Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

वीरगंजजबाट भन्सार छलीकाे २८१ क्वीन्टल चामल बरामद

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ११ रानीघाटमा लुकाइ छिपाइ भण्डारण गरी राखिएको भन्सार छलिका चामल तथा अन्य खाद्य सामाग्रीहरू प्रहरीले बरामद गरेकाे छ । 

जिल्ला प्रहरी कार्यालय पर्सा, वडा प्रहरी कार्यालय विर्ता र सशस्त्र प्रहरी वल नेपाल हे.क्वा नं. १३ गण श्रीपुर वीरगंजबाट खटिएको संयुक्त प्रहरी टोलीले जिल्ला पर्सा विभिन्न किसिमका चामलहरूका साथै अन्य खाद्यान्न तथा अन्य सामाग्रीहरू बरामद गरेकाे हाे ।

भन्सार छली चोरी पैठारी गरी वीरगंजमा ल्याई अनाधिकृत रूपमा भण्डारण गरी राखेको भन्ने प्राप्त सूचना अनुसार बिहिबार रानिघाटस्थित श्याम बर्णवाल, सुजित गुप्ता, प्रधुमन गुप्ता र बिनोद कुमार साहको गोदामहरूमा खानतलासी गरेकाे थियाे ।

साे गाेदामहरुमा लुकाइ छिपाइ भण्डारण गरी राखिएको चामल २८१ क्वीन्टल, मैदा १० क्वीन्टल, सर्जिकल मेडिकल सामाग्री २ कार्टुन, हार्पिक ९ कार्टुन, हैण्डवास २ कार्टुन र स्प्रे २ कार्टुन बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

रु २१ लाख १६ हजार ४ सय बराबरका चामल तथा अन्य सामाग्रीहरू बरामद गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि शुक्रबार वीरगंज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...