Date
मङ्ल, मंसिर १, २०८३
Tue, November 17, 2026
Home Blog Page 551

उपेन्द्र यादव याेग्य व्यक्ति हुन्, उहाँ जित्नु पर्छ : सभापति देउवा

0

वीरगंज । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादव याेग्य व्यक्ति भएकाे वताएका छन् । 

बारामा गढीमाईमा आयाेजित ५ दलिय गठबन्धकाे वृहम आम सभालाई सम्बोदन गर्दै देउवाले जसपाका अध्यक्ष तथा बारा–२ का उम्मेदवार उपेन्द्र यादवले मधेश राम्रो काम गरेका कारण उनलाई जिताउँदै गठबन्धनलाई बलियो बनाउन आग्रह गरे ।

बारा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवारका रुपमा उपेन्द्र यादव योग्य भएको बताउँदै उनले भने, ‘उहाँ अत्यन्तै योग्य मान्छे हुनुहुन्छ । क्याबिनेटमा हामीले सँगै काम गरेका छौँ । उहाँले मधेश र मधेशको अधिकारका लागि क्याबिनेटमा मसँग कयौं पटक झगडा समेत गर्नुभयाे ।’

पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले यादवलाई मधेशका लागि सच्चा रुपले सम्पर्पित व्यक्ति भएको बताए । ‘उहाँले मधेशका लागि सच्चा मानेमा प्रतिबद्ध, योग्य र सम्पर्पित उम्मेदवारका रुपमा बारा-२ का बासिले उहाँलाई पाउनु भएको छ । मलाई लाग्छ उहाँलाई जिताउन अत्यावश्यक छ,’ देउवाले भने ।

उनले महागढीमाईलाई ऐतिहासिक ठाउँ भएको बताउँदै यसको विकास र समृद्धिको लागि पनि काम गर्नुपर्ने बताए ।

उपेन्द्र यादवको संसदमा आवश्यकता छ : प्रधानमन्त्री प्रचण्ड

0

वीरगंज । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्प कमल दहाल (प्रचण्ड)ले उपेन्द्र यादवको संसदमा आवश्यकता रहेकाे वताएका छन् । बाराको गढीमाईमा आयाेजित पांच दलिय गठबन्धनकाे बृहत आम शभालाई सम्बाेधन गर्दै प्रधानमन्त्री प्रचण्डले ५ दलिय गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवकाे जित सुनिश्चित रहेकाे समेत वताए ।

उनले भने “उपेन्द्र जिकाे संसदमा आवश्यकता छ, त्यही भएर उनी विशेष गरेर मेरै आग्रहमा उम्मेदवार भएका हुन् । उहाँलाई उम्मेदवार बनाउन हाम्राे पार्टीकाे भागमा परेकाे उपराष्ट्रपति मैले नै उहाँकाे पार्टीलाई दिएका हाैं ।”

उपेन्द्र यादवकाे जित उनकाे जित मात्र नभएर पाँच दलिय गठबन्धनको जित भएकाे समेत उनले वताए । उनले उपेन्द्र यादवको जितले नेपाली एकता कायम हुने र पुरै मधेस प्रदेश कै जित हुने वताए ।

उनले बारा क्षेत्र नं. २ का बासी भाग्यमानी रहेकाे वताउँदै उपेन्द्र यादव जिते क्षेत्र नं. २ सहित बारा जिल्ला कै विकास हुने दाबी गरे ।

आम सभामा उठेको गढिमाई विकास कोष गठनको प्रक्रिया पनि थालनी गरिने उनले वताए । उनले कोभिडको बेला बन्द भएको कभही छाेटी भन्सार पनि खुल्ला हुने वताए । उनले भने “यसका साथै बिधुतिय सिचाईको माध्यमले मधेश प्रदेशको सिचाईको समस्या समाधान गरिन्छ । निजगढ विमान स्थलको निर्माण कार्य पनि सुरु हुन्छ ।”

अनेकौ सडयन्त्र र जालझेल भईरहेको वताउँदै प्रचण्डले गठबन्धनलाई थप मजबुत बनाउन जसपा अध्यक्ष उपेन्द्र यादवलाई जिताएर पठाउन आग्रह समेत गरे । आम सभाकाे उपस्थिति देखेर उपेन्द्र जितकाे जित सुनिश्चित रहेकाे वताउँदै पाँच दलिय गठबन्धन क्षेत्रबासीकाे साथमा रहेकाे वताए ।

वीरगंजका युवा उद्यमी र उद्योगमन्त्री रिजाल बीच अन्तरक्रिया

0

वीरगंज । नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगंजले सङ्घीय सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालसँग अन्तरक्रिया गरेको छ । बुधबार वीरगंजस्थति पूजन होटलमा एक कार्यक्रमको आयोजना गर्दै एनवाइइएफ वीरगंजले उद्योगमन्त्री रिजालसँग अन्तरक्रिया गरेको हो ।

अन्तरक्रियाका क्रममा एनवाइइएफसँग आबद्ध युवा उद्यमीले व्यापार, व्यवसाय र उद्यम गर्ने क्रममा नेपाल सरकारको नीति, बैंक ब्याज लगायातका कारण भइरहेको समस्याका बारेमा मन्त्री रिजाललाई अवगत गराए । युवा उद्यमीले काम गरेर नेपालको अर्थतन्त्रमा योग्दान पुर्‍याउन चाहेपनि गलत नीति र महँगो करक कारण गर्न नसकेको उनीहरुको भनाई थियो । युवा उद्यमीलाई प्रोत्साहन गर्न नेपाल सरकारले कुनै ठोस योजनासमेत अगाडि नसारेको उनीहरुले गुनासो गरे ।

उद्योगमन्त्री आफ्नै जिल्लावासी भएपछि आफूहरुले धेरै अपेक्षा राखेको एनवाइइएफ वीरगंजका अध्यक्ष राकेश साहले बताए । नेपाल सरकार अन्तर्गतको उद्योग मन्त्रालयले ल्याउने महत्वपूर्ण योजनामा प्राय पर्सा जिल्ला छुट्ने गरेको बताउँदै उनले भने, ‘उद्योग मन्त्रालयले युवाको शिप विकास र क्षमता अभिवृद्धिका लागि धेरै कार्यक्रमहरु ल्याएपनि पर्साका युवाहरुले त्यसको फाइदा उठाउँन सकिरहेका छैनन् । प्राय कार्यक्रमहरु बारा, रौतहटसम्म सिमिति हुन्छन्, पर्सा जिल्लामा आउँदैनन् । नि:शुल्क रुपमा दिइने त्यस्ता शिपमूलक तालिम पर्सा जिल्लामा पनि आए यहाँका युवाले धेरै कुरा सिक्न सक्छन् ।’

रोजगारी आभावका कारण दैनिक हजारौँ युवा नेपाल छोडेर विदेश गइरहेको भयावय अवस्थाको बारेमा मन्त्री रिजाललाई जानकारी गराउँदै एनवाइइएफ वीरगंजका निवर्तमान अध्यक्ष अनुप कुमार अग्रवालले युवालाई देशमै रोक्न सही नीति निर्माण गर्दै उद्यम सञ्चालनका निमित्त सकारात्मक वातावरण बनाउँदै रोजगारीको अवसर सृजना गर्ने तर्फ सरकारको ध्यान जानुपर्ने बताए ।

बैंक ब्यादर र महँगो भन्सारमा शुल्कका कारण नेपालमा उद्योग सञ्चालन गर्दा यहाँका व्यवसायी दोहोरो मारमा परेको बताउँदै अग्रवालले भने, ‘मैले चलाएको उद्योगका लागि आवश्यक कच्चा पदार्थको भन्सार शुल्क महँगो छ । जति लागतमा मैले कच्चा पादार्थ ल्याउँछु त्यो भन्दा सस्तो दरमा भारतीय कम्पनिहरुले आफ्नो उत्पादन बेच्छन् । त्यसमाथि बैंकको महँगो ब्याजदरले हामी दोहोरो मारमा परेका छौँ । चाहेरपनि हामीले काम गर्न सकेका छैनौँ ।’

त्यस्तै उद्यमी विकास ठाकुरले नेपालमा क्रेडिट एक्ट नहुँदा बजारमा उधारो लिने दिने काम नै बन्द भएको सुनाउँदै भने, ‘समय मै उधारो लागेको पार्टीले पेमेन्ट नगर्ला भन्ने डरले बजारमा आज उधारोमा काम नै भइरहेको छैन । सबैसँग क्यासमा कारोबार गर्ने क्षमता हुँदैन, जसले गर्दा कयौं व्यवसाय बन्द हुने अवस्थामा पुगिसकेका छन् । नेपाल सरकारले राम्रो क्रेडिट एक्ट ल्याए यस्ता समस्याहरुको समाधान हुन्छ । उद्योगमन्त्रीका रुपमा यहाँबाट यसको लागि पहल होस् भन्ने हाम्रो चाहन छ ।’

बोरा उत्पादन गर्ने व्यवसायमा रहेका उद्यमी मोहित अग्रवालले कच्चा पदार्थको मूल्यवृद्धि, महँगो उत्पादन खर्च, सरकारी संयन्त्रको लापरवाही र भन्सार शुल्कका कारण निर्यातमुखी उद्योगपनि समस्यामा परेको जिकिर गरे । नेपालबाट हुने निर्यातमा लगातार कमि आइरहेको बेला देशबाट आफ्नो उत्पादन बाहिर पठाउँदै अर्थतन्त्र धान्न सहयोग गरिरहेका सिमित उद्योगलाई जोगाउने नीति निर्माण गर्नुपर्नेमा उनले जोड दिए ।

उद्यमीहरुको कुरा सुनेपछि उद्योगमन्त्री रिजालले आफू समस्या समाधान गर्न सकारात्मक रहेको बताए । उनले उद्यमीहरुलाई मन्त्रालय आएर विस्तृत रुपमा छलफल गर्ने निमन्त्रणा दिँदै भने, ‘हामी युवा उद्यमलाई प्रोत्साहन गर्ने चाहन्छौँ । यसका लागि के गर्नुपर्छ, कस्तो नीति निर्माण गर्नुपर्छ, कहाँ गएर कोसँग कुरा गर्नुपर्छ मलाई आएर भन्नुस, म सबै गर्न तयार छु । तपाईँहरु यसको लागि पूरा गृहकार्य गरेर कुनै दिन मन्त्रालय आउनुस् । सम्बन्धित सबै विभाग र फाँटका प्रमुखहरुसँग बसेर छलफल गर्दै यसको निचोड निकालौंला ।’

मन्त्री रिजालले आफू राजनीतिक प्राणि भएको र उधम, व्यापार, व्यवसायको बारेमा धेरै जानकारी नभएको बताउँदै भने, ‘म राजनीतिक प्राणि हुँ । आफ्नो पूरा जीवन जनताको सेवालाई समर्पित गरेको छु । उद्यम, व्यापार, व्यवसायको बारेमा धेरै कुरा जान्दिन, बुझ्ने क्रममा छु । यसमा मलाई तपाईँहरु जस्ता युवाको सहयोग चाहिन्छ । मलाई सफल पार्नु तपाईँहरुको पनि त दायित्व हो । मिलेर काम गरौँ, म विश्वस्त छु हामीले धेरै समस्याहरु समाधान गर्छौं ।’

कार्यक्रममा पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव, मन्त्री रिजालका स्वकीय सचिव राकेश यादव, नेपाली कांग्रेसका नेता नविन सिंहलगायतको उपस्थिति थियो । छलफलको सहजीकरण एनवाइइएफ वीरगंजका सदस्य एवम् सञ्चारकर्मी आशुकुमार सर्राफले गरेका थिए ।

हुण्डी कारोबारकाे आराेपमा ३ जना पक्राउ

0

वीरगंज ।  हुण्डी काराेबारकाे आराेपमा प्रहरीले ३ जनालाई पक्राउ गरेकाे छ । तीनै जनाकाे साथबाट स्राेत नखुलेकाे रु १९ लाख ५० हजार बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरिक्षक आशुतोष बहादुर शाहीको कमाण्डमा खटिएको विशेष टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं. ११ स्थित सडकखण्डबाट बाराकाे जितपुर सिमरा उपहमानगरपालिका वडा नं.७ बस्ने वर्ष ३२ को छठु महत्तोलाई नियन्त्रणमा लिएकाे हाे ।

विषेश सूचनाको आधारमा खटिएकाे प्रहरी टाेलीले बुधबार विहान ११:०० बजेकाे समयमा प्रदेश ३-०३-००१ प १२३३ नम्बरको मोटरसाइकललाई रोकी मोटरसाइकलमा सवार महताेकाे खानतलासी गर्दा निजले लगाएको हेल्मेट तथा माेटरसाइकलको वायाँ तर्फको भागमा फल्स बनाई लुकाइ छिपाई राखिएको श्रोत नखुलेको नेपाली रु. १४ लाख फेला परेको प्रहरीले जनाएकाे छ ।

महतोलाई विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा बुधबार नै पर्सा जिल्ला अदालतबाट ५ दिनकाे म्याद थप अनुमति प्रदान गरी  थप अनुसन्धान तथा कारवाही भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

 यसैगरी वीरगंज महानगरपालिका कै वडा नं.८ स्थित सडकखण्डबाट दुई जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरिक्षक आशुतोष बहादुर शाहीको कमाण्डमा खटिएको टोलीले बारा कै परवानीपुर गा.पा.वडा नं.३ लिपनीमाल बस्ने वर्ष ३४ को कृष्ण प्रसाद सोनार र वर्ष ३९ को सुनिल साह कानुलाई नियन्त्रणमा लिएकाे हाे ।

विषेश सूचनाको आधारमा खटिएकाे प्रहरी टाेलीले मंगलबार दिउसाे दुबै जना संकाष्पदरूपमा हिंडिरहेका अवस्थामा रोकी निजहरूको शरीर खानतलासी गर्दा सोनारले भिरेको कालो झोलाबाट श्रोत नखुलेको नेपाली रु एक लाख ६० हजार र कानुले लगाएको पाइन्टको खल्तीबाट श्रोत नखुलेको नेपाली रू. तिन लाख ९० हजा गरी जम्मा नेपाली रु. ५ लाख ५० हजार फेला परेको प्रहरी प्रवक्ता गिरीले वताए ।

दुबै जनालाई पनि नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरुद्धकाे कसूरमा पर्सा जिल्ला अदालतबाट ३ दिनकाे म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान तथा कारवाही भइरहेकाे प्रवक्ता गिरीले जानकारी दिए । 

शिवबर्वामा श्री बौद्धिमाई नेरा प्राथमिक विद्यालयकाे उदघाटन

0
वीरगंज । पर्साको पोखरिया नगरपालिका वडा नम्बर १० शिवबर्वामा श्री बौद्धिमाई नेपाल राष्ट्रीय प्राथमिक विधालयकाे उदघाटन गरिएकाे छ । बुधबार एक कार्यक्रमकाे विच प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्रीले विद्यालयकाे उदघाटन गरेका हुन् ।
 
हाल सम्म वडा नम्बर १० मा विद्यालय नै थीएन, वडाध्यक्ष साेनालाल साह गाेढकाे पहलमा वडा भित्र रहेकाे बजार सेडमा ४ काेठे भवन निर्माण गरि विद्यालय संचालनमा आएकाे स्थानियहरुले वताएका छन् ।
 
संचालनमा आएकाे विद्यालयमा नस्ररीदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यममा अध्ययन अध्यापन गराइने वडाध्यक्ष गाेढले जानकारी दिए ।
 
वडाध्यक्ष सोनालाल गाेढकाे अध्यक्षता र प्रदेश सांसद क्षेत्रीकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा पोखरिया नगरपालिकाका मेयर प्रधुमन प्रसाद चौहान, उप प्रमुख रूबी कुमारी ठाकुर, निमित प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव, पूर्व मेयर दीपनारायण प्रसाद रौनियार, वडाध्यक्ष लक्ष्मण साह कानू,नौसद आलम, किशोरी साह, सामाजिक शाखा प्रमुख बालमिकी रौनियार लगायतकाे उपस्थिति रहेको थियो ।

 ढुक्क यादव, निसाना लगाउँदै राउत

0

वीरगंज । विश्लेषक सिके लालले एक अनलाइन अन्तर्वार्तामा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव बारे टिप्पणी गरेका थिए, ‘उनी सक्षम छन् तर उनको एउटा मिसक्यालकुलेसन छ, देशभित्र मजबुत भएपछि बाह्य शक्तिसँग भिड्न सक्छु।’ लालले अझ प्रस्ट्याउँदै भनेका थिए, ‘देशभित्र मजबुत भएपछि अन्तर्राष्ट्रिय शक्तिसँग समान दुरी बनाएर अगाडि बढ्न सकिन्छ भन्ने यादवको अनुमान कायम राख्न नेपालको राजनीतिमा कठिन छ।’

गत मंसिर ४ मा भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा सप्तरी–२ मा जसपा अध्यक्ष यादव जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सिके) सँग पराजित भएपछि लालले यस्तो टिप्पणी गरेका थिए । लालको टिप्पणीले यादवको राजनीतिक संघर्ष, अडान र निष्ठालाई दर्साउँछ । विदेशी शक्तिसँग समान दुरी कायम राख्ने अडानका कारण यादव आफ्नै पार्टी र बाहिरबाट निरन्तर निसानामा पर्दै आएका छन् । अहिले यादव प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा २ बाट उम्मेदवार छन् । यस क्षेत्रमा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश खरेलबाहेकले यादवलाई निसाना बनाइरहेको पाइन्छ । राउत नेतृत्वको जनमत पार्टीको चुनावी अजेन्डा नै ‘यादव हराऔं’ बनेको छ ।

जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा उम्मेदवार भए पनि उनलाई मत माग्न अध्यक्ष राउत सक्रिय छन् । उनले आफ्नो पार्टीको अजेन्डाभन्दा यादवबारे नकारात्मक भ्रम फैलाएर कुशवाहाका पक्षमा मत मागिरहेको बसबरियाका राकेश यादवले बताए । जनमतका उम्मेदवार कुशवाहा पनि आफ्नो अजेन्डा जनतासमक्ष प्रस्तुत गर्नुभन्दा यादवबारे भ्रम फैलाउन व्यस्त रहेको गन्जभवानीपुरकी बबिता साह बताउँछिन् । उनी भन्छिन्, ‘उपेन्द्र यादव सबै जाति, समुदायलाई साथ लिएर हिँड्ने नेता हो । उहाँ अरूजस्तो उत्तेजना फैलाउने, जातपात छुट्याउने नेता होइन, उहाँले आफ्नो अजेन्डासहित जनतासँग मत मागिरहनुभएको छ । अन्य उम्मेदवार उहाँको विरोध गरेर आफूलाई मत माग्दै छन् ।’

यादव पनि आफू जनताको अजेन्डा लिएर चुनावी मैदानमा उत्रेको बताउँछन् । उनले भने, ‘म जनताकै अजेन्डा बोकेर आएको छु । विद्यालयमा स्तरीय पढाइ होस्, अस्पतालमा गुणस्तरीय उपचार होस्, खेतमा भरपर्दो सिँचाइ होस्, बेरोजगारी समस्या समाधान होस्, समावेशिता पूर्णरूपमा कार्यान्वयन होस्लगायत अजेन्डा बोकेर हिँडेको छु ।’

चुनावी मैदानमा प्रतिस्पर्धीले जोडतोडले लगाइरहेको नारा हो–बाहिरिया । यसबारे यादव भन्छन्, ‘एउटै देशको नागरिक बाहिरिया भित्रिया हुन्छ र ? सैद्धान्तिक, वैचारिक, राष्ट्रिय मुद्दाका आधारमा अगाडि नआएर, भित्रको, बाहिरको, यो जिल्लाको, त्यो जिल्लाको, यो जातको, त्यो जातको, यो टोलको, त्यो टोलको भन्नु सिद्धान्तविहीन राजनीति हो । विचारविहीन, नैतिकताविहीनले मात्र यस्ता कुरा गर्छन्।’

मतदान मिति नजिकिँदै आउँदा बारा २ मा को बलियो को कमजोर भन्ने अडकलबाजी तेज भएको छ । गत मंसिरमा सम्पन्न निर्वाचनमा दलहरूलाई प्राप्त मत र हालको चुनावी वातावरणलाई विश्लेषण गर्दा पाँच दलीय सत्ता गठबन्धनका साझा उम्मेदवार जसपा अध्यक्ष यादव बलियो उम्मेदवार देखिन्छन् ।

बारा २ मा ६ वटा स्थानीय तहका ४४ वटा वडा छन् । अघिल्लो वैशाखमा सम्पन्न स्थानीय तह चुनावको नतिजाअनुसार ४४ मध्ये १५ वटा वडामा जसपा, १३ वटा वडामा नेपाली कांग्रेस, दुईवटा वडामा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टीले दुई र नेकपा एकीकृत समाजवादीले एउटा वडामा जितेका छन्। त्यस्तै एमालेले ११ वटा वडा जितेको छ।

एमालेले जितेका वडा र पालिकामा पनि कांग्रेस–जसपा गठबन्धन बन्दा एमालेको मत कम हुने देखिन्छ। बारा २ मा जसपा र कांग्रेस नै पहिलो र दोस्रो शक्ति हुन्। यसलाई वडा तहको शक्ति सन्तुलनले पनि पुष्टि गर्छ। क्षेत्र नम्बर २ मा पर्ने कोल्हबी नगरपालिकाको वडा नम्बर ८ मा २७ सय मतदाता छन्। यहाँ एमालेले वडाध्यक्ष जितेको छ। तर दोस्रो र तेस्रो मत पाएका कांग्रेस र जसपाको मत जोड्दा एमाले कमजोर हुन जान्छ। एमालेले पालिका प्रमुख जितेको पचरौता नगरपालिकामा पनि जसपा र कांग्रेसको गठबन्धन हुँदा एमाले अल्पमतमा पर्छ।

यस निर्वाचन क्षेत्रमा पर्ने करैयामाई गाउँपालिका र देवताल गाउँपालिका प्रमुख जसपाले जितेको छ। ३३ हजार मतदाता रहेको महागढीमाई नगरपालिकाको मेयर कांग्रेसले जितेको छ, जहाँ जसपाको मत दोस्रो स्थानमा छ। जसपाले प्रमुख जितेको देवताल गाउँपालिकामा ७ वडा छन्। जसमध्ये कांग्रेस र जसपाले ३–३ र लोसपाले एउटा वडामा जितेको स्थिति छ। करैयामाई गाउँपालिकाका ८ वडामध्ये सत्ता गठबन्धन दलले ६ वटा र एमालेले २ वटा वडामा जितेका छन्। पचरौता नगरपालिकामा एमाले र जसपाले ४–४ वटा वडा र लोसपाले एउटा वडामा जितेका छन् ।

गत मंसिरमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा २ मा करिब २७ सय मत ल्याएको जनमत पार्टीले स्थानीय तहका ४४ वटा वडामध्ये एउटामा पनि जितेको छैन । स्थानीय तह निर्वाचनमा उसका उम्मेदवार प्रतिस्पर्धामै आएनन् ।

राउतलाई अहिलेसम्मको गणितले पटक्कै साथ दिएको छैन । त्यसैले उनी आफ्ना उम्मेदवार कुशवाहाको पक्षमा मत माग्नुभन्दा पनि यादवबारे भ्रम फिँजाउन जोडतोडले लागेका छन् । यादव निर्वाचित भए मधेस प्रदेश सरकारको नेतृत्वबाट जसपा हट्छ भन्ने प्रचारसमेत गरेर राउतले जसपाभित्रै पनि कलह निम्त्याउने कसरत गरिरहेका छन् । यादवलाई हराउन राउतले सम्पूर्ण शक्ति, सूत्र र रणनीति प्रयोग गरिरहेका छन् । तर यस क्षेत्रमा यसअघि भएका दुईवटा निर्वाचनको नतिजा हेर्दा जनमत पार्टीको अवस्था एमालेको भन्दा कमजोर देखिन्छ।

करिब ३० प्रतिशत यादव जातिको बसोबास रहेको यो क्षेत्र भारतीय सीमासँग जोडिएको छ । विकासका पूर्वाधार खासै नबनेको र कृषिमा निर्भर रहेको यस क्षेत्रमा करिब दुईतिहाइ मधेसी समुदायको बसोबास छ । जसपाको बलियो संगठनात्मक पकड रहेको यस क्षेत्रमा कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोसपाले समेत साथ दिँदा यादव बलियो उम्मेदवार देखिन्छन् । तर राउतले अनेकथरी प्रचार गरिरहेकाले यादवलाई जित निकाल्न चुनौती भने पक्कै छ ।

२ लाख ३ हजार जनसंख्या रहेको बारा २ मा १ लाख ५ हजार २ सय ४८ मतदाता छन् । यो क्षेत्रमा यादवपछि क्रमशः मुस्लिम, वैश्य, दलित समुदायका मतदाता बढी छन् । पहाडबाट झरेका समुदायको प्रभाव कमै छ ।

गत मंसिरमा भएको संसदीय निर्वाचनको नतिजाले पनि जनमत पार्टीलाई कमजोर देखाउँछ । मंसिरमा यो निर्वाचन क्षेत्रबाट जसपाका रामसहाय प्रसाद यादव १३ हजार ८८२ मत ल्याएर निर्वाचित भएका थिए । जसपाबाटै बागी बनेका रामकिशोर प्रसाद यादव ११ हजार ४३ मतसहित तेस्रो स्थानमा आएका थिए । उनी अहिले जसपामा फर्किसकेका छन् । स्वतन्त्र उम्मेदवार रविन्द्रप्रसाद यादवले १० हजार ७ सय ५० मत पाएका थिए । उनी पनि अहिले यादवसँगै चुनावी प्रचारमा छन् । माओवादी–कांग्रेस गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका शिवचन्द्र कुशवाहाले मंसिरमा भएको निर्वाचनमा १३ हजार ५६८ मत ल्याएका थिए । उनी अहिले माओवादी छाडेर जनमत पार्टीमा प्रवेश गरी उम्मेदवार बनेका छन् ।

२०६४ सालभन्दा पहिला यो क्षेत्रबाट यादव समुदायका उम्मेदवार विजयी भएका थिए । २०६४ सालमा भएको संविधान सभा सदस्य निर्वाचनमा यो क्षेत्रबाट माओवादीका शिवचन्द्र कुशवाहा (अहिले जनमत पार्टीबाट उम्मेदवार) ले जितेका थिए । २०७० मा दोस्रो पटक भएको संविधानसभा सदस्य निर्वाचनमा कांग्रेसका रामअयोध्या यादव यो क्षेत्रबाट विजयी भए । २०७४ र २०७९ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा रामसहायप्रसाद यादव निर्वाचित भएका थिए ।

को हुन् यादव ?

उपेन्द्र यादव जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष हुन् । उनको जन्म २०१६ सालमा सप्तरीको भागवतपुरमा भएको हो । उनी धनीलाल यादव र फुलनीदेवी यादवका कान्छा छोरा हुन् । यादवको बाल्यकाल सप्तरी जिल्लाको मधुवनमा बित्यो । अहिले त्यो ठाउँ सुनसरी जिल्लामा पर्छ । मधुवनको मोहन निमाविमा उनले प्रारम्भिक शिक्षा प्राप्त गरेका हुन् । त्यसपछि उनले जनता मावि मधुवन र वभवगमाकट्टी मावि सप्तरीबाट माध्यमिक शिक्षा प्राप्त गरे । २०३२ सालमा एसएलसी उत्तीर्ण गरेपछि यादव धरानको हात्तीसार क्याम्पसमा आइएससीमा भर्ना भए । उनले महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरबाट स्नातक र स्नातकोत्तर उत्तीर्ण गरेका हुन् ।

विराटनगरमा विद्यार्थी हुँदादेखि नै वामपन्थी राजनीतिप्रति यादवको झुकाव रह्यो । बहुदल आएपछि एमालेको टिकटमा चुनाव लडेका उनी निर्वाचित हुन सकेनन् । उनले २०५४ सालमा ‘मधेसी जनअधिकार फोरम’ नामक गैरसरकारी संस्था गठन गरी त्यसको नेतृत्व लिए । यो अन्तरपार्टी सञ्जालजस्तो थियो । फोरममार्फत मधेसका विविध समस्यामाथि विमर्श गर्दै समाधानका सूत्रहरू पहिल्याउन उनी जुटे । उनले मधेसका धेरै बुद्धिजीवी र अभियन्तालाई फोरममा संगठित गरेका थिए । यही संस्थाको आवरणमा तत्कालीन विद्रोही माओवादीको राजनीति गरेको भनेर सत्तापक्षले उनलाई पटकपटक दुःख दिएको थियो । माओवादी भएकै आरोपमा उनी दिल्लीमा पक्राउ परेका थिए ।

२०६३ साल माघ २ मा अन्तरिम संविधानमा संघीयतासहित मधेसको अधिकार नलेखिएपछि यादवले काठमाडौंमा संविधान जलाएर विद्रोहको उद्घोष गरेका थिए । संविधान जलाएपछि पक्राउ परेका यादवसहित २८ जनाको निःसर्त रिहाइको माग राखेर मधेस आन्दोलित भयो । झन्डै एक महिना चलेको आन्दोलन मत्थर पार्न तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले एक सातामा दुईपटक राष्ट्रका नाममा सम्बोधन गर्नुपरेको थियो । प्रधानमन्त्रीको दोस्रो सम्बोधनपछि केही समयका लागि स्थगित मधेस आन्दोलन पुनः सुरु भयो ।

२०६४ भदौ १३ गते सरकार र मधेसी जनअधिकार फोरमबीच २२ बुँदे सहमति भयो । तत्कालीन सरकारका तर्फबाट शान्तिमन्त्री रामचन्द्र पौडेल र फोरमका तर्फबाट यादवले सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । ‘ऐतिहासिक जनआन्दोलन २०६२-६३ कै निरन्तरताका रूपमा भएको मधेसी जनताको आन्दोलनको भावनालाई हृदयंगम गर्दै’ भन्ने वाक्यांश सहमतिको पृष्ठभूमिमा लेखियो । २०६४ फागुन १ देखि दोस्रो मधेस आन्दोलन सुरु भयो । समस्या समाधानका लागि आन्तरिक प्रयास भए पनि सफलता मिलेन । फागुन १८ गते प्रधानमन्त्री निवास बालुवाटारबाट आठ बुँदे सहमतिपछि आन्दोलन रोकियो । सहमतिमा ‘मधेसी जनताको स्वायत्त मधेस प्रदेशको चाहनालगायत आकांक्षालाई स्वीकार गरी’ भन्ने वाक्यांश लेखियो । यही सहमतिले नै पहिलो संविधानसभाको चुनाव सुनिश्चित गर्यो ।

२०६४ सालको पहिलो संविधानसभाको चुनावमा यादव नेतृत्वको मधेसी जनअधिकार फोरमले संसद्मा बलियो उपस्थिति देखायो । प्रत्यक्षतर्फ ३० र समानुपातिकतर्फ २२ सिट जितेर फोरम संसद्को चौथो ठुलो शक्ति भयो । मधेस विद्रोह र सहमतिको जगमा मधेसलगायत क्षेत्रले आरक्षणको सुविधा पाए। मधेसले पहिचानसहितको मधेस प्रदेश पायो । मधेसी चेहरा मुखिया (सरकार) बने । यादव आफैंले मोरङ ५ र सुनसरी ५ बाट चुनाव जिते । त्यसपछि उनी २०७० को दोस्रो संविधानसभा निर्वाचनमा मोरङ ५, २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी २ बाट निर्वाचित भएका थिए । उनी २०७९ मंसिरको निर्वाचनमा भने सप्तरी २ बाट पराजित भएका थिए । जसपा अध्यक्ष यादव अहिले बारा २ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार छन् ।

को हुन् कुशवाहा

शिवचन्द्र कुशवाहा २०५५ सालदेखि माओवादीमा लागेका हुन् । कुशवाहा २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा माओवादीको टिकटमा बारा–२ बाट निर्वाचित भएका थिए । २०७० सालमा भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनताका उनले माओवादी छोडेका थिए । चुनावमा टिकट नपाएपछि तत्कालीन सद्भावना पार्टीबाट कुशवाहा उम्मेदवार बनेका थिए । त्यो चुनावमा कुशवाहाले २ हजार ९ सय मत ल्याएका थिए । उनी २०७४ सालमा पुनः माओवादीमा फर्किए ।

२०७४ को संसदीय निर्वाचनमा उनी तत्कालीन संघीय समाजवादी पार्टी (हाल जसपा) का उम्मेदवार रामसहायप्रसाद यादवसँग पराजित भएका थिए । त्यसबेला रामसहाय प्रसादले २८ हजार १ सय ८५ मत ल्याउँदा कुशवाहा ४ हजार ७ सय १२ मतमा सीमित भएका थिए । प्रतिनिधिसभा सदस्य निर्वाचन २०७९ मा पनि बारा २ मा माओवादीबाट उम्मेदवार बनेका कुशवाहा पुनः रामसहाय प्रसादसँग पराजित भए । जसपा–एमालेका साझा उम्मेदवार बनेका जसपा नेता रामसहायले १३ हजार ८ सय २२ मत पाएर जित हासिल गरेका थिए ।

कांग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका कुशवाहाले १३ हजार ४ सय ६८ मत पाएका थिए । जसपाबाटै बागी उठेका रामकिशोर प्रसाद यादवले ११ हजार ४३ मत पाए । कुशवाहा अहिले बारा २ मा हुन लागेको उपनिर्वाचनमा सिके राउत नेतृत्वको जनमत पार्टीबाट उम्मेदवार छन् ।

उपेन्द्र यादवको सान्दार जित हुन्छ : जितेन्द्र सोनल

0

वीरगंज । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले उपेन्द्र यादवको जितलाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् ।

लोसपा नेपाल बारा क्षेत्र नम्बर २ (क) को अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मधेश प्रदेशका प्रदेश सभा सदस्यसमेत रहेका सोनलले पाँच दलीय गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादवको सान्दार जित हुने जिकिर गरे । उनले भने, ‘बाराको क्षेत्र नम्बर २ बाट जसपा अध्यक्ष उपेन्द्र जीको जित सुनिश्चित छ, उहाँको सान्दार जित हुनेमा कुनै आशंका छैन ।’

प्रदेश सरकारका पूर्व भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका उनले गठबन्धनमा आवद्ध सबै दलका नेता कार्यकर्तालाई ईमान्दारीताका साथ गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गरे । सबैलाई उपेन्द्र यादवका एजेण्डा र विकासका भिजनका बारेमा सचेत गराउन नेता कार्यकर्तालाई निर्देशन दिँदै उनले प्रचार प्रसारलाई तिव्रता दिन पनि आग्रह गरेका छन् ।

उपेन्द्र यादवको जितले नै मधेशी समुदायको हकहित सुनिश्चित हुने सोनलको भनाई छ । अगुवा कार्यकर्ता भेलालाई प्रदेश सभा सदस्यका उम्मेदवार मोतिलाल कुशवाह, लोसपा केन्द्रीय कार्यकारिणी सदस्य श्याम गुप्ता, महिला नेतृ पिंकी यादव लगायतले सम्बोधन गर्दै उपेन्द्र यादवको जित सुनिश्चित रहेको बताएका थिए ।

जगरनाथपुर गाउँपालिकामा चाेरी, सेवा प्रभावित

0

वीरगंजमा । पर्साकाे जगरनाथपुर गाउँ कार्यपालिकाकाे कार्यालयमा चाेरी भएकाे छ । गाउँ कार्यपालिका कार्यालय जगरनाथपुरकाे राेजगार सेवा केन्द्रमा रहेकाे इन्टरनेटकाे राउटर चाेरी भएकाे हाे ।

मंगलबार राति अज्ञात व्यक्तिले सेवा केन्द्रकाे राउटर चाेरेर लग्नु साथै इन्टरनेटकाे तार समेत काटी दिएकाे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले वताए । जस कारण गाउँपालिकामा हुने इन्टरनेटबाटकाे सेवा प्रभावित भएकाे उनले वताए ।

यस अघि १५ दिन पहिला पनि जगरनाथपुर गाउँपालिकाकाे याेजना शाखाकाे राउटर चाेरी भएकाे थियाे ।

स्थानिय केही उच्छृंखल व्यक्तिहरुले गाउँपालिकाकाे कामकाज प्रभावित पार्ने उद्देश्यले नै गाउँपालिबाट राउटर चाेरी गर्ने र इन्टरनेटकाे तारहरु काटिदिने गरेका बुझिएकाे छ ।

सात जना नाबालकको उद्धार

0

वीरगंज । छिमेकी राष्ट्र भारतको झारखण्ड राज्यबाट नेपालमा कुखुरा फारममा काम गर्ने उद्देश्यले ल्याइरहेको अवस्थामा ७ जना नाबालकको उद्धार गरिएको छ । वीरगंजसंग जोडिएको सिमावर्ती भारतीय शहर रक्सौलस्थित एन्टी ह्यूमन ट्रयाफीकिङ टिम, प्रयास जुवेनाइल एड सेन्टर पूर्वीचम्पारण र ४७ औं एसएसवी रक्सौलको संयुक्त प्रयासमा नाबालकहरुको उद्दार गरिएको हो ।

एन्टी ह्यूमन ट्रयाफीकिङ मुख्यालयका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोजकुमार शर्माका अनुसार भारतको राजधानी दिल्लीस्थित राष्ट्रिय बाल अधिकार संरक्षण आयोगले दिएको विशेष सूचनाको आधारमा नाबालकहरुको उद्धार गरिएको छ । आयोगले भारतका केही नाबालकहरुलाई नेपालको कुखुरा फारममा काम गराउने उद्देश्यले लागिरहेको सूचना प्रहरीलाई दिएको थियो ।

झारखण्ड निवासी नाबालकहरुलाई नेपालको राजधानी काठमाडौँ लिएर जान खोजिएको इन्स्पेक्टर शर्माले बताए । शर्माका अनुसार उनीहरुलाई नेपाल लिएर गइरहेका एकजना व्यक्तिलाई प्रहरीले नियन्त्रणमा पनि लिएको छ । उद्धार कार्यमा हरैया प्रहरी ओपीका प्रमुख पङ्कजकुमारले पनि ठूलो भूमिका निर्वाह गरेको उनले जानकारी दिए ।

अभियानमा एन्टी ह्यूमन ट्रयाफीकिङ मुख्यालयका सहायक प्रहरी उपरीक्षक (सब इन्स्पेक्टर) अनिलकुमार शर्मा, हवलदार अरविन्द द्विवेदी,  कन्स्टेबल मिकी कुमारी,  डोली कुमारी,  इकबाल अहमद,  प्रयास जुवेनाइल एड सेन्टर पूर्वीचम्पारणकी परामर्शदाता आरती कुमारी, समाजिक कार्यकर्ता राज गुप्ता लगयातले पनि उनीहरुको उद्धारमा सहयोग गरेका थिए ।

महिलाको आय आर्जन बढाउन महिला उद्यमी केन्द्र स्थापना गरिने

0

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहले महिलाको आय आर्जन बढाउन महिला उद्यमी केन्द्र महानगर पालिकाले चाँडै स्थापना गर्ने बताएका छन् । महानगरपालिकाकाे वडा नं. ५ वडा समितिको आयोजनामा मातातीर्थ औसी आमाको मुख हेर्ने कार्यक्रलाई सम्बाेधन गर्दै मेयर सिंहले यस्ताे वताएका हुन् ।

उनले आमाहरुको सम्मान र साथ सहयोग गर्न वीरगंज महानगरपालिका तत्पर रहेको बताउँदै आफ्नो घरआंगन, टोल र नगरको सरसफाइमा लाग्न आग्रह समेत गरे ।

वडाध्यक्ष प्रदीप चौरसियाको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ महिलाहरुलाई मेयर सिंहले सम्मान गरेका थिए । आमा समुहको सहयोगमा आयोजित कार्यक्रममामा ठुलो संख्यामा माहिलाहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा पर्साका सहायक प्रमुख जिल्ला अधिकारी भिम कान्त पौडेल, वीरगंज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेल, नगर प्रमुखको प्रेस सल्लाहकार महेश दास, सशस्त्र प्रहरी नायब उपरीक्षक रामजङ्ग पाण्डे, प्रहरी निरीक्षक विदुर सापकोटा, मानवअधिकारकर्मी कृष्ण खनाल, आमा समुहको अध्यक्ष जुली श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।