Date
सोम, भदौ ८, २०८३
Mon, August 24, 2026

रेडक्रस रामनगरीकाे सधारण सभा र रक्तदान कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । नेपाल रेडक्रस साेसाइटी रामनगरी उपशाखाकाे ११ औ बार्षिक साधारण शनिबार सम्पन्न भएकाे छ ।

उपशाखाका सभापति हरिन्द्र साहकाे अध्यक्षतामा भएकाे साधारण सभाले आ.व. २०७८/०७९ काे बार्षिक कार्यक्रम प्रतिवेदन, बार्षिक लेखापरिक्षण र आ.व. २०७९/०८० मा गरिने अनुमानित कार्यक्रम अनुमाेदन गर्नुकाे साथै नयाँ कार्य समिति चयन भएकाे हाे ।

साधारण सभाले पुन: हरिन्द्र साह कै सभापतित्वमा ११ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाे छ । नयाँ कार्य समितिकाे उप सभापतिमा शुस्मा पाठक, सचिवमा जयनरेश साह, काेषाध्यक्ष केशवराज पंडित, उप सचिव राधेश्याम राम, उप काेषाध्यक्ष गिता गाेसाई, सदस्यमा बृजकिशाेर पटेल, राजेश प्रसाद तेली, बबिता देवी राम, कृष्ण पंडित सिकेन्द्र साह सर्वसहमत चयन भएकाे सभापति साहले वताए ।

यसैगरी रेडक्रस साेसाइटी रामनगरी उपशाखाकाे आयाेजना र बहुदरमाई नगरपालिकाका निर्वतमान नगर प्रमुख नितेन्द्र साहकाे आर्थिक सहयाेगमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएकाे छ । बहुदरमाई नगरपालिकाकाे वडा नं. ८ रामनगरीमा भएकाे कार्यक्रममा एक महिलासहित ३५ जनाले रक्तदान गरेकाे सभापति साहले जानकारी दिए ।

उपशाखा कै भवनमा भएकाे कार्यक्रममा विद्यार्थी देवी तेली, अरुण कुमार पटेल, कालिचरण पटेल, उत्तम साह, अजय यादव, अन्हैया पटेल, जय कुमार साह, विरेन्द्र पटेल, हरेराम ठाकुर, अरविन्द साह, अनिल पटेल, धनसुनर तेली, प्रमानन्द पटेल, पप्पु तेली, लक्ष्मण पटेल, कृष्णा पंडित, कमलेश यादव, बृजकिशाेर पटेल, संजय सहनी, मिथलेश यादव, जयनरेश साह, राधेश्याम राम, रविन्द्र साह, रामाकान्त साह, राजेश साह, रमेश कलवार, उपेन्द्र साह, संजय साह, अनिल सहनी, रंजन साह, संजित साह तुराहा, साेनु यादव, इन्द्रजित यादव, अनमाेल पाण्डेले रक्तदान गरेका हुन् ।

बहुदरमाई नगरपालिकाका निर्वतमान मेयर नितेन्द्र साहकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा वडाध्यक्ष पुनिलाल साह, रेडक्रस पर्सा शाखाका काशी प्रसाद साह, रक्त संचार केन्द्र वीरगंजका प्रमुख साैरभ राज पाण्डे लगायतकाे उपस्थिती रहेकाे थियाे ।  

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...