Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

नेत्रज्योति संघ पर्साकाे सभापतिमा भागवती चाैधरी निर्वाचित

spot_img
spot_img

वीरगंज । नेपाल नेत्रज्योति संघ पर्सा जिल्ला शाखाको निर्वाचन शनिबार सम्पन्न भएकाे छ । वीरगंजकाे माइस्थान अतिथि सदनमा सम्पन्न निर्वाचनमा संघकाे सभापतीमा भगवती प्रसाद चौधरी निर्विराेध निर्वाचित भएका छन् ।

संघकाे सदस्यमा निर्वतमान सभापति मधु राणा, श्याम कुमार पोखरेल, मदन प्रसाद गुप्ता, महन्थ प्रसाद गुप्ता, गणेश शाह, सिताराम उपाध्याय, उमेश गुप्ता, सन्तोष जयसवाल, सुरेन्द्र रन्जितकार, प्रदिप केडिया, सुनिता नेपाल, उमेश साह कानु र दिपिका श्रेष्ठ निर्वाचित भएको रेडक्रस पर्साका राजन श्रीवास्तवले वताए ।

निर्वाचित सबै जनालाई निर्वाचन अधिकृत नेत्रज्योति संघ प्रदेश समितिका रबिन्द्र चौधरीले प्रमाण प्रत्र वितरण गर्नुका साथै वरिष्ठ उपाध्यक्ष श्याम कुमार पोखरेलले सबैलाइ संघको आचारसंहिता एवं सपथग्रहण गराएका थिए ।

संघका सभापति श्रीमती मधुराणाको सभापतित्वमा भएको निर्वाचन कार्यक्रमकाे उद्घाटन नेत्रज्योति संघ केन्द्रीय कार्यालयका वरिष्ठ उपाध्यक्ष श्यामकुमार पोखरेल गरेका थिए भएको थिए ।

निर्वाचन कार्यक्रममा आजिवन सदश्य सुरेन्द्र सरार्फ, राजन कुमार श्रीवास्तव, मधु उपाध्याय, प्रकाश वर्मा, फुलमहम्मद मियाँ, बिरेन्द्र राज कंडेल, ग्यासुदिन मियाँ देवान, ओम प्रकाश जयासवाल, सुनिता गौतम, शिवजी साह लगायतको उपस्थिति रहेको थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चाडपर्वमा खाद्य स्वच्छता कायम गर्न व्यवसायीलाई विभागको निर्देशन

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै होटल, रेष्टुरेन्ट, मिठाइ पसल तथा भोजनालय सञ्चालकलाई खाद्य स्वच्छता...

भोटेकोशी बाढीः काभे्रका ३७ जनालाई मृत घोषणाको प्रक्रिया थालियो

काभ्रेपलाञ्चोक । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभे्रपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ । यसका लागि...

आश्विन शुक्ल षष्ठीः कात्यायनी देवीको विशेष पूजा आराधना गरिँदै

काठमाडौँ । दुर्गा पक्ष अर्थात् नवरात्रको छैटौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । प्रत्येक वर्ष...