Date
आइत, कार्तिक ९, २०८३
Sun, October 25, 2026

पत्रकार महासंघ पर्साको २५ औ साधारण सभा सम्पन्न

spot_img
spot_img
वीरगंज । नेपाल पत्रकार महासंघ पर्सा शाखाको २५ औ साधारण शुक्रबार सम्पन्न भएको छ । शाखाकै सभाहलमा भएकाे साधारण सभाकाे उद्घाटन नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहानले गरेका थिए ।
 
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी समेत रहेका चौहानले पत्रकारिता क्षेत्रलाई व्यवसायिक र मर्यादित बनाउनुपर्नेमा जोड दिए । पछिल्लो समय पत्रकारिता क्षेत्रमा विभिन्न चुनाैतीहरु थपिएको हुँदा प्रविधिको प्रयोग गर्दै पेशालाई प्रविधिमैत्री बनाउनुपर्ने बताए ।
 
महासंघ पर्सा शाखाका अध्यक्ष अनुप तिवारीको अध्यक्षतामा भएको उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछाने, मधेश प्रदेशका महासचिव श्याम बन्जारा, पूर्व अध्यक्ष अशोक तिवारी, पूर्व मध्यमाञ्चल संयोजक महेश दास, पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिमकान्त पौडेल, पर्साका प्रहरी उपरिक्षक रमेश कुमार बस्नेत लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
 
महासंघका उपाध्यक्ष युवराज खड्काले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सहजीकरण महासंघका सचिव भुषण यादवले गरेका थिए ।
 
यसैबिच आजै सम्पन्न बन्द सत्रमा सचिव भुषण यादवले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष संजिव मिश्रले आर्थिक प्रतिवेदन पेश गरेका थिए । प्रस्तुत प्रतिवेदन माथि फाेटाे पत्रकार महासंघका केन्द्रिय सदस्य विजय चाैहान, प्रेस सेन्टरका केन्द्रिय सदस्य निरज पिठाकाेटे मगर, पर्सा अध्यक्ष दिपक गाैतम, समाजवादी प्रेस संगठनका केन्द्रिय सदस्य राघव साह, पर्सा अध्यक्ष मनाेज पटेल, प्रेस चाैतारी पर्साका उपाध्यक्ष विजय भण्डारी, प्रेस युनियनका क्रान्ति साह लगायतले सल्लाह, सुझाव र जिज्ञासा राखेका थिए ।
 
महासंघ पर्सा कै सभाकक्षमा भएकाे बन्द सत्रमा प्रतिवेदन माथिकाे बृहत छलफलपछि सल्लाह, सुझावसहित सर्वसहमत प्रतिवेदन पारित भएकाे बन्द सत्रकाे अध्यक्ष मण्डलका सदस्य समेत रहेका महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले वताए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपामा नातेदार र निकटताका आधारमा टिकट पाइँदैन : हरि पन्त

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको विधि र प्रक्रियाअनुसार मात्रै उम्मेदवारलाई टिकट...

वीरगञ्जमा रक्तदान कार्यक्रम, चार महिलासहित २६ जनाले गरे रक्तदान

वीरगञ्ज । श्री बौधिमाई व्यवस्थापन संस्थाको आयोजनामा शनिबार वीरगञ्ज महानगरपालिका–१४, सानो पिपरामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा चार महिलासहित २६ जनाले रक्तदान गरेका...

जनमत पार्टी पर्साद्वारा चियापान तथा शुभकामना आदानप्रदान, नवनिर्वाचित केन्द्रीय नेतालाई सम्मान

वीरगञ्ज । जनमत पार्टी पर्साले बडादसैँ, दीपावली तथा छठ पर्वको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा पार्टीको दोस्रो महाधिवेशनबाट निर्वाचित...