Date
आइत, अशोज २५, २०८३
Sun, October 11, 2026

धाेबिनीमा एक महिने सिलाई कटाई तालिम सुरु

spot_img
spot_img

वीरगंज । पर्साकाे धाेबिनी गाउँपालिकामा वडा नं. ३ गुलरियामा शनिबारदेखि एक महिने सिलाई कटाई तालिम सुरु भएकाे छ । गुलरियाकाे धर्मशालामा सुरु भएकाे तालिमकाे एक कार्यक्रमकाे बिच गाउँपालिका अध्यक्ष मदन प्रसाद चाैहानले उद्घाटन गरेका हुन् ।

तालिम उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष चाैहानले तालिमले महिलाहरु आत्मनिर्भर हुने वताए । उनले तालिमबाट सिप सिकेर महिलाहरुले आयआर्जनकाे लागि प्रयाेग गर्नु पर्ने वताए ।

धाेबिनी गाउँपालिकाकाे सहयाेग र आरआर डेभलाेपमेन्ट स्किल प्रालिकाे आयाेजनामा सुरु भएकाे तालिममा स्थानिय २० जना महिलाकाे सहभागिता रहेकाे आयाेजक संस्थाका आदित्य पटेलले जानकारी दिए । 

धाेबिनी गाउँपालिका वडा नं. ३ का वडाध्यक्ष राजकिशाेर प्रसाद कुर्मीकाे अध्यक्षतामा भएकाे तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मंजु देवी, नेपाली कांग्रेसका नेता श्यामकिशाेर प्रसाद कुर्मी, धाेबी गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष अवास मियाँ, गाउँ कार्यपालिका सदस्य साेवावती देवी, रिना देवी, नन्दकिशाेर प्रसाद कुर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

प्रहरीको ड्युटीअगाडि नै घण्टाघरबाट मोटरसाइकल चोरी

वीरगंज । वीरगंजको मुख्य चोक घण्टाघरबाट शनिबार साँझ एक मोटरसाइकल चोरी भएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीको ड्युटी रहने चोकबाटै मोटरसाइकल चोरी...

पर्सामा स्याहार अर्थतन्त्रमा सहकारी व्यवसाय मोडेलसम्बन्धी तालिम सुरु

वीरगंज । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) र राष्ट्रिय सहकारी महासंघको सहयोग तथा जिल्ला सहकारी संघ, पर्साको आयोजनामा सहकारी सदस्यहरूका लागि पाँचदिने ‘Start.CareCOOP’ स्याहार अर्थतन्त्रमा...

घण्टाघरमा गौतम समाज कल्याणको निःशुल्क भोजन सेवा

वीरगंज । गौतम माध्यमिक विद्यालयद्वारा सञ्चालित गौतम समाज कल्याण संस्थाले वीरगंजमा २४० जना गरिब, विपन्न तथा दैनिक ज्यालामजदुरी गरी जीविकोपार्जन गर्ने व्यक्तिलाई निःशुल्क भोजन...