Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026
Home Blog Page 577

माटो परीक्षण शिविर सम्पन्न

0

वीरगंज । कृषि ज्ञान केन्द्र पाल्पा तानसेनको आयोजनामा तिनाउ गाउँपालिकामा आइतबार नि:शुल्क माटो परीक्षण शिविर सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र पाल्पाकाे आर्थिक तथा प्राविधिक सहयोगमा भएकाे शिविरमा गाउँपालिका अन्तर्गत पर्ने वडा नं १, २, ३ र ४ कृषकहरुले खेतबारीबाट ल्याएको १४७ वटा नमुना माटोको पि.एच., नाईट्रोजन, फास्फोरस र पोटासको मात्रा कीटबक्सको माध्यमबाट परिक्षण गरिएको थियाे ।  

कार्यक्रमका प्रमुख अतिथी तिनाउ गाउँपालिकामा अध्यक्ष प्रेम प्रसाद श्रेष्ठले माटोको वस्तु स्थिति बुझेर खेती योग्य जमीनको गुणस्तर कायम राख्न र दिगो रुपमा उर्वरता राख्नको लागि पालिकाबाट ठोस किसिमको कार्यक्रम ल्याउने वताए । पालिका अध्यक्ष प्रेम प्रसाद श्रेष्ठले प्रतिवद्धता जनाए ।

तिनाउ गाउँपालिकामा आयाेजित कार्यक्रम पहिलो भएकाे कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले वताइन । उनले अब यसको नतिजाको आधारमा अगामी दिनमा हामीले तोकिएको क्लष्टर अनुसार माटो र मलखाद सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने जाननकारी दिइन ।

लुम्बिनी प्रदेश सरकारको प्राथमिकतामा याे कार्यक्रम रहेको वताउँदै उनले पाल्पा जिल्लाको सबै पालिकामा यस्तो कार्यक्रम संचालन गर्ने याेजना रहेकाे जानकारी गराइन ।

कृषि ज्ञान केन्द्र पाल्पा का प्रमुख कामना अधिकारीकाे अध्यक्षता र तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमम गाउँपालिका उपाध्यक्ष लाल बहादुर थापा, गाउँपालिकाका प्रवक्ता तथा वडा नं २ का अध्यक्ष यादव प्रसाद अर्याल, प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, कृषि ज्ञान केन्द्रको बाली संरक्षण अधिकृत मिलन गैरे, बाली संरक्षण अधिकृत लवकुश कुर्मी, तिनाउ गाउँपालिका कृषि शाखा प्रमुख हेमन्त कुमार शर्मा, पालिकाको पशु सेवा शाखा प्रमुख मनिश अधिकार, दोभान मा. वि.का कृषि प्रशिक्षक प्रदिप शर्मा लगायत कृषकहरु उपस्थिति रहेको थियो ।

तिनाउ गाउँपालिकाको कार्यालय परिसरमा भएकाे कार्यक्रमकाे सञ्चालन तथा सहजिकरण कृषि ज्ञान केन्द्र पाल्पाका ना प्रा स बिरेन्द्र प्रसाद साहले गरेका ‍थिए ।

किसानबाट प्राप्त १४७ वटा नमुना विश्लेषण गर्दा प्रायः माटोको पि. एच. तथष्ट रहेको र नाईट्रोजन फास्फोरस र पोटास न्युन मात्रामा देखिएको भनेर माटो परीक्षण प्राविधिक टोलीका नेतृत्व गर्नु भएको बाली संरक्षण अधिकृत लवकुश प्रसाद कुर्मीले जानकारी दिए ।

वीरगंजकाे ट्रायल सेन्टरबाट नक्कली परीक्षार्थी पक्राउ

0

वीरगंज । प्रहरीले वीरगंजकाे ट्रायल सेन्टरबाट २ जना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका-२४ रामगढवा निवासी २० वर्षीय सर्दुन अन्सारी रहेका छन् ।

उनले पर्सा सखुवा प्रसौनी गाउँपालिका वडा नं. ३ निवासी ३६ वर्षीय निजामोद्दीन अन्सारीको लिखित परिक्षाको लागी कृते हाजिरी गरेकाेमा दुबै जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले दुवैजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता निर्मल बुढाथाेकीले जानकारी दिए । दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकाे प्रवक्ता बुढाथाेकीले वताए ।

बारामा २४ जनालाई व्हीलचेयर वितरण

0

वीरगंज । उपकार सेवा नेपालको सहयोगमा नेपाल अपाङ्ग सेवा संघ बाराले २४ जनालाई व्हीलचेयर वितरण गरेकाे छ । शारिरीक अपाङ्गहरुलाई हिडडुल गर्न सहयोग पुग्ने उद्देश्यले उक्त व्हीलचेयर वितरण गरिएको समाजिक अभियान्ता प्रकाश थारुले बताए ।

गत हप्ता वीरगंजमा आयोजना गरिएको व्हीलचेयर वितरण कार्यक्रममा २९ जनालाई सहयोग गरिएको थियो । सोही कार्यक्रम अन्तर्गत बारा जिल्लाको सिमरामा एक कार्यक्रम गरि आवश्यकता भएकाहरुलाई व्हीलचेयर सहयोग गर्ने योजना रहेको बताइएको छ ।

शनिबार भएकाे कार्यक्रममा महेश बगेडिया, पदमा सरावगी, बिधा सरावगी लगायतको उपस्थिति रहेको दिपू वर्णवालले जानकारी गराए ।

गोढ समाजको बैठक सम्पन्न

0

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ कट्टिबलुवामा गोढ समाजको बैठक सम्पन्न भएको छ । नेपाल गोढ समाज उत्थान समितीका अध्यक्ष सुनित साहको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा समितीले हाल सम्म गरेको कार्य प्रगतिको बारेमा अध्यक्ष साहले चर्चा गरेका थिए । साहले मधेशी आयोगले प्रकाशित गरेका पुस्तकमा गोढ समुदायको नाम ४२ औं नम्बरमा सुचिकृत गर्दा केहि थर छुट्न गएकोमा त्यसलाई सच्याउन समितिले निवेदन दिएको जानकारी गराएका थिए ।

उनले “गोढ र गोंड दुवै एउटै जाति भएको र मधेशी आयोगले प्रकाशित पुस्तकामा गोंड मात्र उल्लेख गरिएकोले भबिष्यमा नामको कारण समस्या आउन सक्ने भएकोले त्यसलाई सच्याउन निवेदन दिएको जानकारी दिए” ।

यसैगरी बैठकमा कोषाध्यक्ष प्रहलाद गुप्ताले समितिको आय व्ययको बारेमा जानकारी गराएका थिए भने पर्सा जिल्ला अध्यक्ष मनोज साहले संस्थाले हाल सम्म गरेका काम कारवाहीको बारे प्रस्ष्ट पारेका थिए ।

सो अवसरमा स्थानिय तहमा निर्वाचित कालिकामाई गाँउपालिका वडा नम्बर ४ का वडाध्यक्ष संजय साह, पोखरीया नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सोनालाल साह र स्वास्थयकर्मी प्रभास साहलाई सम्मानित गरिएको थियो ।

बैठकको सहजीकरण राकेश साहले गरेका थिए भने बैठकमा पर्साका बिभिन्न गाँउका गोढ समुदायको अगुवा व्यक्तिहरुको उपस्थिती थियो ।  .

धाेबिनीमा एक महिने सिलाई कटाई तालिम सुरु

0

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकामा वडा नं. ३ गुलरियामा शनिबारदेखि एक महिने सिलाई कटाई तालिम सुरु भएकाे छ । गुलरियाकाे धर्मशालामा सुरु भएकाे तालिमकाे एक कार्यक्रमकाे बिच गाउँपालिका अध्यक्ष मदन प्रसाद चाैहानले उद्घाटन गरेका हुन् ।

तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष चाैहानले तालिमले महिलाहरु आत्मनिर्भर हुने वताए । उनले तालिमबाट सिप सिकेर महिलाहरुले आयआर्जनकाे लागि प्रयाेग गर्नु पर्ने वताए ।

धाेबिनी गाउँपालिकाकाे सहयाेग र आरआर डेभलाेपमेन्ट स्किल प्रालिकाे आयाेजनामा सुरु भएकाे तालिममा स्थानिय २० जना महिलाकाे सहभागिता रहेकाे आयाेजक संस्थाका आदित्य पटेलले जानकारी दिए । 

धाेबिनी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष राजकिशाेर प्रसाद कुर्मीकाे अध्यक्षतामा भएकाे तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मंजु देवी, नेपाली कांग्रेसका नेता श्यामकिशाेर प्रसाद कुर्मी, धाेबी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष अवास मियाँ, गाउँ कार्यपालिका सदस्य साेवावती देवी, रिना देवी, नन्दकिशाेर प्रसाद कुर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

नेत्रज्योति संघ पर्साकाे सभापतिमा भागवती चाैधरी निर्वाचित

0

वीरगंज । नेपाल नेत्रज्योति संघ पर्सा जिल्ला शाखाको निर्वाचन शनिबार सम्पन्न भएकाे छ । वीरगंजकाे माइस्थान अतिथि सदनमा सम्पन्न निर्वाचनमा संघकाे सभापतीमा भगवती प्रसाद चौधरी निर्विराेध निर्वाचित भएका छन् ।

संघकाे सदस्यमा निर्वतमान सभापति मधु राणा, श्याम कुमार पोखरेल, मदन प्रसाद गुप्ता, महन्थ प्रसाद गुप्ता, गणेश शाह, सिताराम उपाध्याय, उमेश गुप्ता, सन्तोष जयसवाल, सुरेन्द्र रन्जितकार, प्रदिप केडिया, सुनिता नेपाल, उमेश साह कानु र दिपिका श्रेष्ठ निर्वाचित भएको रेडक्रस पर्साका राजन श्रीवास्तवले वताए ।

निर्वाचित सबै जनालाई निर्वाचन अधिकृत नेत्रज्योति संघ प्रदेश समितिका रबिन्द्र चौधरीले प्रमाण प्रत्र वितरण गर्नुका साथै वरिष्ठ उपाध्यक्ष श्याम कुमार पोखरेलले सबैलाइ संघको आचारसंहिता एवं सपथग्रहण गराएका थिए ।

संघका सभापति श्रीमती मधुराणाको सभापतित्वमा भएको निर्वाचन कार्यक्रमकाे उद्घाटन नेत्रज्योति संघ केन्द्रीय कार्यालयका वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेल गरेका थिए भएको थिए ।

निर्वाचन कार्यक्रममा आजिवन सदश्य सुरेन्द्र सरार्फ, राजन कुमार श्रीवास्तव, मधु उपाध्याय, प्रकाश वर्मा, फुलमहम्मद मियाँ, बिरेन्द्र राज कंडेल, ग्यासुदिन मियाँ देवान, ओम प्रकाश जयासवाल, सुनिता गौतम, शिवजी साह लगायतको उपस्थिति रहेको थियाे ।

शिक्षक संघ जगरनाथपुरकाे दोश्रो अधिवेशन सम्पन्न

0
वीरगंज । नेपाल शिक्षक संघ जगरनाथपुर गाउँपालिकाकाे दोश्रो स्थानीय अधिवेशन शुक्रबार सम्पन्न भएकाे छ । श्री नेरा आधारभुत विद्यालय सन्ठीमा सम्पन्न अधिवेशनले रुपनारायण साहकाे अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ ।
 
समितिकाे उपाध्यक्षमा भगवती वाेगटी, प्रभु राम, सचिवमा शाैकत अलि अंसारी, उन्नतिलाल प्रसाद कुर्मी, सह सचिव लालबाबु प्रसाद पटेल, सम्झना वाेग्टी, सुरेश प्रसाद यादव, हसमाेदिन राउत गद्दी, हृदयनारायण गुराे चयन चएका छन् ।
 
यसैगरी समितिकाे सदस्यमा संजय प्रसाद श्रीवास्तव, भागवती कुमारी, माेहन प्रसाद साह, सत्येन्द्र राम, राकेश प्रसाद कुशवाहा, राजेश प्रसाद यादव, अरुण कुमार यादव, सुगान्धी देवी, शशिकान्त गाेलदार, पुजा कुमारी, मालती कुमारी सर्वसहमत चयन भएका छन् ।
 
अधिवेशनकाे उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य रमेश रिजालले गरेका थिए ।
 
लालदेव प्रसाद यादवकाे अध्यक्षतामा भएकाे अधिवेशन उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति एवम् प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य शंकर चाैधरी, कांग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति एवम् जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज प्रसाद यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

पर्साबाट दाेस्राे पटक निर्वाचित सिंगासन साह बने खानेपानी मन्त्री

0

वीरगंज । मधेश प्रदेशको खानेपानी तथा ऊर्जा विकास मन्त्रीमा पर्साका सिंगासन साह कलवार नियूक्त भएका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर ४(२) बाट निर्वाचित प्रदेश सभा सदस्य कलवारलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले खानेपानी तथा ऊर्जा मन्त्रीमा नियुक्त गरेका हुन् ।

कलवारले शुक्रबार शपथ ग्रहण पनि गरेका छन् । उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

कलवार जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

कलवारसँगै मधेश प्रदेशको शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रीमा महेशप्रसाद यादव, सामाजिक विकास मन्त्रीमा सुरीता कुमारी साह, गृह तथा सञ्चार मन्त्रीमा सत्रुधन प्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीमा राजकुमार लेखी, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीमा मोहम्मद जयद आलम, सामाजिक विकास राज्यमन्त्रीमा शेख अबुल कलाम आजाद, गृह तथा सञ्चार राज्यमन्त्रीमा केशव राय र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा सञ्‍जयकुमार यादव नियुक्त भएका छन् ।

नवनियूक्त सम्पूर्ण मन्त्रीहरुले आजै प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले सरोजकुमार यादवलाई भौतिक, पूर्वाधार विकास मन्त्री, सञ्‍जयकुमार यादवलाई अर्थ मन्त्री र बसन्तकुमार कुशवाहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका थिए ।

माओवादी सहभागी भएन

मन्त्रालय भागवण्डाप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र भने सरकारमा सहभागी भएन ।

सरकार गठन भएको झण्डै एक महिनापछि एमालेलाई ४, जनता समाजवादी पार्टी (जसपा)लाई ३, जनमतलाई २ र माओवादी केन्द्रलाई एक मन्त्रालयको भागवण्डा भयो ।

मुख्यन्त्री यादवले माओवादीलाई उद्योग, पर्यटन तथा वन मन्त्रालय लिन प्रस्ताव गरे । तर माओवादी २ मन्त्रालय पाउनुपर्ने अडान राख्दै सरकारमा सहभागी भएन । मुख्यमन्त्री यादवले पनि माओवादीलाई छाडेर मन्त्रिपरिषद् विस्तार गरे ।

वेब सिरिज ‘मिस स्कार्लेट’ को टोली छायांकनका लागि वीरगंजमा

0

वीरगंज । वेब सिरिज ‘मिस स्कार्लेट’ को छायांकन बिहिवारदेखि सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीले निर्माण गर्न लागेको वेब सिरिज ‘मिस स्कार्लेट’ को छायांकन वीरगञ्जदेखि सुरु भएको हो ।

वीरगञ्जकै सेरोफेरो र यहाँकै कथा वस्तुमा आधारित सिरिजलाई पर्साकै बिन्दवासिनी गाउँपालिका वडा नम्बर २ बहुअर्वाभाठा निवासी बलिराम चौहानले निर्देशन गरीरहेका छन् । सिरिजको कथा पनि चौहानले नै लेखेका हुन् । साइको, सस्पेन्स र थ्रिलर सम्बन्धी कथा वस्तु सिरिजमा हेर्न सकिने निर्देशक चौहानले बताए ।

४ वर्षदेखि कथा फुरेपनि त्यही कथाको विषयवस्तुलाई बलियो र दर्शकले हेर्न लायक बनाउन मेहनत गर्नुपरेको स्मरण गर्दै चौहानले भने, ‘कथा लेखेर मात्रै नहुने रहेछ, धेरै कुराहरु मिल्नुपर्ने रहेछ । सुरुमा मैले यही कथालाई ‘चकलेट’ शीर्षक दिएको थिएँ, तर पछि धेरै कुराहरु काटछाँट गरेर कान्तिपुर फिल्म एकेडेमीसँग भेटेर छलफल गरेपछि कथाको छायांकनको काम सुरु गरेका छौँ ।’

लेखक र निर्देशक चौहानसँगै सिरिजमा मुख्य भूमिकामा देखिने कलाकार पनि वीरगञ्जकै हुन् । वीरगञ्ज महानगरपालिका वडा नम्बर १३ राधेमाई निवासी १८ वर्षीय कुल श्रेष्ठ (कमल ओझा) मुख्य कलाकारको रुपमा देखिदैछन् । उनी वीरगञ्जकै ग्लोबल बिजनेस कलेजमा कक्षा १२ मा अध्ययनरत छन् ।

‘अभिनयमा रुची भएपनि अवसरको खोजीमा थिएँ, त्यही समयमा यति ठूलो सिरिजमा मुख्य भूमिकामा अभिनय गर्न पाउनु मेरो लागि पनि गर्वको कुरा हो’, श्रेष्ठले थपे, ‘यो मेरो ड्रिम रोल हो, निर्माण पक्षले म माथि गरेको विश्वासलाई जित्न र कथालाई न्याय गर्न सक्छु भन्ने आत्मविश्वास छ ।’ श्रेष्ठसँगै गीत बिष्ट पनि प्रमुख भूमिकामा छिन् ।

आलिशा बास्तोला, शबी थापा, दिलिप नेपाल, सुमित्रा अधिकारी, कपिल रसाईली लगायतको अभिनय सिरिजमा देख्न सकिने कान्तिपुर फिल्म एकेडेमीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) प्रकाश पुरीले जानकारी दिए । बलिराम चौहानले फिल्म बनाउने भनेर कथा ल्याएपनि कान्तिपुर फिल्म एकेडेमीले फिल्मभन्दा पनि वेब सिरिज बनाउन उपयुक्त ठानेर सिरिजको छायांकन सुरु गरिएको उनले बताए ।

पछिल्लो समय चलचित्रभन्दा पनि वेब सिरिजप्रतिको आकर्षण बढ्दै गइरहेको बताउँदै उनी भन्छन्, ‘विश्व बजारमा पनि फिल्मभन्दा वेब सिरिजप्रतिको आकर्षण बढ्दै गएको छ, हाम्रै छिमेकी देश भारतका चर्चित कलाकारहरु फिल्मभन्दा पनि सिरिजमै बढी व्यस्त देखिन्छन् ।

त्यसकै परिणामस्वरुप नेपालमा पनि बिस्तारै सिरिजको माहोल बन्दै गइरहेको छ ।’ चलचित्र हलहरुमा पनि व्यापार नहुने र दर्शहरुलाई पनि हलसम्म पुग्न भन्दा नेटफ्लिक्स, एमेजोन लगायतका डिजिटल प्लेटफर्महरुमा हेर्न सहज हुने अवस्थालाई मध्यनजर गर्दै सिरिज बनाउन सुरु गरिएको पुरीको भनाई छ ।

पुरीका अनुसार २ हप्तासम्म वीरगञ्जमै छायांकन हुने सिरिज ६ एपिसोडसम्मको हुनेछ । आगामी बैशाखदेखि टेलिभिजन र डिजिटल प्लेटफर्ममार्फत यसलाई रिलिज गर्ने कान्तिपुर फिल्म एकेडेमीको योजना छ । निर्देशक बलिराम चौहानलाई सुदिप कुवँर र अनिता स्याङ्वो र बिशाल राईले सघाइरहेका छन् ।

सुदिप मुख्य सहायक निर्देशकको रुपमा यस सिरिजसँग जोडिएका छन् भने अनिता सहायक निर्देशकको रुपमा आवद्ध भएकी छिन् । सुदिपले यसअघि छक्कापञ्जा, नाई नभन्नु ल, प्रदेशी लगायतका चलचित्रहरुमा पनि सहायक निर्देशकको रुपमा काम गरीसकेका छन् भने अनिताले पनि ‘नाई नभन्नु ल ६’ मा सहायक निर्देशकको रुपमा काम गरेको अनुभव बटुलीसकेकी छिन् ।

टलकजंग भर्सेस टुल्के, ठूली, श्री लगायतका चलचित्रको छायांकन गरेका छायांकर शेर बहादुर तामाङ्ले सिरिजको छायांकन गरीरहेका छन् । छायांकनमा तामाङ्लाई बिनोद क्षेत्री, गणेश दुलाल, जेमिन राइ र अर्नब श्रेष्ठले सघाइरहेका छन् ।

विशेष गरी अभिनय, छायांकन, भिडियो इडिटींग लगायतका विषयमा अध्ययन एवम् अध्यापन गराउने कान्तिपुर फिल्म एकेडेमीले यसअघि ‘म’ चलचित्र बनाएको छ । यसका साथै अन्य विभिन्न शर्ट मुभी र विभिन्न परियोजनामा वृत्तचित्रहरु समेत बनाइसकेको एकेडेमीले जनाएको छ ।

महात्मा गान्धी मार्ग नामाकरण अनावरण समाराेह स्थगीत

0

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १४ प्रिपा स्थित सडकको नामाकरण अनावरण समारोह स्थगीत गरिएको छ ।

वीरगंज महानगरपालिकाले पिप्रा स्थित नवनिर्मित लिंक रोडलाई महात्मा गान्धी मार्ग नामाकरणका लागि बिहीबार आयाेजना हुने कार्यक्रम स्थगित भएकाे महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।

बिहिबार हुने समाराेहमा मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट संयुक्त रुपमा नामाकरण शिलान्यास अनावरण गराउने तय गरिएकाे थियो । तर बुधबार महानगनगरले एक सूचना जारी गर्दै सडक नामाकरण अनावरण समारोह हालका लागि स्थगीत गरिएको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले जारी गरेको सूचनामा महानगर भित्रको ऐतिहासिक पिपरा क्षेत्रमा अवस्थित पशुपतिनाथ मन्दिर, पिपरा मठ र लक्ष्मणवा पार्कको सौन्दर्यकरण तथा संरक्षण गर्ने योजना अगाडि बढिरहेको सन्दर्भमा यस बारे अनेकथरीका दुष्प्रचार गर्ने प्रयास गरिएकोमा महानगरको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

माघ १९ गते बिहीबार वीरगंज १४ पिपरा क्षेत्रमा आयोजना हुने भनिएको सडक नामाकरण अनावरण कार्यक्रम हाललाई स्थगीत गरिएको सुचनामा जनाइएको छ ।

वीरगंज महानगरका मेयर राजेशमान सिंहले सडक अनावरण कार्यक्रमलाई दुष्प्रचार गरेर विवादीत बनाउन खोजिएपछि भारतीय राजदूत जस्तो व्याक्तित्वलाई बोलाएर विवादीत बनाउन उपयुक्त नदेखिएकाले हालका लागि उक्त कार्यक्रम स्थगीत मात्र गरिएको बताए । उनले यस बारेमा सरोकारवालासंग परामर्श गरेर उक्त कार्यक्रम आयोजना गरिने पनि बताए ।

यस अघि पिपरास्थित लिंक रोडलाई महात्मा गान्धी मार्ग नामाकरण गर्न लागिएकाे कार्यकाे व्यापक विराेध भएकाे थियाे ।