Date
शनि, कार्तिक १५, २०८३
Sat, October 31, 2026

टिफरकाे ठक्करबाट विधुतको तार चुडिदा एक जनाकाे मृत्यु

spot_img
spot_img

वीरगंज । टिफर ब्याक गर्ने क्रममा विधुतको तार चुडिदा करेन्ट लागेर वीरगंजमा एक जनाकाे मृत्यु भएकाे छ । पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ४ बहुअरी पिडारी निवासी ४५ बर्षिय नागेन्द्र प्रसाद यादवकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार साेमबार विहान १० बजे वीरगंज महानगरपालिकाकाे वडा नं. २२ ड्राईपोट्र परवानिपुर सडकखण्डस्थित जगरनाथपुर क्वालिटी धर्मकाटा छेउमा ना ८ ख ३८४९ नम्बको टिफरले माटो खसाली ब्याक गर्ने क्रममा विधुतको तार चुडिदा नागेन्द्र र वीरगंज महानगरपालिकाकाे वडा नं. ३२ चोर्नी निवासी वर्ष १९ को सिकेन्द्र प्रसाद यादव  घाइते भएका थिए । 

ड्राईपोट्रबाट परवानिपुर तर्फ जादैँ गरेको ना ४६ प ५५४२ नम्बरको मोटरसाइकलमा सवार घाईते दुबै जनालाई नारायणी अस्पताल वीरगंजमा ल्याउने क्रममा घाईते मध्येका यादवको बाटोमा नै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । अर्का घाइते सिकेन्द्रकाे अवस्था समान्य रहेकाे अस्पतालले जनाएकाे छ ।

उक्त टिफर चालक फरार रहेकोले खोजतलास भईरहेको र मृतककाे  लासजाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरी थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेपाल प्रेसको कार्यालयमै छिरेर पत्रकार सुवेदी पक्राउ, पक्राउ पुर्जीबिनै प्रहरीको धरपकड

काठमाडौं । प्रहरीले काठमाडौंस्थित नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको छ । सादा पोशाकमा आएका प्रहरीले समाचार कक्षमै कार्यरत रहेका...

छठअघि सिर्सिया नदी सफा राख्न उद्योग विभागको निर्देशन

वीरगञ्ज । उद्योग विभागले प्रशोधन नगरी वा निर्धारित वातावरणीय मापदण्डविपरीतको फोहोर पानी नदी तथा खोलामा सिधै विसर्जन नगर्न देशभरका उद्योगहरूलाई निर्देशन दिएको छ। विशेषगरी वीरगञ्ज–पथलैया...

मधेस प्रदेशमा अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण हुने

जनकपुरधाम । मधेस प्रदेश सरकारले सरकारी निकायहरूको आर्थिक कारोबारमा वित्तीय अनुशासन र पारदर्शिता कायम गर्ने उद्देश्यले अब चौमासिक रूपमा आन्तरिक लेखापरीक्षण गर्ने भएको छ। चालू...