Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

शिक्षक संघ जगरनाथपुरकाे दोश्रो अधिवेशन सम्पन्न

spot_img
spot_img
वीरगंज । नेपाल शिक्षक संघ जगरनाथपुर गाउँपालिकाकाे दोश्रो स्थानीय अधिवेशन शुक्रबार सम्पन्न भएकाे छ । श्री नेरा आधारभुत विद्यालय सन्ठीमा सम्पन्न अधिवेशनले रुपनारायण साहकाे अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ ।
 
समितिकाे उपाध्यक्षमा भगवती वाेगटी, प्रभु राम, सचिवमा शाैकत अलि अंसारी, उन्नतिलाल प्रसाद कुर्मी, सह सचिव लालबाबु प्रसाद पटेल, सम्झना वाेग्टी, सुरेश प्रसाद यादव, हसमाेदिन राउत गद्दी, हृदयनारायण गुराे चयन चएका छन् ।
 
यसैगरी समितिकाे सदस्यमा संजय प्रसाद श्रीवास्तव, भागवती कुमारी, माेहन प्रसाद साह, सत्येन्द्र राम, राकेश प्रसाद कुशवाहा, राजेश प्रसाद यादव, अरुण कुमार यादव, सुगान्धी देवी, शशिकान्त गाेलदार, पुजा कुमारी, मालती कुमारी सर्वसहमत चयन भएका छन् ।
 
अधिवेशनकाे उद्घाटन नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य रमेश रिजालले गरेका थिए ।
 
लालदेव प्रसाद यादवकाे अध्यक्षतामा भएकाे अधिवेशन उद्घाटन कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति एवम् प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री, प्रदेश सभा सदस्य शंकर चाैधरी, कांग्रेस पर्सा क्षेत्र नं. ४ का सभापति एवम् जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त प्रसाद यादव, शिक्षक महासंघ पर्साका अध्यक्ष तिर्थराज प्रसाद यादव लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...