Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026

३६ औं जुनियर /युवा रेडक्रस गोष्ठि समपन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसाैनी गाउँपालिकाकाे  श्री दिपनारयन आदर्श मा.बि.औराहा पाँचगवामा ३६ औं जुनियर /युवा रेडक्रस गोष्ठि समपन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी पर्सा शाखा एवं नेपाल जुनियर युवा रेडक्रस सर्कल समितिको आयोजनामा शुक्रबार सुरु भएकाे गाेष्ठि शनिबार सम्पन्न भएकाे हाे ।

गोष्ठिमा जुनियर/युवाको काम, कर्तव्य ,बैधानिक दायित्व, रेडक्रस अभियान, प्राथमिक उपचार, सरसफाइ, कोभिड -१९, रक्तदान, डेंगु रोग बारे प्रशिक्षण दिई जनचेतना फैलाउने कार्य गरिएको पर्सा रेडक्रसका बिरशम्सेर प्रसाद कुर्मीले जानकारी दिए ।

जुनियर युवा सर्कल समितिका संयोजक बिनोद गिरिको अध्यक्षता र सखुवाप्रसौनी गाउँपालिकाका प्रमुख यशवन्त यादवकाे प्रमुख आतिथ्यतामा भएकाे भएकाे गाेष्ठिमा रेडक्रस पर्साका सभापति बिरेन्द्र राज कंडेल, प्रधानाध्यापक शिव नाथ महतो, रेडक्रसका पदाधिकारी, जुनियर/युवा सर्कल समितिका सदस्यहरुकाे उपस्तिथि रहेको थियो । 

गोष्ठिमा ६२ बिद्यालयका १५० जना छात्र/छात्रा तथा ६२ शिक्षक नायकहरुको सहभागिता रहेको रेडक्रस पर्साका राजन श्रीवास्तवले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...