Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

आफु निर्वाचित भए सुबिधा सम्पन्न कृषी बजार निर्माण गर्छु : सर्राफ

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ को (२) का छडी छापका उम्मेदवार ओमप्रकाश सर्राफले आफनो निर्वाचन क्षेत्र वीरगंज १६ नगवाको घुसुसपुरमा घरदैलो तथा सभा सम्मन्न गरेका छन् । घुसुकपुर टोलका युवाहरुले स्वस्फुर्तले आयोजना गरेको सभालाई सम्बोधन गर्दै नगवाको चौतर्फी विकासको लागि आफू प्रतिबद्ध रहेको बताए ।

उनले भने, म एउटा नेता मात्र होईन, समाजिक क्षेत्रमा काम गर्ने समाजसेवी पनि हु, चुनाव लड्नु अघि पनि आफू २४ औं घण्टा जनता बिच रहेर समाज सेवाको योगदान पु¥याउँदै आएको छु । एकपल्ट आफूलाई विजय गराएर देखाउँनुस् वडाको विकासमा ठूलो परिर्वतन ल्याउँने छु ।

उनले विगत १२ बर्षदेखि नगवामा शिलान्यास गरेर छाडिएको कृषि बजारलाई आफू निर्वाचित भए सुबिधा सम्पन्न कृषी बजार निर्माण सम्पन्न गर्न प्रतिबद्ध रहेको बताए । भ्रष्टचारीहरुले विगत पाँच बर्षदेखि नगवामा आफनो कार्यकर्तालाई पाल्ने बाहेक कुनै काम नगरेको आरोप समेत उनले लगाए ।

मुख्यमन्त्री लालबाबु राउत गद्दी प्रति कटाक्ष मार्दै उनले भने, नगवाम निर्माण भएको सडकको अवधि २ बर्षपनि टिक्दैन, आफनै निर्वाचन क्षेत्र रहेका कारणले भ्रष्टाचारी नेताले आफनो कार्यकर्तालाई पाल्नको लागि योजना मात्र ल्याएका थिए, जसअनुसार उनीहरुले विभिन्न योजना गुणस्तरहित काम गरेर भ्रम लुट मचाएका छन ।

रास्ट्र निर्माणको अभियान, लौरो (छडी) छापमा मतदान भन्ने नाराका साथ चुनावी मैदानमा उत्रेका प्रदेशसभा सदस्यका उम्मेदवार सर्राफले आफू निर्वाचित भएपछि पूर्वाधार निर्माण संगै स्वास्थ्य, शिक्षामा बढी काम गर्ने योजना बनाएको बताए ।

अहिले पर्सा जिल्ला स्वास्थ्य र शिक्षा क्षेत्रमा धेरै पिछिडिएको छ । शिक्षा बिना विकास, स्वास्थ्य विना मानिव बाँच्न नसक्ने भएकोले पहिलो प्राथमिकता नै शिक्षा र स्वास्थ्य सुधार रहेको उनले बताए ।

काठमाण्डौंका जनताले जसरी बालेन शाहलाई निस्वार्थ भावले चुनेर मेयर बनाए । त्यसरी नै यहाँका जनताले पनि निस्वार्थ रुपमा निश्पक्ष छवि र भ्रष्टचार विरुद्ध अभियान चलाउँने, समाज सेवामा योगदान पु¥याउँने युवालाई नै अगाडी सारे मात्र बालेन शाह जस्तो निस्वार्थ विकास निर्माणको कार्यलाई गतिदिन सक्ने बताए ।

सभामा लाैराे छाप कै समानुपाति तर्फबाट उम्मेदवार गुड्डी जोशी, इन्जिनियर गजेन्द्र दास, इन्जिनियर बिनोद साह लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा स्थानियले भ्रष्टाचार मुक्त प्रदेश र समाज निर्माणको लागि अहिले परिवर्तनको खाँचो रहेकोले आफूहरु पनि निस्वार्थ रुपमै आफूहरु मतदान गर्न प्रतिबद्ध रहेको स्थानिय बुद्धिजीवी जयमंगल साहले बताए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...