Date
बिहि, अशोज ८, २०८३
Thu, September 24, 2026

वीरगंजबाट चाेरीकाे स्कुटीसहित ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले माेटरसाइकल चाेरीकाे अभियाेगमा ३ जनालाई पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा वीरगंज महानगरपालिकाकाे वडा नं. ११ श्रीपुर निवासी २८ बर्षिय कृष्ण क्षेत्री, ३२ बर्षिय देदिव्य सिंह र २३ बर्षिय आकाश चाैरसियालाई पक्राउ गरेकाे हाे ।

काित्तिक १३ गते विहान १०:०० बजे वीरगञ्ज महानगरपालिका वडा नं. ११ श्रीपुर बस्ने प्रमोद कुमार कुर्मीको प्रदेश २-०३-०१५ प ९६१३ नम्बरको निलो कालो रंगको यामाहा कम्पनिको स्कुटर (मो.सा.) घर अगाडि पार्किङ गरी राखिएको अवस्थाबाट लक तोडी चोरी भएको थियाे ।

प्रहरीलाई जानकारी प्राप्त हुनासाथ खोजतलास तथा अनुसन्धान गर्ने क्रममा वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको अनुसन्धान अधिकृतको टोलीले तीनै जना नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

पक्राउ परेका क्षेत्रीले दिएकाे सूचना अनुसार सिंह र चौरसिया मिली चोरी गरी जिल्ला चितवन भरतपुर महानगरपालिका वडा नं. १० थानीचोक भिमकुना वडा एरियामा लुकाइ छिपाई राखेको थाहा भएपछि टोलीले तीनै जना कसुरदारहरुलाई कात्तिक १७ गते पक्राउ गरी स्कुटर समेत बरामद गरी थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बाराको कलैयामा दुई दिन विद्यालय बन्द

बारा । बाराको कलैया उपमहानगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन पठनपाठन बन्द गर्ने निर्णय गरेको छ। उपमहानगरपालिकाका अनुसार असोज ८ गते बिहीबार र ९...

जिराभवानीमा स्थानीय शिक्षा योजनाको समीक्षा तथा कार्ययोजना निर्माण कार्यशाला

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा स्थानीय शिक्षा योजनाको समीक्षा तथा आगामी कार्ययोजना निर्माणसम्बन्धी कार्यशाला सम्पन्न भएको छ । जिराभवानी गाउँपालिकाको आयोजनामा वडा नं. ३ स्थित...

प्राइम कमर्सियल बैंकको वार्षिकोत्सवमा रक्तदान, ७५ जनाले दिए रगत

वीरगंज । प्राइम कमर्सियल बैंक लिमिटेडको २०औँ वार्षिकोत्सवको अवसरमा बैंकको वीरगञ्ज शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा चार महिलासहित ७५ जनाले रक्तदान गरेका...