Date
बुध, असार ३, २०८३
Wed, June 17, 2026

गैसस महासंघ पर्साकाे ८ औं अधिवेशन सम्पन्न, अध्यक्षमा पुन: साह निर्वाचित

spot_img
spot_img

वीरगंज । गैर सरकारी संस्था महासंघ पर्सा शाखाको ८ औं अधिवेशन शनिबार सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र वीरगंजकाे सभाहलमा भएको अधिवेशनले पुनः छठु साहको अध्यक्षतामा निर्विरोध १३ सदस्यीय न्याँ जिल्ला कार्य समिती चयन गरेको छ ।

समितिको वरिष्ठ उपाध्यक्ष सुरज पण्डित, उपाध्यक्ष कोपिला चौलागाई, सचिव चन्देश चौहान, सह सचिव सिमा खड्का, कोषाध्यक्ष मनोज यादव, सदस्य ललन पटेल, जयनारायण चौधरी, निर्माला कुमारी काफले, मिना यादव, मनोज राम, अर्चना गुप्ता लगायत निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका नरेश जयसवालले जानकारी दिए ।

त्यसैगरी रामाकान्त पटेलको संयाेजकत्वमा ५ सदस्यीय सल्लाहकार समिती पनि गठन भएकाे महासंघका प्रदेश समिती सदस्य समेत रहेका जयसवालले वताए ।

अधिवेशनकाे बन्द सत्रमा सचिव चन्देश चाैहानले प्रस्तुत गरेकाे प्रगति प्रतिवेदन र काेषाध्यक्ष मनाेज यादवले प्रस्तुत गरेकाे आर्थिक प्रतवेदन प्रतिनिधिहरुले तालि बजाएर सर्वसहमत पारित गरेका थिए । 

यश अघि अधिवेशनको उद्घाटन प्रदेश सभा सदस्य प्रमोद जयसवालले गरेका थिए । अधिवेशन उद्घाटन समाहरोहलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य जयसवालले राज्यको आँखा पुग्न नसकेको ठाउँमा गैर सरकारी संस्था पुग्ने गरेको वताए ।

उनले द्वन्द्वकालमा राज्य हराएको बेला पनि गैर सरकारी संस्थाले काम गरेको वताउँदै देश विकासको लागि राज्यले गैर सरकारी संस्थाहरुलाई साथमा लिएर अघि बढनु पर्ने धारण राखे । कार्यक्रमका प्रमुख अतिथी समेत रहेका जयसवालले त्यसको लागि प्रदेश सभामा समेत आफुले आवाज उठाउने वताए ।

अधिवेशनको उद्घाटन सत्रमा गैर सरकारी संस्था तथा समाजिक क्षेत्रबाट जनप्रतिनिधि भएका र समाजिक क्षेत्रमा योगदान पुर्याएका ८ जनालाई सम्मान समेत गरिएको थियो ।

प्रदेश सभा सदस्य प्रमोद जयसवाल, जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, वीरगंज ३० का वडाध्यक्ष मनोज यादव, बहुदरमाई नगरपालिका २ का वडाध्यक्ष जितेन्द्र पटेल, गैसस महासंघ पर्साका पूर्व अध्यक्षद्वय अधिवक्ता कमल मोहन पोखरेल, सुरेश कुशवाहा, हस्क पावर नेपालका निर्देशक मनोज गुप्ता, हेल्भटास नेपालका कार्यकारी अधिकृत शिवचरण रौनियारलाई महासंघले सम्मान गरेकाे हाे ।

महासंघ पर्साका अध्यक्ष छठु साहको अध्यक्षतामा भएको अधिवेशन उद्घाटन समारोहमा पकहा मैनपुर गाउँपालिकाका अध्यक्ष सुरेश मेहता, गैसस महासंघका केन्द्रिय उपाध्यक्ष ध्रुव देव, कोषाध्यक्ष नानुमाया थापा, केन्द्रिय सदस्य स्वेता जयसवाल, कृषि ज्ञान केन्द्रका प्रमुख मुनिलाल प्रसाद रौनियार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बारा–रौतहटका औषधि पसलमा विभागको छापा, ४ फार्मेसी सिल र ३ बन्द

वीरगंज । बारा र रौतहटका विभिन्न स्थानमा विना इजाजत तथा विना फर्मासिस्ट औषधि पसल सञ्चालन भइरहेको उजुरीपछि औषधि व्यवस्था विभागको टोलीले अनुगमन तीव्र बनाएको...

पर्सामा १०९ किलो गाँजा बरामद, बोलेरोसहित दुई जना पक्राउ

वीरगंज । पर्सा प्रहरीले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार...

जनकपुरधाममा मधेश प्रदेश युथ समिट सम्पन्न, ७ बुँदे घोषणापत्र जारी

वीरगंज । मधेश प्रदेशका युवाका सवाल, सुशासन, डिजिटल अधिकार र सामाजिक न्यायका विषयमा केन्द्रित ‘मधेश प्रदेश युथ समिट २०२६’ ७ बुँदे जनकपुरधाम घोषणापत्र जारी...