Date
बिहि, साउन २१, २०८३
Thu, August 6, 2026

टिफरकाे ठक्करबाट विधुतको तार चुडिदा एक जनाकाे मृत्यु

spot_img
spot_img

वीरगंज । टिफर ब्याक गर्ने क्रममा विधुतको तार चुडिदा करेन्ट लागेर वीरगंजमा एक जनाकाे मृत्यु भएकाे छ । पर्साकाे बहुदरमाई नगरपालिका वडा नं. ४ बहुअरी पिडारी निवासी ४५ बर्षिय नागेन्द्र प्रसाद यादवकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

प्रहरीका अनुसार साेमबार विहान १० बजे वीरगंज महानगरपालिकाकाे वडा नं. २२ ड्राईपोट्र परवानिपुर सडकखण्डस्थित जगरनाथपुर क्वालिटी धर्मकाटा छेउमा ना ८ ख ३८४९ नम्बको टिफरले माटो खसाली ब्याक गर्ने क्रममा विधुतको तार चुडिदा नागेन्द्र र वीरगंज महानगरपालिकाकाे वडा नं. ३२ चोर्नी निवासी वर्ष १९ को सिकेन्द्र प्रसाद यादव  घाइते भएका थिए । 

ड्राईपोट्रबाट परवानिपुर तर्फ जादैँ गरेको ना ४६ प ५५४२ नम्बरको मोटरसाइकलमा सवार घाईते दुबै जनालाई नारायणी अस्पताल वीरगंजमा ल्याउने क्रममा घाईते मध्येका यादवको बाटोमा नै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ । अर्का घाइते सिकेन्द्रकाे अवस्था समान्य रहेकाे अस्पतालले जनाएकाे छ ।

उक्त टिफर चालक फरार रहेकोले खोजतलास भईरहेको र मृतककाे  लासजाँच प्रकृति मुचुल्का लगायतको कार्य सम्पन्न गरी थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्सामा २०७ केजी गाँजासहित टाटा योद्धा पिकअप र चालक पक्राउ

वीरगंज । पर्सा प्रहरीले २०७ केजी लागूऔषध गाँजासहित एक टाटा योद्धा पिकअप र चालकलाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाको...

पर्सा ट्राफिककाे ‘माेटरसाइकल चालकसँग २ मिनेट’ अभियान, सुरक्षित यात्राबारे सचेतना

वीरगंज । जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियमप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘२ पाङ्ग्रे सवारी चालकसँग २ मिनेट’ नामक...

१३ दिनदेखि शवगृहमा लक्ष्मी सिलवालको शव, माइती पक्षद्वारा पुनः अनुसन्धानको माग

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुरमा मृत अवस्थामा फेला परेकी ३७ वर्षीया लक्ष्मी खड्का सिलवालको शव १३ दिनदेखि वीरगंजस्थित नारायणी अस्पतालको शवगृहमा राखिएको...