Date
सोम, अशोज १२, २०८३
Mon, September 28, 2026

पर्साबाट दाेस्राे पटक निर्वाचित सिंगासन साह बने खानेपानी मन्त्री

spot_img
spot_img

वीरगंज । मधेश प्रदेशको खानेपानी तथा ऊर्जा विकास मन्त्रीमा पर्साका सिंगासन साह कलवार नियूक्त भएका छन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर ४(२) बाट निर्वाचित प्रदेश सभा सदस्य कलवारलाई मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले खानेपानी तथा ऊर्जा मन्त्रीमा नियुक्त गरेका हुन् ।

कलवारले शुक्रबार शपथ ग्रहण पनि गरेका छन् । उनलाई प्रदेश प्रमुख हरिशंकर मिश्रले पद तथा गोपनियताको शपथ ग्रहण गराएका छन् ।

कलवार जनता समाजवादी पार्टी नेपाल (जसपा) बाट दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

कलवारसँगै मधेश प्रदेशको शिक्षा, विज्ञान, प्रविधि तथा वाणिज्य मन्त्रीमा महेशप्रसाद यादव, सामाजिक विकास मन्त्रीमा सुरीता कुमारी साह, गृह तथा सञ्चार मन्त्रीमा सत्रुधन प्रसाद सिंह, कानून, न्याय तथा प्रदेशसभा मामिला मन्त्रीमा राजकुमार लेखी, महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्रीमा मोहम्मद जयद आलम, सामाजिक विकास राज्यमन्त्रीमा शेख अबुल कलाम आजाद, गृह तथा सञ्चार राज्यमन्त्रीमा केशव राय र भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा सञ्‍जयकुमार यादव नियुक्त भएका छन् ।

नवनियूक्त सम्पूर्ण मन्त्रीहरुले आजै प्रदेश प्रमुख हरिशंकर मिश्रबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।

यसअघि मुख्यमन्त्री सरोजकुमार यादवले सरोजकुमार यादवलाई भौतिक, पूर्वाधार विकास मन्त्री, सञ्‍जयकुमार यादवलाई अर्थ मन्त्री र बसन्तकुमार कुशवाहलाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नियुक्त गरेका थिए ।

माओवादी सहभागी भएन

मन्त्रालय भागवण्डाप्रति असन्तुष्टि जनाउँदै माओवादी केन्द्र भने सरकारमा सहभागी भएन ।

सरकार गठन भएको झण्डै एक महिनापछि एमालेलाई ४, जनता समाजवादी पार्टी (जसपा)लाई ३, जनमतलाई २ र माओवादी केन्द्रलाई एक मन्त्रालयको भागवण्डा भयो ।

मुख्यन्त्री यादवले माओवादीलाई उद्योग, पर्यटन तथा वन मन्त्रालय लिन प्रस्ताव गरे । तर माओवादी २ मन्त्रालय पाउनुपर्ने अडान राख्दै सरकारमा सहभागी भएन । मुख्यमन्त्री यादवले पनि माओवादीलाई छाडेर मन्त्रिपरिषद् विस्तार गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अध्यादेशको दुरुपयोग गरेर पदाधिकारी हटाइयो : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले अध्यादेशको दुरुपयोग गरेको आरोप लगाएका छन् । अध्यादेशमार्फत ठूलो संख्यामा सार्वजनिक...

दाहसंस्कार गर्न गएका वृद्ध खोलामा डुबेर बेपत्ता

सर्लाही । सर्लाहीको गोडैतामा छिमेकीको दाहसंस्कारमा  सामेल भएका एक वृद्ध लखन्देही सोतीमा डुबेर बेपत्ता भएका छन् । आज दिउँसो गोडैता नगरपालिका–१, बहादुरपुरका ७० वर्षीय छित्नु...

मधेस प्रदेशको पहिलो सार्वजनिक वित्त व्यवस्थापन मूल्याङ्कन प्रतिवेदन सार्वजनिक

जनकपुरधाम । मधेस प्रदेश सरकारले सार्वजनिक वित्त व्यवस्थापन (पीएफएम) प्रणालीको पहिलो मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गरेको छ । प्रदेश सरकार, एसियाली विकास बैंक (एडीबी) र नेपाल...