सामु कुनै पनि उम्मेदवार प्रतिस्पर्धामै नरहेको भन्दै जित सुनिश्चित रहेको जिकिर पनि गरे ।

पिपराटोलमा मतदाताको स्वागत र समर्थन पाएपछि पूर्व मन्त्रीसमेत रहेका यादवले मतदातालाई कृतज्ञता प्रकट गर्दै यो जोश र उत्साह मंसिर ४ गतेसम्मै राख्न आग्रह गरे । मतदातासँग उनले भने, ‘संघीयता, सुशासन र विकासको पक्षधर जसपा–एमाले गठबन्धनका साझा उम्मेदवारहरुलाई मतदान गरेर जिताउनुस्, तपाईको दुखसुखमा म सधै साथमै रहनेछु, अधुरा विकास निर्माणका काम पुरा गर्छु ।’

पर्सा जिल्लालाई झन् विकसित, समृद्धि र सुशुसित बनाउने अभियानमा मतदाताहरुबाट पाएको स्नेह र आशिर्वादले थप उत्साहित बनाएको भन्दै यादवले मतदातालाई थपे, ‘तपाईहरुबाट प्राप्त सल्लाह र सुझावले हामीलाई थप उर्जाशील र सशक्त बनाएको महसूस गरेको छु, तपाइहरुको यो अगाध माया र भरोसामा फेरि पनि खरो उत्रिनेछु ।’

यसैबीच यादवले वीरगंज महानगरपालिका वडा नम्बर ८ मा जेष्ठ नागरिकलाई सम्मानित पनि गरेका छन् । त्यहाँ आयोजित एक कार्यक्रमका विच यादवले दुई दर्जनभन्दा बढी जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।

जेष्ठ नागरिकलाई सम्मान गर्दै यादवले भने, ‘जेष्ठ नागरिक हाम्रो समाजका ज्ञान, सिप र अनुभव संगालेका पिल्लर हुनुहुन्छ । उहाँहरु हाम्रो पुस्ताका लागि अभिभावक मात्र हुनुहुन मार्गदर्शक पनि हुनुहुन्छ । समाजमा उहाँहरुले पुर्‍याउनु भएको योगदान अतुलनीय छ । उहाँहरुको सम्मान हाम्रो कर्तव्य र दाइत्व हो ।’

त्यस्तै पिपरामा स्थानीय नेता रमेश पटेलको नेतृत्वमा विभिन्न पार्टी परित्याग गरेर एक दर्जनभन्दा पनि बढी नेताहरुले जसपा प्रवेश गरेका छन् । नव प्रवेशीहरुलाई यादवले पार्टीमा स्वागत गरेका थिए । पार्टी प्रवेश गर्नेहरुमा विरेन्द्र पटेल, गोपी साह, गम्हिरा साह, सुरज कुमार हजाम लगायत रहेका छन् ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मोहरममा हातहतियार र भाँठा प्रदर्शन निषेध, डिजे बजाउन पनि रोक

वीरगंज । मुस्लिम धर्मावलम्बीहरूको पर्व दाहा (मोहरम/ताजिया) लाई शान्तिपूर्ण, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न गराउन पर्सा प्रशासनले विभिन्न निर्णयहरू गरेको छ । मोहरमका अवसरमा...

वीरगंज महानगरको ४ अर्ब ४२ करोडको बजेट सार्वजनिक

वीरगंज । वीरगंज महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ...

मुखदेव सुशिला प्राविधिक माविमा छात्रवृत्ति अन्तर्गत विद्यार्थीलाई पोशाक वितरण

वीरगंज । पर्साको बहुदरमाई नगरपालिका–८ रामनगरीस्थित श्री मुखदेव सुशिला प्राविधिक माध्यमिक विद्यालयमा छात्रवृत्ति कार्यक्रम अन्तर्गत बालविकासदेखि कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीहरूलाई पोशाक वितरण गरिएको...