Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

प्रदेशसभा सदस्यका उम्मेदवार कलवारकाे जनसमर्थन बढ्दै

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ३ हरिहरपुर बिर्तामा शनिबार जनता समाजवादी पार्टी (जसपा) नेपालकाे बृहत पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको छ ।

जसपाकाे कालिकामाई गाउँपालिका अध्यक्ष दिनेश साह कलवारको अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाल शुशासन पार्टीबाट वडा नम्बर ३ हरिहरपुरकाकाे वडाध्यक्षमा चुनाव लडेका दिनेश पटेलकाे नेतृत्वमा ३ सय जनाले पार्टी प्रबेश गरेका हुन् ।

यसैगरी, नेकपा एकीकृत समाजवादीका कालिकामाई गाउँपालिका सचिव पान्नालाल साह तेलीको नेतृत्वमा दुई दर्जन भन्दा बढी जसपा प्रबेश गरेकाे जसपाका स्थानिय नेता ताजिन्द्र साह कलवारले वताए ।

यसैगरी कालिकामाई गाउँपालिका वडा नम्बर २ गदियानी निवासी मिथलेश तिवारीको अगुवाईमा एक दर्जन भन्दा बढी ब्यक्तिहरु जसपा प्रबेश गरेकाे कलवारले जानकारी दिए ।

जसपा प्रबेश गर्नेहरुमा गदियानी निवासी बिरेन्द्र साह तेली, हजारी साह तेली, सुरेश साह तेली, नागिन्द्र साह तेली लगायत दर्जनौ रहेका छन । यता छिपहरमाई गाउँपालिकाबाट लालबाबु साह, धुरेन्दर साह र चोकट साह लगायतकाले पनि जसपा प्रबेश गरेका छन् ।

कार्यक्रमका प्रमुख अतिथी पर्सा क्षेत्र नमबर ४ काे (२) का प्रदेशसभा सदस्यका उम्मेदवार  सिगासन सा कलवारले नव प्रबेशी सबै जनालाई फुल माला र अबिरकाे टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।

कार्यक्रमलाई सम्बाेधन गर्दै प्रदेशसभा सदस्यका उम्मेदवार कलवारले आफनो निर्वाचन क्षेत्रको विकासको निम्ती अहोरात्र खट्ने प्रतिबद्धता जनाए ।

उनले भने, हिजोको दिनमा पनि आफनो संसदीय कोषबाट यस क्षेत्रको विकासमा ठूलो योगदान पु¥याएको छु । क्षेत्रलाई जिल्लाको नमूना क्षेत्र नै बनाउँने लागि बाँकी रहेको पूर्वाधार निर्माणको कामलाई गतिदिन आफनो जित आवश्यक रहेको हुनाले भारी बहुमतले विजय गराउँन स्थानियसंग आग्रह समेत गरे ।

उनले आफनो जित सुनिश्चित रहेकोले कसैको बहकावमा नपर्ने आग्रह समेत गरे । अहिले विपक्षीहरुले बिभिन्न जालझेल अपनाउँछ तर हामी जालझेल गर्न दिनौं, तपाईहरु विश्वत रहनुस जित हाम्रै हुन्छ।

कार्यक्रममा जसपाका नेता एवं कालिकामाई गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष लालबाबु चौरसिया, वडा नम्बर ३ वडाध्यक्ष संजय पटेल, वडा नम्बर ५ बिरन्चीवर्वाका वडाध्यक्ष जयनारायण पटेल, अरमान खां पैठान लगायत सयौ नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...