Date
आइत, कार्तिक २, २०८३
Sun, October 18, 2026

गोढ समाजको बैठक सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ कट्टिबलुवामा गोढ समाजको बैठक सम्पन्न भएको छ । नेपाल गोढ समाज उत्थान समितीका अध्यक्ष सुनित साहको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा समितीले हाल सम्म गरेको कार्य प्रगतिको बारेमा अध्यक्ष साहले चर्चा गरेका थिए । साहले मधेशी आयोगले प्रकाशित गरेका पुस्तकमा गोढ समुदायको नाम ४२ औं नम्बरमा सुचिकृत गर्दा केहि थर छुट्न गएकोमा त्यसलाई सच्याउन समितिले निवेदन दिएको जानकारी गराएका थिए ।

उनले “गोढ र गोंड दुवै एउटै जाति भएको र मधेशी आयोगले प्रकाशित पुस्तकामा गोंड मात्र उल्लेख गरिएकोले भबिष्यमा नामको कारण समस्या आउन सक्ने भएकोले त्यसलाई सच्याउन निवेदन दिएको जानकारी दिए” ।

यसैगरी बैठकमा कोषाध्यक्ष प्रहलाद गुप्ताले समितिको आय व्ययको बारेमा जानकारी गराएका थिए भने पर्सा जिल्ला अध्यक्ष मनोज साहले संस्थाले हाल सम्म गरेका काम कारवाहीको बारे प्रस्ष्ट पारेका थिए ।

सो अवसरमा स्थानिय तहमा निर्वाचित कालिकामाई गाँउपालिका वडा नम्बर ४ का वडाध्यक्ष संजय साह, पोखरीया नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सोनालाल साह र स्वास्थयकर्मी प्रभास साहलाई सम्मानित गरिएको थियो ।

बैठकको सहजीकरण राकेश साहले गरेका थिए भने बैठकमा पर्साका बिभिन्न गाँउका गोढ समुदायको अगुवा व्यक्तिहरुको उपस्थिती थियो ।  .

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरी दिवसमा एसएसपी रमेश थापा सम्मानित

काठमाडौं । नेपाल प्रहरीको ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) रमेश थापा सम्मानित हुनुभएको छ । प्रहरी संगठनमा व्यावसायिक दक्षता, अनुशासन,...

दशैँ–तिहारमा अनलाइन ठगीको जोखिम, ओटीपी र पासवर्ड सुरक्षित राख्न राष्ट्र बैंकको आग्रह

काठमाण्डौ । दशैँ, तिहारलगायत चाडपर्वका बेला अनलाइन ठगीका घटना बढ्न सक्ने भन्दै नेपाल राष्ट्र बैंकले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । राष्ट्र बैंकको वित्तीय...

आज तीन प्रदेशका हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

काठमाडौँ । नेपाल मौसम विज्ञान विभागले आज देशका विभिन्न हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ...