Date
शुक्र, कार्तिक ७, २०८३
Fri, October 23, 2026

कृषि औजार सरसफाईमा सानाे दिपकाे पनि सहयाेग

spot_img
spot_img

वीरगंज । पर्साकाे सदरमुकाम वीरगंजमा रहेकाे कृषि औजार कारखानामा सशस्त्र प्रहरीकाे सहकार्यमा सानाे दिपले सरसफाई गरेकाे छ । 

लामो समय देखि बन्द रहेको कृषि कारखाना सरकारले राष्ट्रिय अविष्कार केन्द्र मार्फत संचालनमा ल्याउने भएपछि कारखाना सरसफाईमा वीरगंजका विभिन्न संघ/संस्थ सहयाेग गरिरहेका छन् । साेही क्रममा शनिबार सानाे दिप नाम संस्थाले पनि कारखाना सरसफाईमा सहयाेग गरेकाे हाे । 

सानो दीपका अध्यक्ष कृष कुर्मीकाे अध्यक्षता र नेवि संघ पर्साका अध्यक्ष ईन्जिनियर रमेश यादवकाे प्रमुख आतिथ्यतामा भएकाे सरसफाई कार्यक्रममा जिल्ला बाल क्लब समन्वय सञ्जाल पर्साका अध्यक्ष अर्जुन साह, कोषाध्यक्ष बिबेक पटेल, सदस्य आलोक कुमार ,विशाल कुमार, पुष्प कुमार, पुनम मिश्र, प्रियंश कुमार, दिव्यन्शु  कुमार,उज्ज्वल कुमार लगायतकाे उपस्थिति रहेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

विजयादशमीको टीका लगाउने उत्तम साइत बिहान १०:२६ बजे

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत आज विजयादशमीको टीका, जमरा र आशीर्वाद ग्रहण गरी मनाइँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष टीका...

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...