Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

महात्मा गान्धी मार्ग नामाकरण अनावरण समाराेह स्थगीत

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर १४ प्रिपा स्थित सडकको नामाकरण अनावरण समारोह स्थगीत गरिएको छ ।

वीरगंज महानगरपालिकाले पिप्रा स्थित नवनिर्मित लिंक रोडलाई महात्मा गान्धी मार्ग नामाकरणका लागि बिहीबार आयाेजना हुने कार्यक्रम स्थगित भएकाे महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।

बिहिबार हुने समाराेहमा मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवबाट संयुक्त रुपमा नामाकरण शिलान्यास अनावरण गराउने तय गरिएकाे थियो । तर बुधबार महानगनगरले एक सूचना जारी गर्दै सडक नामाकरण अनावरण समारोह हालका लागि स्थगीत गरिएको जनाएको छ ।

प्रमुख प्रशासकीय अधिकृत पौडेलले जारी गरेको सूचनामा महानगर भित्रको ऐतिहासिक पिपरा क्षेत्रमा अवस्थित पशुपतिनाथ मन्दिर, पिपरा मठ र लक्ष्मणवा पार्कको सौन्दर्यकरण तथा संरक्षण गर्ने योजना अगाडि बढिरहेको सन्दर्भमा यस बारे अनेकथरीका दुष्प्रचार गर्ने प्रयास गरिएकोमा महानगरको गम्भिर ध्यानाकर्षण भएको उल्लेख छ ।

माघ १९ गते बिहीबार वीरगंज १४ पिपरा क्षेत्रमा आयोजना हुने भनिएको सडक नामाकरण अनावरण कार्यक्रम हाललाई स्थगीत गरिएको सुचनामा जनाइएको छ ।

वीरगंज महानगरका मेयर राजेशमान सिंहले सडक अनावरण कार्यक्रमलाई दुष्प्रचार गरेर विवादीत बनाउन खोजिएपछि भारतीय राजदूत जस्तो व्याक्तित्वलाई बोलाएर विवादीत बनाउन उपयुक्त नदेखिएकाले हालका लागि उक्त कार्यक्रम स्थगीत मात्र गरिएको बताए । उनले यस बारेमा सरोकारवालासंग परामर्श गरेर उक्त कार्यक्रम आयोजना गरिने पनि बताए ।

यस अघि पिपरास्थित लिंक रोडलाई महात्मा गान्धी मार्ग नामाकरण गर्न लागिएकाे कार्यकाे व्यापक विराेध भएकाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पकाहाँ मैनपुरमा कांग्रेसका केन्द्रीय सदस्य क्षेत्रीलाई स्वागत तथा सम्मान

वीरगंज । नेपाली कांग्रेस पर्साका जिल्ला सभापति तथा नवनिर्वाचित केन्द्रीय सदस्य जनार्दन सिंह क्षेत्रीलाई पर्साको पकाह मैनपुर गाउँपालिका–३ मा आयोजित एक कार्यक्रमबीच स्वागत तथा...

वीरगंजका बैंकलाई सांसद पन्तको आग्रह : यहाँको नाफाको सीएसआर यहीँ खर्च गरौँ

वीरगंज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति एवं प्रतिनिधिसभा सदस्य हरि पन्तले वीरगन्जमा व्यवसाय सञ्चालन गरी नाफा कमाइरहेका बैंकहरूलाई आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्व...

दसैँमा समेत तलब नपाएपछि सखुवाप्रसौनीका प्रधानाध्यापकद्वारा ज्ञापनपत्र

सेढवा । पर्साको सखुवाप्रसौनी गाउँपालिकामा गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीचको विवादका कारण शिक्षक तथा कर्मचारीले दसैँमा समेत तलब पाउन नसकेको विषय सार्वजनिक भएको...