Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

माटो परीक्षण शिविर सम्पन्न

spot_img
spot_img

वीरगंज । कृषि ज्ञान केन्द्र पाल्पा तानसेनको आयोजनामा तिनाउ गाउँपालिकामा आइतबार नि:शुल्क माटो परीक्षण शिविर सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र पाल्पाकाे आर्थिक तथा प्राविधिक सहयोगमा भएकाे शिविरमा गाउँपालिका अन्तर्गत पर्ने वडा नं १, २, ३ र ४ कृषकहरुले खेतबारीबाट ल्याएको १४७ वटा नमुना माटोको पि.एच., नाईट्रोजन, फास्फोरस र पोटासको मात्रा कीटबक्सको माध्यमबाट परिक्षण गरिएको थियाे ।  

कार्यक्रमका प्रमुख अतिथी तिनाउ गाउँपालिकामा अध्यक्ष प्रेम प्रसाद श्रेष्ठले माटोको वस्तु स्थिति बुझेर खेती योग्य जमीनको गुणस्तर कायम राख्न र दिगो रुपमा उर्वरता राख्नको लागि पालिकाबाट ठोस किसिमको कार्यक्रम ल्याउने वताए । पालिका अध्यक्ष प्रेम प्रसाद श्रेष्ठले प्रतिवद्धता जनाए ।

तिनाउ गाउँपालिकामा आयाेजित कार्यक्रम पहिलो भएकाे कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख कामना अधिकारीले वताइन । उनले अब यसको नतिजाको आधारमा अगामी दिनमा हामीले तोकिएको क्लष्टर अनुसार माटो र मलखाद सम्बन्धित कार्यक्रम सञ्चालन गर्ने जाननकारी दिइन ।

लुम्बिनी प्रदेश सरकारको प्राथमिकतामा याे कार्यक्रम रहेको वताउँदै उनले पाल्पा जिल्लाको सबै पालिकामा यस्तो कार्यक्रम संचालन गर्ने याेजना रहेकाे जानकारी गराइन ।

कृषि ज्ञान केन्द्र पाल्पा का प्रमुख कामना अधिकारीकाे अध्यक्षता र तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम प्रसाद श्रेष्ठकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रमम गाउँपालिका उपाध्यक्ष लाल बहादुर थापा, गाउँपालिकाका प्रवक्ता तथा वडा नं २ का अध्यक्ष यादव प्रसाद अर्याल, प्रमुख प्रशासकीय अधिकृत सुन्दर प्रसाद श्रेष्ठ, कृषि ज्ञान केन्द्रको बाली संरक्षण अधिकृत मिलन गैरे, बाली संरक्षण अधिकृत लवकुश कुर्मी, तिनाउ गाउँपालिका कृषि शाखा प्रमुख हेमन्त कुमार शर्मा, पालिकाको पशु सेवा शाखा प्रमुख मनिश अधिकार, दोभान मा. वि.का कृषि प्रशिक्षक प्रदिप शर्मा लगायत कृषकहरु उपस्थिति रहेको थियो ।

तिनाउ गाउँपालिकाको कार्यालय परिसरमा भएकाे कार्यक्रमकाे सञ्चालन तथा सहजिकरण कृषि ज्ञान केन्द्र पाल्पाका ना प्रा स बिरेन्द्र प्रसाद साहले गरेका ‍थिए ।

किसानबाट प्राप्त १४७ वटा नमुना विश्लेषण गर्दा प्रायः माटोको पि. एच. तथष्ट रहेको र नाईट्रोजन फास्फोरस र पोटास न्युन मात्रामा देखिएको भनेर माटो परीक्षण प्राविधिक टोलीका नेतृत्व गर्नु भएको बाली संरक्षण अधिकृत लवकुश प्रसाद कुर्मीले जानकारी दिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कांग्रेसको केन्द्रीय सदस्यमा पर्साका चार जना निर्वाचित, दुई नेता पराजित

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट पर्साका चार जना नेता केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् भने सहमहामन्त्री पदमा उम्मेदवारी दिएका पर्साकै नेता सुरेन्द्र प्रसाद...

वीरगञ्ज मेनरोड विस्तारको ठेक्का आह्वान, दुई खण्डमा काम हुने

वीरगञ्ज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार तथा स्तरोन्नतिका लागि ठेक्का प्रक्रिया अघि बढेको छ। सडक डिभिजन कार्यालय हेटौँडाले मितेरी पुलदेखि गण्डक चोकसम्मको सडकलाई...

दसैँ–तिहारमा चिनी अभाव हुन नदिन सरकारको तयारी

काठमाडौँ । दसैँ, तिहारलगायतका चाडपर्वमा चिनीको अभाव हुन नदिन खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले चिनीको मौज्दात व्यवस्थापन गरेको छ। कम्पनीसँग हाल झन्डै २२...