Date
मङ्ल, भदौ २३, २०८३
Tue, September 8, 2026

वीरगंज २० मा मेयर घरदैलो शिविर सम्पन्न, ७५३ जना लाभान्वित

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नम्वर २० हरपतगंजमा जारी मेयर घरदैलो स्वास्थ्य शिविर बिहीबार सम्पन्न भएको छ । गएको आइतबार सुरु भएको शिविर ४ दिनसम्म चलेको हो । शिविरमा ४ सय ८३ जना महिला सहित ७ सय ५३ जनाले स्वास्थ्य सेवा लिएका छन् ।

विशेषज्ञ चिकित्सकसहितको टोलीले शिविरमा आएकामध्ये १ सय ५७ जनालाई ल्याब र १५ जनालाई यु.एस.जी सेवा दिएका छन् ।
महानगरपालिकाले नगरवासीको घरदैलोमै स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले सञ्चालन गरेको कार्यक्रममा बिरामीको अवस्था हेरी मोबाइल ल्याबबाट तत्कालै रगत परिक्षण गराइ समस्या अनुसार निशुल्क औषधी पनि वितरण भइरहेको अभियानमा सहभागी डाक्टर सागर गुप्ताले जानकारी दिए ।

घरदैलोमै सबै खालका चेकजाँच हुने गरी स्वास्थ्य सेवा पुगेपछि सदरमुकाम धाइरहने अवस्था हटेको शिविरमा उपचारका लागि आएकी स्थानीय मालती देवीले बताइन् । खासगरी वृद्धवृद्धा, गर्भवती महिला तथा अन्य स्वास्थ्य समस्या भएका महिलाहरुका लागि सहज वातावरण रहेकोले महिलाहरू निर्धक्क जाँचका लागि आउने गरेको डाक्टर जिन्नतुन नेशाले बताईन् ।

यस अघि अन्य सात वटा वडामा ‘मेयर घरदैलो’ शिविर सम्पन्न भइसकेको छ । अभियानमा वीरगंज महानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रितेश जैसवाल, सुमन चन्द्र ठाकुर, सुनिल कुर्मी, डाक्टर सागर गुप्ता, डाक्टर उमेश सरार्फ, डाक्टर जिन्नातुन नेसा लगायतको टोली खटिएको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भोटेकोशी बाढीमा बेपत्ता वीरगंजका आरभ र कालिकामाईका आलोकको कुशको शव बनाएर दाहसंस्कार

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि बेपत्ता भएका वीरगंजका आरभ चौरसिया र पर्साको कालिकामाई गाउँपालिका–२, भेडिहारीका आलोक चौरसियाको अवस्था लामो समयसम्म अज्ञात...

भोटेकोशी बाढीः एक हजार ३५६ जनाको शव फेला

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३५६ जनाको शव फेला परेको छ भने अनुमानित चार हजार ९९४ जना सम्पर्कविहीन रहेका...

भोटेकोशी बाढीका मृतकप्रति वीरगंज कपडा बैंकद्वारा श्रद्धाञ्जली अर्पण

वीरगंज । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका मृतकहरूप्रति वीरगंज कपडा बैंकले श्रद्धाञ्जली  गरेको छ। वीरगंज कपडा बैंकले सोमबार साँझ वीरगंज–८ स्थित आफ्नै...