Date
बुध, साउन २७, २०८३
Wed, August 12, 2026

हुण्डी कारोबारकाे आराेपमा ३ जना पक्राउ

spot_img
spot_img

वीरगंज ।  हुण्डी काराेबारकाे आराेपमा प्रहरीले ३ जनालाई पक्राउ गरेकाे छ । तीनै जनाकाे साथबाट स्राेत नखुलेकाे रु १९ लाख ५० हजार बरामद भएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरिक्षक आशुतोष बहादुर शाहीको कमाण्डमा खटिएको विशेष टोलीले वीरगंज महानगरपालिकाकाे वडा नं. ११ स्थित सडकखण्डबाट बाराकाे जितपुर सिमरा उपहमानगरपालिका वडा नं.७ बस्ने वर्ष ३२ को छठु महत्तोलाई नियन्त्रणमा लिएकाे हाे ।

विषेश सूचनाको आधारमा खटिएकाे प्रहरी टाेलीले बुधबार विहान ११:०० बजेकाे समयमा प्रदेश ३-०३-००१ प १२३३ नम्बरको मोटरसाइकललाई रोकी मोटरसाइकलमा सवार महताेकाे खानतलासी गर्दा निजले लगाएको हेल्मेट तथा माेटरसाइकलको वायाँ तर्फको भागमा फल्स बनाई लुकाइ छिपाई राखिएको श्रोत नखुलेको नेपाली रु. १४ लाख फेला परेको प्रहरीले जनाएकाे छ ।

महतोलाई विरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरूद्वको कसूरमा बुधबार नै पर्सा जिल्ला अदालतबाट ५ दिनकाे म्याद थप अनुमति प्रदान गरी  थप अनुसन्धान तथा कारवाही भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

 यसैगरी वीरगंज महानगरपालिका कै वडा नं.८ स्थित सडकखण्डबाट दुई जना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरिक्षक आशुतोष बहादुर शाहीको कमाण्डमा खटिएको टोलीले बारा कै परवानीपुर गा.पा.वडा नं.३ लिपनीमाल बस्ने वर्ष ३४ को कृष्ण प्रसाद सोनार र वर्ष ३९ को सुनिल साह कानुलाई नियन्त्रणमा लिएकाे हाे ।

विषेश सूचनाको आधारमा खटिएकाे प्रहरी टाेलीले मंगलबार दिउसाे दुबै जना संकाष्पदरूपमा हिंडिरहेका अवस्थामा रोकी निजहरूको शरीर खानतलासी गर्दा सोनारले भिरेको कालो झोलाबाट श्रोत नखुलेको नेपाली रु एक लाख ६० हजार र कानुले लगाएको पाइन्टको खल्तीबाट श्रोत नखुलेको नेपाली रू. तिन लाख ९० हजा गरी जम्मा नेपाली रु. ५ लाख ५० हजार फेला परेको प्रहरी प्रवक्ता गिरीले वताए ।

दुबै जनालाई पनि नियन्त्रणमा लिई यस कार्यालयमा ल्याई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बिरुद्धकाे कसूरमा पर्सा जिल्ला अदालतबाट ३ दिनकाे म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान तथा कारवाही भइरहेकाे प्रवक्ता गिरीले जानकारी दिए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

‘लागुऔषधलाई भनौँ नाइँ, सपनालाई भनौँ हो’ भन्दै वीरगञ्जमा युवा र्‍याली

वीरगंज । अन्तर्राष्ट्रिय युवा दिवस–२०२६ को अवसरमा नेपाल युवा उद्यमी मञ्च (एनवाइइएफ) वीरगञ्ज च्याप्टरले युवा नेतृत्व, उद्यमशीलता, सिर्जनशीलता र नवप्रवर्तनलाई केन्द्रमा राख्दै विशेष कार्यक्रम...

युवाको जोश र सोचलाई राष्ट्र निर्माणमा जोड्नुपर्छ : अध्यक्ष सरार्फ

वीरगंज । जनमत पार्टी पर्साका जिल्ला अध्यक्ष एवं केन्द्रीय सदस्य ओमप्रकाश सरार्फले युवालाई राष्ट्र निर्माणको वर्तमान शक्ति र परिवर्तनका प्रमुख संवाहकका रूपमा स्थापित गर्नुपर्ने...

वीरगंजका विद्यालयमा दुई दिन बिहान कक्षा सञ्चालन गर्न महानगरको निर्देशन

वीरगंज । अत्यधिक गर्मी बढेपछि वीरगंज महानगरपालिकाले महानगर क्षेत्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयमा दुई दिन अनिवार्य रूपमा बिहानको कक्षा सञ्चालन गर्न निर्देशन दिएको...