Date
सोम, भदौ २२, २०८३
Mon, September 7, 2026

पत्रकार महासंघ पर्साको २५ औ साधारण सभा सम्पन्न

spot_img
spot_img
वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाको २५ औ साधारण शुक्रबार सम्पन्न भएको छ । शाखाकै सभाहलमा भएकाे साधारण सभाकाे उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले गरेका थिए ।
 
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका चौहानले पत्रकारिता क्षेत्रलाई व्यवसायिक र मर्यादित बनाउनुपर्नेमा जोड दिए । पछिल्लो समय पत्रकारिता क्षेत्रमा विभिन्न चुनाैतीहरु थपिएको हुँदा प्रविधिको प्रयोग गर्दै पेशालाई प्रविधिमैत्री बनाउनुपर्ने बताए ।
 
महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, मधेश प्रदेशका महासचिव श्याम बन्जारा, पूर्व अध्यक्ष अशोक तिवारी, पूर्व मध्यमाञ्चल संयोजक महेश दास, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, पर्साका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
 
महासंघका उपाध्यक्ष युवराज खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण महासंघका सचिव भुषण यादवले गरेका थिए ।
 
यसैबिच आजै सम्पन्न बन्द सत्रमा सचिव भुषण यादवले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष संजिव मिश्रले आर्थिक प्रतिवेदन पेश गरेका थिए । प्रस्तुत प्रतिवेदन माथि फाेटाे पत्रकार महासंघका केन्द्रिय सदस्य विजय चाैहान, प्रेस सेन्टरका केन्द्रिय सदस्य निरज पिठाकाेटे मगर, पर्सा अध्यक्ष दिपक गाैतम, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य राघव साह, पर्सा अध्यक्ष मनाेज पटेल, प्रेस चाैतारी पर्साका उपाध्यक्ष विजय भण्डारी, प्रेस युनियनका क्रान्ति साह लगायतले सल्लाह, सुझाव र जिज्ञासा राखेका थिए ।
 
महासंघ पर्सा कै सभाकक्षमा भएकाे बन्द सत्रमा प्रतिवेदन माथिकाे बृहत छलफलपछि सल्लाह, सुझावसहित सर्वसहमत प्रतिवेदन पारित भएकाे बन्द सत्रकाे अध्यक्ष मण्डलका सदस्य समेत रहेका महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले वताए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नेशनल मेडिकल कलेजमा ६८ जनाद्वारा रक्तदान

वीरगंज । रसुवाका बाढीपीडित तथा प्रभावित नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले वीरगंजस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा आयोजित रक्तदान कार्यक्रममा ६८ जनाले रक्तदान...

जिराभवानी गाउँपालिकाले बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग गर्ने

सेढवा । पर्साकाे जिराभवानी गाउँपालिकाले बाढीपहिरो प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्निर्माणका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । गाउँपालिकाले विपद् व्यवस्थापन कोषबाट...

‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ सिनियरतर्फ पाँच विद्यालय फाइनलमा

वीरगंज । प्याब्सन वीरगंजकाे आयोजनामा सञ्चालन भइरहेको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनलमा पाँच विद्यालय प्रवेश गरेका छन् । क्वालिफिकेशन राउन्डबाट...