Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

स्वर्गीय पत्रकार सर्राफको स्मृतिमा पत्रकारित पुरस्कार स्थापना

spot_img
spot_img

वीरगंज । नेपाल पत्रकार महासंघ पर्साकाे आयाेजनामा बुधबार स्वर्गीय पत्रकार नरेश सर्राफकाे श्रद्धाञ्जली सभा सम्पन्न भएकाे छ ।

स्व. सर्राफको १३ औँ  दिनको पूण्यतिथीमा भएकाे श्रद्धाञ्जली सभालाई सम्बाेधन गर्दै पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य (सांसद) प्रदीप यादवले पत्रकार स्वर्गीय सर्राफको परिवारलाई एक लाख रुपैयाँ आर्थिक सहयो गर्ने उद्घोष गरे ।

यसका साथै उनले स्वर्गीय पत्रकार सर्राफकाे परिवारकाे राहकाे तागि नेपाल सरकारसंग पहल गर्ने पनि वताए । उनले स्वर्गीय पत्रकार सर्राफकाे परिवारलाई सरकारसंग रु ५ देखि १० लाख सम्म राहत दिलाउने प्रतिबद्धता समेत जनाए ।

पूर्व मन्त्री समेत रहेका सांसद यादवले कम उमेर मै अल्पायु मै निधन भएका सर्राफ पत्रकारकाे साथ साथै एउटा समाजेबी पनि भएको वताए । उनको निधनले पत्रकारिता क्षेत्रकाे साथ साथै वीरगंजबासीलाई नै क्षति पुगेकाे वताए । अधिकांश पत्रकारको अवस्था दैनिय रहेकाे वताउँदै उनले यश बिषयमा राज्य निरही रहेको आराेप समेत लगाए । 

श्रद्धाञ्जली सभा मै नेपाल पत्रकार महासंघ पर्साकाे बुधबार नै बसेकाे बैठकले स्व. नरेश सर्राफ स्मृति पत्रकारिता पुस्कारकाे स्थापना गर्ने निर्णय गरेकाे महासंघ पर्साका अध्यक्ष अनुप तिवारीले वताए । उनले साे पुस्कार प्रत्येक बर्ष महासंघकाे स्थापना दिवसको अवसरमा १० बर्ष पत्रकारिता गरेकाे ४० बर्ष ननाघेकाे एक जना युवा पत्रकारलाई प्रदान गरिने वताए ।

साथै उनले नेपाल पत्रकार महासंघकाे संरक्षणमा स्वर्गीय सर्राफकाे नामले अक्षय कोष स्थापना गर्ने पनि निर्णय भएकाे सुनाए । साे अक्षय काेष महासंघले रु एक लाख ५० हजारबाट सुरु गरेकाे जानकारी गराउँदै उनले जुन कोषको आम्दनीबाट २० प्रतिशत स्वर्गीय सर्राफकाे नामले स्थापना गरिएकाे पत्रकारिता पुरस्कारमा खर्च गरिने र ८० प्रतिशत उनको श्रीमती र छाेरीकाे स्वमित्वमा रहने वताए ।

अक्षय कोषमा नेपाल प्रेस युनियनका केन्द्रीय सचिव अशोक तिवारीले आफ्नाे टिभिकाे तर्फबाट रु २१ हजार र पत्रकार महासंघका पूर्व मध्यमान्चल संयोजक महेश दासले आफ्नाे व्यक्तिगत तर्फबाट रु १० हजार सहयाेग गर्ने पनि घाेषणा गरे ।

यस अघि नै समाजवादी प्रेस संगठन पर्सा र रेडियाे वीरगंजले संयुक्त रुपमा आयाेजना गरेकाे श्रद्धाञ्जली सभामा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरपालिकाकाे तर्फबाट स्व. सर्राफकाे नामले स्थापना हुने अक्षय कोषमा रु  १० लाख सहयाेग गर्ने घाेषणा गरेका थिए ।

साेही सभामा स्वर्गीय सर्राफकाे ७ बर्षिय छाेरीकाे नामले फिक्स डिपाेजिट गर्न समाजवादी प्रेस संगठन र रेडियो वीरगंजले रु १/१ लाखकाे चेक हस्तान्तरण गरेकाे थियाे । मेयर सिंहले पनि उनकाे छाेरीकाे नामले रु ५ लाख फिक्स डिपाेजिट गरिदिने प्रतिबद्धता जनाएका थिए ।

नेपाल पत्रकार महासंघ पर्साकाे सभाहलमा भएकाे श्रद्धाञ्जली सभामा नेपाल पत्रकार महासंघका सचिव दिपेन्द्र चाैहान, केन्द्रिय सदस्य केशी लामिक्षाने, मधेश प्रदेशका महासचिव श्याम बन्जारा, वीरगंज उद्योग वाणिज्य संघका उपाध्यक्ष हरि गाैतम, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक निर्मल बुढाथोकी लगायतकाले शाेक मन्तव्य राखेका थिए । 

३८ बर्षिय पत्रकार सर्राफकाे मंसिर १५ गते हृदयघातआबाट निधन भएकाे थियाे । उनी नेपाल पत्रकार महासंघ पर्सा र समाजवादी प्रेस संगठन पर्साका जिल्ला कार्य समिति सदस्य थिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नवरात्रको पहिलो दिन आज घटस्थापना, शैलपुत्रीको पूजाआराधना गरिँदै

वीरगंज । नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापना गरी जमरा राखेका छन् । यस अवसरमा नवदुर्गाको पहिलो स्वरूप माता शैलपुत्रीको आह्वान गर्दै विधिपूर्वक...

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...